लेबनानमाथि इजरायलको आक्रमण नरोकिएपछि इरानले फेरि बन्द गर्‍यो होर्मुज जलमार्ग

काठमाडौं । इजरायलले लेबनानमा आक्रमण नरोकेपछि आक्रोशित भएको इरानले फेरि होर्मुज जलडमरू जलमार्ग बन्द गरेको छ । इरानको संयुक्त सैन्य कमान्डले सरकारी टिभीमा होर्मुज जलडमरू बन्द गरिएको घोषणा गरेका हुन् ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाईले इरानले आफ्नो सबै जिम्मेवारी पूरा गरेको बताए । तर अमेरिकाले इजरायललाई नियन्त्रण गर्न नसकेको उनले बताए ।

१७ जुनमा अमेरिका र इरानबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । जसमा होर्मुजको जलडमरूम खोल्ने र लेबनानमाथि आक्रमण रोक्ने समावेश थियो । अमेरिका र इरानबीच शान्ति सम्झौतामा हस्ताक्षर भएपछि पनि इजरायलले लेबनानमाथि आक्रमण जारी राखेको छ ।

यसैबीच, अमेरिका र इरान शान्ति वार्ताका लागि स्विट्जरल्याण्ड पुगेको छ । अमेरिकी प्रतिनिधिमण्डलमा मध्यपूर्वका लागि विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुशनर छन् । इरानी प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री अब्बास अराघचीले गरिरहेका छन् ।

सुनको मूल्य सामान्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवयासी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले

Read More »

रास्वपा महाधिवेशन स्थलतर्फ सवारी साधन प्रवेशमा रोक, चितवनको सुरक्षा व्यवस्था कडा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनलाई लक्षित गरेर चितवनको सुरक्षा व्यवस्था कडा पारिएको छ ।  नारायणगढ बजार क्षेत्रबाट महाधिवेशनतर्फ जाने सडकहरूमा सवारी साधनलाई रोक

Read More »

लेबनानमाथि इजरायलको आक्रमण नरोकिएपछि इरानले फेरि बन्द गर्‍यो होर्मुज जलमार्ग

काठमाडौं । इजरायलले लेबनानमा आक्रमण नरोकेपछि आक्रोशित भएको इरानले फेरि होर्मुज जलडमरू जलमार्ग बन्द गरेको छ । इरानको संयुक्त सैन्य कमान्डले सरकारी टिभीमा होर्मुज जलडमरू

Read More »

राप्रपाको महाधिवेशन मंसिरमा, यी हुन् कार्यसमितिको निर्णयहरू

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने भएको छ । असार ५ र ६ गते

Read More »

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन् : माधवकुमार नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वर्तमान विश्व परिस्थितिलाई निराशा र सम्भावनाका दुवै पक्षबाट हेर्नुपर्ने बताएका छन् । नेपाल बुद्धिजीवी संगठनको

Read More »

राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर सङ्घर्षको तयारी गरौँ : राजेन्द्र पाण्डे

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरू एकसाथ सङ्घर्षको तयारीमा जुट्न आह्वान गरेका छन्। शनिबार

Read More »