मुक्तिनाथ विकास बैंकको अटो लोन योजना, ५.५७ प्रतिशत ब्याजमा कर्जा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नाइमा एक्स्पो अटो शो २०२६ लाई लक्षित गर्दै ५.५७ प्रतिशत ब्याजदरमा अटो लोन योजना सार्वजनिक गरेको छ।

बैंकका अनुसार योजनाअन्तर्गत आधार दरमा शून्य प्रतिशत थप गरी विशेष ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराइने भएको हो । बैंकले ल्याएको यो योजना २०८३ साल भदौ मसान्तसम्म लागू हुनेछ। त्यसपछि भने बैंकको प्रचलित ब्याजदरअनुसार कर्जा सुविधा उपलब्ध हुने जनाइएको छ।

ग्राहकले कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात तथा प्रक्रिया पूरा गरेको अवस्थामा २४ घण्टाभित्रै अटो लोन उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ। यसबाट नयाँ सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई छिटो र सहज रूपमा कर्जा प्राप्त गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।

विशेष अटो लोन सुविधा देशभर रहेका बैंकका १७६ वटै शाखाबाट उपलब्ध हुनेछ । नाइमा एक्स्पो २०२६ मा सहभागी हुने तथा नयाँ सवारी साधन खरिद गर्ने योजना बनाएका ग्राहकले उक्त योजनाबाट लाभ लिन सक्नेछन्।

बैंकले ग्राहकको आवश्यकता तथा बजारको अवस्थालाई ध्यानमा राख्दै प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। नयाँ सवारी साधन खरिदलाई सहज बनाउने उद्देश्यले ल्याइएको यो योजनाले ग्राहकलाई थप वित्तीय सुविधा प्रदान गर्ने बैंकको अपेक्षा छ।

एनपिएलका सबै खेल हेर्न डिसहोमका ग्राहकले अतिरिक्त शुल्क तिर्न नपर्ने

काठमाडौं, ९ कात्तिक । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सोमबारदेखि सुरु हुँदैछ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले कीर्तिपुर क्रिकेट मैदानमा एनपिएलको औपचारिक उद्घाटन

Read More »

बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म भीषण वर्षा र हिमपात हुने

काठमाडौं, ९ कात्तिक । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि शनिबारसम्म देशभर भीषण वर्षा र व्यापक हिमपात हुने भएको छ । मौसमविद् उज्ज्वल

Read More »

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ कात्तिक १२ गते

काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले कात्तिक १२ गते शपथ लिने भएका छन् ।  कांग्रेस केन्द्रीय कार्यालयका अनुसार शपथ ग्रहण

Read More »

एनपीएल आजवाटः उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं, ९ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ। यो

Read More »

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पुजा अर्चना

भक्तपुर, ८ कार्तिक ।राष्ट्रपति  रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गरेका छन्

Read More »

आज कोजाग्रत पूर्णिमा

काठमाडाैं, ८ कार्तिक । कोजाग्रत पूर्णिमा आश्विन शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइने हिन्दूहरूको एक अत्यन्तै महत्वपुर्ण पर्व हो।  धार्मिक मान्यता अनुसार, यस रात धनधान्यकी देवी माता

Read More »