काठमाडौं । सत्तारुढ रास्वपा सांसद रञ्जु दर्शनाले पारिवारिक स्वास्थ्य बीमा सञ्चालनमा ल्याउन माग गरेकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा उनले पारिवारिक स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
स्वास्थ्य बीमाको सुविधा सहज रुपमा उपलब्ध नहुँदा आमनागरिकले सास्ती व्यहोर्नुपरेको भन्दै उनले स्वास्थ्य बीमाको सुविधालाई सुधार गरेर नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन माग गरेकी हुन्।








