नागढुङ्गा सुरुङमार्गको शिलालेखबाट केपी ओलीको नाम हटाएर इतिहास मेटाउँदै बालेन सरकार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता समेत रहेका बालेन्द्र साह (बालेन) नेतृत्वको सरकारले निर्माण सम्पन्न भएर सञ्चालनको तयारीमा रहेको नागढुङ्गा–नौबिसे सुरुङमार्गको शिलान्यासको अभिलेखबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाउन निर्देशन दिएको खुलेको छ ।

निर्माणमा संलग्न प्राविधिक स्रोतहरूले दिएको जानकारी अनुसार प्रधानमन्त्री बालेनको निर्देशन अनुसार नै तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले गरेको शिलान्यासको अभिलेख शिलालेखबाट हटाइएको हो ।

स्रोतका अनुसार सुरुङमार्ग उद्घाटनअघि ओलीको नाम नराख्न निर्देशन दिइएको हो ।

निर्माणमा संलग्न एक प्राविधिक भने, “जसले आयोजना सुरु गर्‍यो, उसको योगदानलाई ओझेलमा पार्ने प्रयासस्वरुप सरकारले यस्तो घटिया हर्कत गरेको हो ।” उनका अनुसार सुरुङमार्गमा आवत जावत गर्नेले पूर्वप्रधानमन्त्री ओलीले गरेको गौरवको काम सम्झिरहने भएकोले शिलान्याशको अभिलेख शिलालेखबाटै हटाउने निर्देशन दिइएको थियो ।

यस सुरुङमार्गलाई ड्रिम प्रोजेक्टका रुपमा अघि बढाउँदै ओलीले नेपाललाई सुरुङमार्गको युगमा प्रवेश गराउने योजनाका साथ काम तीव्र गतिमा बढाएका थिए । अहिले सबै काम सकिएपछि यो सुरुङमार्गको उद्घाटन यही साउन ११ गते सोमबार उद्घाटन गर्ने सरकारको तयारी छ ।

२०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री ओलीले यो बहुप्रतीक्षित सुरुङमार्गको शिलान्यास गरेका थिए । काठमाडौंको मुख्य प्रवेशद्वारको वर्षौंदेखिको सास्ती अन्त्य गर्ने उद्देश्यसहित ओलीले यस आयोजनालाई राष्ट्रिय प्राथमिकताको परियोजनाका रूपमा अघि बढाएका थिए । नागढुङ्गा–नौबिसे सुरुङमार्ग २ हजार ६८८ मिटर लामो रहेको छ ।

आयोजना सञ्चालनमा आएपछि काठमाडौं प्रवेश गर्ने मुख्य सडकको ट्राफिक जाम कम हुने, यात्रा समय घट्ने तथा ढुवानी व्यवस्थामा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ ।तर ओलीलाई सरकारबाट हटाइएपछि सरुङमार्गको काममा ढिलाइ भएको थियो ।

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

दाङ । दाङकाे राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर खत्रीका अनुसार राजपुर गाउँपालिका— २ पीपलडाँडाका १३

Read More »

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

काठमाडौं । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि (सोमबार) औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । लामो समयदेखि निर्माणाधीन रहेको यो राष्ट्रिय गौरवको

Read More »

हेटौंडामा एक पुरुष मृत फेला

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय नजिकै एक पुरुष मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बिहान करिब

Read More »

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलामा १ हजार ६०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा

Read More »

भारतको नयाँ शिक्षामन्त्री बने प्रल्हाद जोशी

नयाँ दिल्ली । भारतको केन्द्रीय शिक्षामन्त्रीमा नियुक्त भएपछि प्रल्हाद जोशीको पहिलो प्रतिक्रिया सार्वजनिक भएको छ । उनले आफूलाई यस नयाँ जिम्मेवारीबारे जानकारी प्राप्त भएको र पूर्ण

Read More »

बाढीपहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौं । बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार आज बिहान ५ः०० बजेसम्म काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी

Read More »