सिटिजन लाइफको बीमाशुल्क संकलन २४ प्रतिशतले बढ्यो

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा बीमा व्यवसायमा उल्लेखनीय विस्तार गर्दै कुल बीमाशुल्क संकलन २४.१२ प्रतिशतले वृद्धि गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा ९ अर्ब ३६ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ७ अर्ब ५४ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो।

कम्पनीको वृद्धिमा नयाँ व्यवसायबाट प्राप्त प्रथम बीमाशुल्कले मुख्य योगदान दिएको छ । समीक्षा अवधिमा प्रथम बीमाशुल्क ३८.२ प्रतिशतले बढेर ३ अर्ब ३० करोड ७७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यो शीर्षकमा कम्पनीले २ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ संकलन गरेको थियो ।

यस्तै, पुराना बीमितबाट प्राप्त हुने नवीकरण बीमाशुल्क पनि उल्लेख्य रूपमा बढेको छ । अघिल्लो वर्ष ५ अर्ब १५ करोड ४९ लाख रुपैयाँ रहेको नवीकरण बीमाशुल्क समीक्षा वर्षमा १७.६ प्रतिशतले वृद्धि हुँदै ६ अर्ब ६ करोड १२ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।

प्रथम बीमाशुल्क र नवीकरण दुवै क्षेत्रमा दोहोरो अंकको वृद्धि हासिल हुनु कम्पनीको व्यवसाय विस्तार र ग्राहकको बढ्दो विश्वासको संकेत भएको विश्लेषण गरिएको छ । जीवन बीमा बजारमा सिटिजन लाइफले आफ्नो उपस्थिति थप सुदृढ बनाउँदै निरन्तर व्यवसाय विस्तारको गति कायम राखेको देखिएको छ ।

भारतबाट विराटनगरसम्म कार्गो रेल सेवाको औपचारिक रुपमा शुभारम्भ

विराटनगर । उद्घाटन भएको करिब ३ वर्षपछि भारतबाट बिराटनगरस्थित एकीकृत जाँच चौकीसम्म कार्गो रेलको सेवाको औपचारिक रुपमा शुभारम्भ गरिएको छ । भारतको कोलकाताबाट कच्चा पदार्थ

Read More »

तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते

तनहुँ । तनहुँको व्यास नगरपालिका–७ कलेस्ती पुल नजिक बस दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् भने अन्य १४ यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी

Read More »

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलाली । कैलालीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-३ कटानपुर बस्ने २१ वर्षीय राहुल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। राहुलले ती बालिकालाई

Read More »

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ : शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा

Read More »

बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले शिक्षामा ३ प्रतिशत कर हटाएलगत्तै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाएका छन् । शिक्षा मन्त्रालयमा मंगलबार

Read More »

पार्किङ गरिएको कारमा आगलागी हुँदा जलेर मृत्यु भएका पुरूषको शव पोष्टमार्टमका लागि पठाइयो

काठमाडौं । कीर्तिपुरस्थिट ट्याङलाफाँटमा पार्किङ गरेर राखिएको कारमा आगलागी हुँदा जलेर मृत्यु भएका कारभित्रका पुरूषको शव पोष्टमार्टमका लागि पठाइएको छ । प्रहरीले शव निकालेर पोष्टमार्टमका

Read More »