आकर्षक सुविधासहित प्रभु बैंकको घर कर्जा र सवारीसाधन कर्जा योजना सार्वजनिक

काठमाडौं । प्रभु बैंकले विगतझै यस वर्ष पनि सरोकारवाला सम्पूर्णलाई लक्षित गर्दै ग्राहकको वित्तीय आवश्यकता सहज, सरल र किफायती रूपमा पूरा गर्ने उद्देश्यसहित आकर्षक घर कर्जा तथा सवारीसाधन कर्जा योजना सार्वजनिक गरेको छ ।

बैंकका अनुसार यस योजनाअन्तर्गत घर कर्जाका लागि अधिकतम सिमा ३ करोड रुपैयाँसम्मका लागि कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहने गरी कर्जाको सेवा शुल्क मात्र ०.५० प्रतिशत तथा ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष मात्र कायम गरिएको छ भने यस सुविधा देशभरीका बैंकका ३०० वटा शाखामार्फत उपलब्ध गराइनेछ । यस योजनाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत साथै घर निर्माण गर्ने प्रयोजनका लागि जग्गा खरिद गर्न चाहने ग्राहकहरूलाई सहज र सरल रुपमा वित्तीय पहुँच उपलब्ध गराइनेछ ।

त्यसैगरी, बैंकले सवारीसाधन कर्जा योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनका लागि सवारीसाधन खरिद गर्न अधिकतम ७ वर्षसम्मको कर्जा सुविधा सार्वजनिक गरेको छ । यस योजनामा पनि सेवा शुल्क मात्र ०.५० प्रतिशत तथा ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष मात्र कायम गरिएको बैंकले जनाएको छ । साथै, कर्जाका लागी सम्पूर्ण कागजात पेश गरिएको दुई कार्यदिनमा नै डेलिभरी अडर्र उपलब्ध हुनेछ । जसले ग्राहकहरूलाई आकर्षक दरमा सवारीसाधन खरिद गर्ने सहज अवसर प्रदान गर्दछ ।

प्रभु बैंकले आफ्ना ग्राहकहरूलाई छिटो, सरल तथा पारदर्शी कर्जा प्रक्रिया, गुणस्तरीय सेवा तथा विश्वसनीय बैंकिङ अनुभव प्रदान गर्न निरन्तर प्रयासरत रहेको जनाएको छ । यो योजना बैंकका सम्पूर्ण शाखामार्फत प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले देशभरीका ३०० शाखा तथा ६६ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा सुविधाहरु दिँदै आइरहेको छ ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »