काठमाडौँ। नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सगुन पौडेल नियुक्त भएका छन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जनस्वास्थ्य विज्ञ तथा स्वास्थ्य नीति र प्रणालीका विशेषज्ञ पौडेललाई परिषद्को अध्यक्ष पदको पद तथा गोपनीयताको शपथग्रहण गराएकी छन् ।
नेपालको स्वास्थ्य क्षेत्रमा १३ वर्षभन्दा बढीको अनुभव हासिल गरेका उनले विश्व स्वास्थ्य संगठन नेपाल, आरटीआई इन्टरनेसनल, अन्तर्राष्ट्रिय रेडक्रस तथा क्यानडियन रेडक्रस, यूएस फार्माकोपिया र क्राउन एजेन्ट्सलगायतका संस्थामा विभिन्न प्राविधिक तथा नेतृत्वदायी भूमिकामा काम गरेका छन्।








