भारतको नयाँ शिक्षामन्त्री बने प्रल्हाद जोशी

नयाँ दिल्ली । भारतको केन्द्रीय शिक्षामन्त्रीमा नियुक्त भएपछि प्रल्हाद जोशीको पहिलो प्रतिक्रिया सार्वजनिक भएको छ ।

उनले आफूलाई यस नयाँ जिम्मेवारीबारे जानकारी प्राप्त भएको र पूर्ण निष्ठा तथा समर्पणका साथ यसलाई निर्वाह गर्ने बताएका छन् । जोशीले यसलाई एक महत्त्वपूर्ण जिम्मेवारीका रूपमा लिँदै यस अवसरका लागि प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गरेका छन् ।

जोशीले भने, ‘मैले थाहा पाएँ कि प्रधानमन्त्रीले मलाई नयाँ जिम्मेवारी सुम्पनुभएको छ। म यो जिम्मेवारी पूर्ण इमानदारी र निष्ठाका साथ पूरा गर्नेछु । यसका लागि म प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिन्छु ।’ उनका अनुसार मोदी सरकारको पालामा विगत १२ वर्षमा धेरै ऐतिहासिक निर्णयहरू लिइएको छ र देशका विभिन्न क्षेत्रमा उल्लेखनीय परिवर्तनहरू देखिएका छन् ।

आफ्नो भनाइमा जोशीले पूर्वशिक्षामन्त्री धर्मेन्द्र प्रधानको कामको पनि प्रशंसा गरेका छन । उनले पछिल्ला चार पाँच वर्षमा धर्मेन्द्र प्रधानले ‘नयाँ शिक्षा नीति’ प्रभावकारी रूपमा कार्यान्वयन गरेको र शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख समेत गरेका छन् । जोशीले भने, ‘मोदी सरकारले विगत १२ वर्षमा धेरै ऐतिहासिक कार्यहरू सम्पन्न गरेको छ। पछिल्ला चार पाँच वर्षमा धर्मेन्द्र प्रधानले नयाँ शिक्षा नीति प्रभावकारी रूपमा कार्यान्वयन गरेका छन् ।’

नवनियुक्त शिक्षामन्त्रीले प्रधानमन्त्री मोदीको नेतृत्वमा देशको शिक्षा प्रणाली पहिलेको तुलनामा अझ आधुनिक र सुदृढ भएको बताए । उनले प्रधानमन्त्रीको मार्गदर्शनमा शिक्षा क्षेत्रको विकास तथा प्रगतिका लागि आफ्नो उत्कृष्ट योगदान पुर्‍याउने विश्वास व्यक्त समेत गरेका छन् ।

केन्द्रीय शिक्षामन्त्री प्रधानले राजीनामा दिएपछि रिक्त भएको शिक्षा मन्त्रालयको जिम्मेवारी प्रल्हाद जोशीलाई सुम्पिएको हो । प्रधानमन्त्रीको सल्लाह बमोजिम राष्ट्रपतिले प्रधानको राजीनामा तत्काल लागू हुनेगरी स्वीकृत गरेका छन् । त्यसपछि, जोशीलाई उनको विद्यमान जिम्मेवारीका अतिरिक्त शिक्षा मन्त्रालयको थप कार्यभार पनि दिइएको हो ।

यसैबीच, धर्मेन्द्र प्रधानको राजीनामा पछि सरकार र क्रकोज जनता पार्टीबीच भएको वार्तामा सहमति जुटेसँगै उक्त संगठनले आफ्नो आन्दोलन फिर्ता लिने घोषणा गरेको छ । फलस्वरूप, शिक्षा मन्त्रालयको नयाँ जिम्मेवारी सम्हालेका जोशीसामु अब शिक्षा क्षेत्रसँग सम्बन्धित समस्याहरूको समाधान गर्ने मुख्य चुनौती खडा भएको छ ।

‘पेपर लिक’विरूद्ध कक्रोज पार्टीको आह्वानमा भएको ३६ दिन लामो आन्दोलन र सामाजिक अभियन्ता सोनम वाङचुकले गरेको २८ दिन लामो भोक हड्ताल पछि केन्द्रीय शिक्षामन्त्री प्रधानले राजीनामा दिन बाध्य भएका हुन् । भारतको शिक्षा नीतिमा व्यापक सुधार हुनुपर्ने भन्दै सुरू भएको आन्दोलनले उग्र रूप लिएपछि अन्ततः पहिलोपटक मोदी सरकारका कुनै मन्त्रीले आफ्नो पदबाट राजीनामा दिन बाध्य भएका हुन् ।

प्रधानमन्त्री मोदीले पनि सो आन्दोलन स्थगित गर्न माग गर्दै ‘पेपर लिक’मा संलग्न दोषीलाई कारबाही गर्ने र सो अपराधमा संलग्नलाई १ करोड जरिवानादेखि १० वर्षसम्म कैद गर्ने भन्दै संसदमा विधेयक पेश गर्ने प्रतिबद्धता जनाएका छन् ।

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

दाङ । दाङकाे राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर खत्रीका अनुसार राजपुर गाउँपालिका— २ पीपलडाँडाका १३

Read More »

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

काठमाडौं । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि (सोमबार) औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । लामो समयदेखि निर्माणाधीन रहेको यो राष्ट्रिय गौरवको

Read More »

हेटौंडामा एक पुरुष मृत फेला

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय नजिकै एक पुरुष मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बिहान करिब

Read More »

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलामा १ हजार ६०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा

Read More »

भारतको नयाँ शिक्षामन्त्री बने प्रल्हाद जोशी

नयाँ दिल्ली । भारतको केन्द्रीय शिक्षामन्त्रीमा नियुक्त भएपछि प्रल्हाद जोशीको पहिलो प्रतिक्रिया सार्वजनिक भएको छ । उनले आफूलाई यस नयाँ जिम्मेवारीबारे जानकारी प्राप्त भएको र पूर्ण

Read More »

बाढीपहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौं । बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार आज बिहान ५ः०० बजेसम्म काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी

Read More »