तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते

तनहुँ । तनहुँको व्यास नगरपालिका–७ कलेस्ती पुल नजिक बस दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् भने अन्य १४ यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मंगलबार दिउँसो करिब ३ः१५ बजे कलेस्तीबाट दमौलीतर्फ जाँदै गरेको ग१ख ६४६५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा कलेस्ती खोलाको पुलमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा चालक व्यास नगरपालिका–२ निवासी २६ वर्षीय शम्शेर परियार चालक सिटमै च्यापिएका थिए। प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको नेतृत्वमा ट्राफिक प्रहरीसहित १७ जनाको टोलीले उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पठाएको प्रहरीले जनाएको छ। उनको बायाँ खुट्टा, छाती, घाँटी र टाउकोमा चोट लागेको छ भने अवस्था गम्भीर रहेको छ। बसमा करिब २५ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। दुर्घटनामा घाइते भएका अन्य यात्रुको रत्नहरी अस्पताल तनहुँमा उपचार भइरहेको छ।

घाइते हुनेमा व्यास–४ की ६० वर्षीया श्रीमाया परियार, लमजुङको मध्यनेपाल नगरपालिका–१ की ३५ वर्षीया शान्ता गौतम, मध्यनेपाल–४ की ३२ वर्षीया निरा गौतम, २९ वर्षीया सुस्मिता साही, व्यास–११ थुम्कीकी ६० वर्षीया चन्द्रमाया गुरुङ, व्यास–२ की ४७ वर्षीया अनिता गुरुङ, ४९ वर्षीया बिन्दु गुरुङ, कास्कीको रूपा गाउँपालिका–१ की ५० वर्षीया स्वस्तिकला खनाल, व्यास–६ की २७ वर्षीया सुजिता पौडेल, व्यास–१ की ८ वर्षीया सान्भि गिरि, ४० वर्षीया दिपा खान, ५१ वर्षीया सिता नेपाली, ३५ वर्षीया हिरा मल्ल र ४४ वर्षीया नुनिमाया थापा रहेका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

भारतबाट विराटनगरसम्म कार्गो रेल सेवाको औपचारिक रुपमा शुभारम्भ

विराटनगर । उद्घाटन भएको करिब ३ वर्षपछि भारतबाट बिराटनगरस्थित एकीकृत जाँच चौकीसम्म कार्गो रेलको सेवाको औपचारिक रुपमा शुभारम्भ गरिएको छ । भारतको कोलकाताबाट कच्चा पदार्थ

Read More »

तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते

तनहुँ । तनहुँको व्यास नगरपालिका–७ कलेस्ती पुल नजिक बस दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् भने अन्य १४ यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी

Read More »

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलाली । कैलालीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-३ कटानपुर बस्ने २१ वर्षीय राहुल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। राहुलले ती बालिकालाई

Read More »

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ : शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा

Read More »

बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले शिक्षामा ३ प्रतिशत कर हटाएलगत्तै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाएका छन् । शिक्षा मन्त्रालयमा मंगलबार

Read More »

पार्किङ गरिएको कारमा आगलागी हुँदा जलेर मृत्यु भएका पुरूषको शव पोष्टमार्टमका लागि पठाइयो

काठमाडौं । कीर्तिपुरस्थिट ट्याङलाफाँटमा पार्किङ गरेर राखिएको कारमा आगलागी हुँदा जलेर मृत्यु भएका कारभित्रका पुरूषको शव पोष्टमार्टमका लागि पठाइएको छ । प्रहरीले शव निकालेर पोष्टमार्टमका

Read More »