आईपीओ जारी गर्दै इस्ट सोलार

काठमाडौं । सौर्य ऊर्जा क्षेत्रमा कार्यरत इस्ट सोलार लिमिटेडले झापास्थित ५ मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना निर्माण सम्पन्नसँगै प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्कासनको तयारीस्वरूप बुधबार नेशनल क्यापिटल नेपालसँग निष्कासन तथा बिक्री प्रबन्धक (इश्यु म्यानेजर) नियुक्तिसम्बन्धी सम्झौता गरेको हो । सम्झौतापछि इस्ट सोलारका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले झापा जिल्लाको बैगुनधुरामा निर्माण गरिएको ५ मेगावाट क्षमताको बैगुनधुरा सोलार परियोजनाको निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए ।

उनका अनुसार आयोजना निर्माण सम्पन्न हुने र आईपीओ निष्कासन प्रक्रिया एकैसाथ अघि बढाउने उद्देश्यले निष्कासन व्यवस्थापकसँग सम्झौता गरिएको हो ।

‘बैगुनधुरा, झापामा निर्माण भएको ५ मेगावाट क्षमताको सोलार परियोजनाको निर्माण करिब सम्पन्न भइसकेको छ । आयोजना सञ्चालनमा आउने समयमै आईपीओ जारी गर्ने लक्ष्यका साथ आज नेशनल क्यापिटलसँग सम्झौता गरेका हौँ,’ उनले भने ।

कम्पनीले पब्लिक लिमिटेडमा रूपान्तरण हुने प्रक्रिया अघि बढाइरहेको र आईपीओमार्फत सर्वसाधारणलाई पनि कम्पनीको स्वामित्वमा सहभागी गराउने तयारी गरेको जनाएको छ ।

सम्झौताबारे जानकारी दिँदै नेशनल क्यापिटल नेपालका प्रमुख कार्यकारी अधिकृत अर्पण खनालले इस्ट सोलारलाई सार्वजनिक कम्पनीका रूपमा अघि बढाउने प्रक्रियाअन्तर्गत आफ्नो संस्थाले निष्कासन व्यवस्थापनको जिम्मेवारी लिएको बताए । उनले नेशनल क्यापिटल नेपाल नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त मर्चेन्ट बैंकर भएको उल्लेख गर्दै पोर्टफोलियो व्यवस्थापनसँगै निष्कासन व्यवस्थापन संस्थाको प्रमुख सेवामध्ये एक रहेको बताए ।

खनालले सरकारले नेपाललाई १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र बनाउने लक्ष्य लिएको सन्दर्भमा निजी क्षेत्रको विस्तार र पुँजी बजारको विकास अपरिहार्य रहेको बताए । उनका अनुसार हाल अधिकांश वित्तीय स्रोत बैंकिङ प्रणालीमै केन्द्रित रहेकाले कम्पनीहरूले बैंक ऋणमा मात्र निर्भर नभई पुँजी बजारमार्फत दीर्घकालीन लगानी जुटाउने अभ्यासलाई विस्तार गर्न आवश्यक छ ।

उनले उद्यमी तथा कम्पनीहरूलाई शेयर बजारमार्फत पूँजी संकलन गर्न सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै इस्ट सोलारसँग भएको सम्झौताले ऊर्जा क्षेत्रमा निजी लगानी विस्तार र पुँजी बजारको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

आज निर्माण व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले आज (बिहीबार) निर्माण व्यवसायीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री साहले निर्माण क्षेत्रमा देखिएका समस्या, समाधान, निर्माण व्यवहारिक चुनौती

Read More »

आईपीओ जारी गर्दै इस्ट सोलार

काठमाडौं । सौर्य ऊर्जा क्षेत्रमा कार्यरत इस्ट सोलार लिमिटेडले झापास्थित ५ मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना निर्माण सम्पन्नसँगै प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको

Read More »

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : इक्यान अध्यक्ष पौडेल

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेलले प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ लाई स्वागत गर्दै यसमा सरोकारवालाको सुझाव समेटेर थप परिमार्जन गर्नुपर्ने

Read More »

सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा

Read More »

काठमाडौं महानगरको खाद्य प्रयोगशालाको उद्घाटन

काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ । बैंकका

Read More »

उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज

Read More »