३ अर्बको ऋणपत्र निष्कासन गर्दै लक्ष्मी सनराइज बैंक

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले लगानीकर्तालाई लक्षित गर्दै ३ अर्ब रुपैयाँ बराबरको डिबेञ्चर निष्कासन गर्ने भएको छ । बैंकले ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ नाममा प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र साउन १४ गतेदेखि बिक्रीमा ल्याउन लागेको हो ।

बैंकका अनुसार कुल निष्कासित ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत तवर (प्राइभेट प्लेसमेन्ट)बाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिनेछ ।

सार्वजनिक बिक्रीतर्फ छुट्याइएकोमध्ये ६० हजार कित्ता अर्थात् ५ प्रतिशत सामूहिक लगानी कोष (म्युचुअल फन्ड)का लागि सुरक्षित गरिएको छ ।

१० वर्ष अवधि रहने यस डिबेञ्चरमा वार्षिक ७ प्रतिशतका दरले ब्याज प्राप्त हुनेछ । निश्चित प्रतिफल खोजिरहेका लगानीकर्ताका लागि यो ऋणपत्र एक विकल्पका रूपमा हेरिएको छ ।

इच्छुक लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन् । आवेदन छिटोमा साउन १९ गते बैंकिङ समयपछि बन्द हुनेछ । आवश्यक परे बिक्री अवधि साउन २८ गतेसम्म लम्बिन सक्ने बैंकले जनाएको छ ।

यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सबै उपलब्ध कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । डिबेञ्चर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी माछापुच्छ्रे क्यापिटल लिमिटेडले सम्हालेको छ ।

भारतबाट विराटनगरसम्म कार्गो रेल सेवाको औपचारिक रुपमा शुभारम्भ

विराटनगर । उद्घाटन भएको करिब ३ वर्षपछि भारतबाट बिराटनगरस्थित एकीकृत जाँच चौकीसम्म कार्गो रेलको सेवाको औपचारिक रुपमा शुभारम्भ गरिएको छ । भारतको कोलकाताबाट कच्चा पदार्थ

Read More »

तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते

तनहुँ । तनहुँको व्यास नगरपालिका–७ कलेस्ती पुल नजिक बस दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् भने अन्य १४ यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी

Read More »

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलाली । कैलालीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-३ कटानपुर बस्ने २१ वर्षीय राहुल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। राहुलले ती बालिकालाई

Read More »

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ : शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा

Read More »

बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले शिक्षामा ३ प्रतिशत कर हटाएलगत्तै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाएका छन् । शिक्षा मन्त्रालयमा मंगलबार

Read More »

पार्किङ गरिएको कारमा आगलागी हुँदा जलेर मृत्यु भएका पुरूषको शव पोष्टमार्टमका लागि पठाइयो

काठमाडौं । कीर्तिपुरस्थिट ट्याङलाफाँटमा पार्किङ गरेर राखिएको कारमा आगलागी हुँदा जलेर मृत्यु भएका कारभित्रका पुरूषको शव पोष्टमार्टमका लागि पठाइएको छ । प्रहरीले शव निकालेर पोष्टमार्टमका

Read More »