तीजको अवसरमा भक्तपुरका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीको भीड

भक्तपुर, २१ असोज : प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा भक्तपुरका प्रमुख शिवालयमा आज बिहानैदेखि दर्शनार्थी महिलाहरूको भीड लागेको छ । ब्रह्मा, विष्णु र महेश्वरको स्वरूप मानिने भक्तपुरको दत्तात्रय मन्दिरमा आज बिहानैदेखि महिलाहरूको भीड लागेको हो ।

मेला व्यवस्थापन समितिले दर्शनका लागि आएका महिलाहरूको दुई किलोमिटर लामो लाइन लागेपछि टोकन दिएर व्यवस्थापन गरिरहेको छ । नेपाल स्काउट, स्थानीय क्लब र महिला सङ्घसङ्गठनले स्वयंसेवकका रूपमा व्यवस्थापनमा सहयोग गरिरहेका छन् भने विभिन्न स्वास्थ्य संस्थानहरूले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । एम्बुलेन्सलाई मन्दिर परिसरमा तयारी अवस्थामा राखिएका छन्भने सुरक्षाका लागि धेरै सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । मन्दिर परिसरमा दर्शनार्थी महिलाको भीड लाग्नुका साथै महिलाहरूले विभिन्न समूहमा नाचगान गरी तीज मनाएका छन् । यसैगरी आजै सूर्यविनायक–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि महिलाहरूको भीड लागेको छ ।

केदारनाथको शिर डोलेश्वर, आशापुरीबाट साँगाको अग्लो कैलाशनाथ महादेवसम्म दर्शनार्थीको भीड लागेको छ । मन्दिर विकास तथा संरक्षण समितिका महासचिव हरिशरण बस्नेतले बिहानैदेखि दर्शनार्थीको भीड लागेको जानकारी दिनुभयो । यहाँ बर्तालुलाई लक्षित गरी स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको उहाँले बताउनुभयो । सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको छ । डोलेश्वरमा दर्शन गर्नेहरू आशापुरी जाने गरेकाले दुवै मन्दिरमा दर्शनार्थीको भीड लागेको हो ।

यस्तै सूर्यविनायक–१ सिरुटारस्थित गुप्तेश्वर महादेव मन्दिर, सोमलिङ्गेश्वर महादेव, चरखण्डिश्वर महादेव, वडा नं ४ स्थित अनन्तलिङेश्वर महादेव, वडा नं ५ को सुवर्र्णेश्वर महादेव, वडा नं १० चित्तपोलमा रहेको साँगास्थित अग्लो कैलाशनाथ महादेव, चित्तपोलकै लटरम्बेश्वर महादेव, चाँगुनारायणको यातु महादेव, चाँगुनारायण मन्दिरहरूमा दर्शनार्थीको भीड लागेको छ । तीज पर्वमा महिलाहरूले आज निराहार व्रत बसी आफ्ना पति, घरपरिवारको लामो आयु, सुख, समृद्धिको कामना गर्दै साँझ महादेव मन्दिरमा दर्शन तथा नाचगान गर्दै यो पर्व मनाउने गर्दछन् ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »