मुक्तिनाथ विकास बैंकको अटो लोन योजना, ५.५७ प्रतिशत ब्याजमा कर्जा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नाइमा एक्स्पो अटो शो २०२६ लाई लक्षित गर्दै ५.५७ प्रतिशत ब्याजदरमा अटो लोन योजना सार्वजनिक गरेको छ।

बैंकका अनुसार योजनाअन्तर्गत आधार दरमा शून्य प्रतिशत थप गरी विशेष ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराइने भएको हो । बैंकले ल्याएको यो योजना २०८३ साल भदौ मसान्तसम्म लागू हुनेछ। त्यसपछि भने बैंकको प्रचलित ब्याजदरअनुसार कर्जा सुविधा उपलब्ध हुने जनाइएको छ।

ग्राहकले कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात तथा प्रक्रिया पूरा गरेको अवस्थामा २४ घण्टाभित्रै अटो लोन उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ। यसबाट नयाँ सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई छिटो र सहज रूपमा कर्जा प्राप्त गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।

विशेष अटो लोन सुविधा देशभर रहेका बैंकका १७६ वटै शाखाबाट उपलब्ध हुनेछ । नाइमा एक्स्पो २०२६ मा सहभागी हुने तथा नयाँ सवारी साधन खरिद गर्ने योजना बनाएका ग्राहकले उक्त योजनाबाट लाभ लिन सक्नेछन्।

बैंकले ग्राहकको आवश्यकता तथा बजारको अवस्थालाई ध्यानमा राख्दै प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। नयाँ सवारी साधन खरिदलाई सहज बनाउने उद्देश्यले ल्याइएको यो योजनाले ग्राहकलाई थप वित्तीय सुविधा प्रदान गर्ने बैंकको अपेक्षा छ।

धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

बागमती : अशोक वृक्षको छहारीमा सीता र त्रिजटाको मूर्ति। मकवानपुरको राक्सिराङ गाउँपालिका–३ पलाँसेमा राखिएका ती मूर्तिसहितको परिवेशले जो–कोहीलाई पनि त्रेतायुगको झल्को दिने गरेको छ। डिभिजन

Read More »

प्रधानमन्त्री बालेनले संसद् सचिवालयमा पठाए कालो चस्मा लगाउनै पर्ने स्वास्थ्य प्रतिवेदन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा कालो चस्मा लगाएरै उपस्थित हुनुपर्नेसम्बन्धी स्वास्थ्य प्रतिवेदन संघीय संसद् सचिवालयमा पठाएका छन् । स्वास्थ्यमा देखिएको समस्याका कारण

Read More »

प्रतिनिधि सभा बैठक भोलि १ बजेसम्मका लागि स्थगित

काठमाडौँ : प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। आजका लागि तय बैठक सूचना टाँस गरेर भोलिसम्मका लागि स्थगित गरिएको हो।

Read More »

नाडा अटो शोलाई लक्षित गर्दै नेपाल बैंकको अटो लोन अफर सार्वजनिक

काठमाडौं । नेपाल बैंक लिमिटेडले नाडा अटो शोलाई लक्षित गर्दै आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले जुनसुकै ब्रान्डको सवारीसाधन खरिदका लागि सहुलियतपूर्ण

Read More »

हेमबहादुर मल्ल सम्मानबाट डा. रामकृष्ण माकाजु र रामेश्वरप्रसाद खनाल सम्मानीत

काठमाडौं । हेमबहादुर मल्ल सम्मान २०८१ बाट डा. रामकृष्ण माकाजु श्रेष्ठ र २०८२ बाट पूर्वसचिव रामेश्वरप्रसाद खनाललाई सम्मानीत भएका छन् । उनीहरूलाई जनही २ लाख

Read More »

भारत सरकारको अनुदान सहयोगमा पाटनमा पुनर्स्थापित दुई सांस्कृतिक सम्पदा उद्घाटन

ललितपुरको पाटनमा भूकम्पपछि पुनर्निर्माण गरिएका दुई महत्वपूर्ण सांस्कृतिक सम्पदा कुमारी छेँ र नयाँ कुमारीनिवासको सोमबार संयुक्त रूपमा उद्घाटन गरिएको छ। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन,

Read More »