सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

काठमाडौं । सरकारले उपभोक्तालाई सक्कली बिल लिन प्रोत्साहित गर्न नगद उपहारसहितको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ लागू गरेको छ । अर्थ मन्त्रालयले नयाँ कार्यविधि जारी गर्दै बिल लिने उपभोक्तामध्ये दैनिक र पाक्षिक रूपमा गोलाप्रथामार्फत विजेता छनोट गरी नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको हो ।

कार्यक्रमअनुसार नेपालभित्र एक पटकमा १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गर्ने उपभोक्ता सहभागी हुन सक्नेछन् । डिजिटल माध्यमबाट गरिएको भुक्तानी स्वतः प्रणालीमा समावेश हुनेछ भने नगद कारोबार गर्नेले बिल नम्बर, बिक्रेताको प्यान, बिल जारी मिति, खरिद रकम, भुक्तानीको प्रकार, आफ्नो नाम र मोबाइल नम्बर विभागको प्रणालीमा दर्ता गर्नुपर्नेछ ।

आन्तरिक राजस्व विभागले प्रत्येक महिनाको १ र १६ गते स्वचालित प्रणालीबाट विजेता छनोट गर्नेछ । दैनिक एक जना विजेताले १ लाख ३३ हजार ३३४ रुपैयाँ प्राप्त गर्नेछन् भने प्रत्येक पाक्षिक अवधिको बम्पर विजेतालाई १० लाख रुपैयाँ प्रदान गरिनेछ । उपहार रकमबाट कानुनअनुसार २५ प्रतिशत आकस्मिक लाभकर कट्टा हुनेछ ।

तर व्यवसायिक प्रयोजनका खरिद, सरकारी निकायको नाममा जारी भएका बिल, विद्युत, टेलिफोन, इन्टरनेट, हवाई टिकट, ढुवानी तथा प्यानबिनाका बिक्रेताबाट जारी बिल भने यस योजनामा समावेश हुने छैनन्। विजेतालाई मोबाइल र इमेलमार्फत जानकारी गराइनेछ ।

उपहार दाबी गर्न १५ दिनभित्र सक्कल बिल, परिचयपत्र, प्यान र बैंक खाताको विवरणसहित सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । सरकारले यस योजनाले सक्कली बिल लिने संस्कृतिलाई प्रवर्द्धन गर्दै कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने विश्वास लिएको छ ।

भारतबाट विराटनगरसम्म कार्गो रेल सेवाको औपचारिक रुपमा शुभारम्भ

विराटनगर । उद्घाटन भएको करिब ३ वर्षपछि भारतबाट बिराटनगरस्थित एकीकृत जाँच चौकीसम्म कार्गो रेलको सेवाको औपचारिक रुपमा शुभारम्भ गरिएको छ । भारतको कोलकाताबाट कच्चा पदार्थ

Read More »

तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते

तनहुँ । तनहुँको व्यास नगरपालिका–७ कलेस्ती पुल नजिक बस दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् भने अन्य १४ यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी

Read More »

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलाली । कैलालीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-३ कटानपुर बस्ने २१ वर्षीय राहुल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। राहुलले ती बालिकालाई

Read More »

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ : शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा

Read More »

बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले शिक्षामा ३ प्रतिशत कर हटाएलगत्तै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाएका छन् । शिक्षा मन्त्रालयमा मंगलबार

Read More »

पार्किङ गरिएको कारमा आगलागी हुँदा जलेर मृत्यु भएका पुरूषको शव पोष्टमार्टमका लागि पठाइयो

काठमाडौं । कीर्तिपुरस्थिट ट्याङलाफाँटमा पार्किङ गरेर राखिएको कारमा आगलागी हुँदा जलेर मृत्यु भएका कारभित्रका पुरूषको शव पोष्टमार्टमका लागि पठाइएको छ । प्रहरीले शव निकालेर पोष्टमार्टमका

Read More »