काठमाडौं । सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा एक अर्बभन्दा बढी खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै समीक्षा अवधिमा कम्पनीले १ अर्ब ११ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ ।
विद्युत् बिक्रीबाट २ अर्ब ६२ करोड ९२ लाख आम्दानी गरेको कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेको छ। विगतमा गरेको नाफाबाट सञ्चित रकमसमेत बढाउँदै लगेको कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको रिटेन्ड अर्निङ्ग ३ अर्ब ८० करोड ४३ लाख रुपैयाँ पुगेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि सकारात्मक रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ १४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ६२ पैसा रहेको छ ।
कम्पनीको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४५.७० गुणा रहेको छ । पीई रेसियोका आधारमा कम्पनीको शेयर बजार मूल्य र कम्पनीले आर्जन गरेको प्रतिशेयर आम्दानीबीचको सम्बन्धलाई मूल्यांकन गर्न सकिन्छ।










