नेपाल मेडिकल काउन्सिलको नेतृत्वमा डा. ढुन्डिराज पौडेल

काठमाडौं । स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षाका विषयमा लामो समयदेखि सक्रिय रहँदै आएका वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. ढुन्डिराज पौडेल नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त भएका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बुधबार डा. पौडेललाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेकी हुन्।

डा. पौडेल यसअघि भरतपुर अस्पताल विकास समितिको अध्यक्षका रूपमा कार्यरत थिए। उक्त जिम्मेवारीमा रहँदा उनले भरतपुर अस्पताललाई चिकित्सा शिक्षा प्रदान गर्ने शिक्षण अस्पतालका रूपमा विकास गर्नुपर्ने अवधारणा अघि सारेका थिए।

सरकारी अस्पताललाई थप सक्षम बनाउँदै स्वास्थ्य सेवा र चिकित्सा शिक्षालाई एउटै संस्थागत संरचनाबाट प्रभावकारी रूपमा अघि बढाउनुपर्ने धारणा राख्दै आएका पौडेलले भरतपुर अस्पताललाई राष्ट्रिय चिकित्सा विज्ञान संस्थानको स्वरूपमा विकास गर्नुपर्ने विचारसमेत सार्वजनिक गरेका थिए।

अब मेडिकल काउन्सिलको नेतृत्वमा पुगेपछि चिकित्सकीय पेशाको नियमन, चिकित्सकको व्यावसायिक आचरण, परीक्षा तथा चिकित्सा शिक्षासम्बन्धी विषयमा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेछ।

डा. पौडेलले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानबाट एमबीबीएस तथा नाक, कान तथा घाँटी शल्यचिकित्सामा एमएस गरेका छन्। उनी नेपाल मेडिकल काउन्सिलको नैतिकता तथा परीक्षा समितिमा कार्यकारी सदस्य तथा समन्वयकर्ताका रूपमा समेत काम गरिसकेका छन्।

असोज १० गते मिड सोलु हाइड्रोपावरको ७७ लाख ६३ हजार कित्ता सेयरको लकइन अवधि

काठमाडाैं । मिड सोलु हाइड्रोपावर लिमिटेडको ७७ लाख ६३ हजारभन्दा बढी कित्ता सेयरको लकइन अवधि आगामी असोज १० गतेबाट सकिने भएको छ। बुधबार कम्पनीले जारी

Read More »

स्वस्तिक लघुवित्तले बोलायो एजिएम, २०० प्रतिशत हकप्रद निष्काशन गर्ने तयारी

काठमाडाै‌ । स्वस्तिक लघुवित्तले यही भदौ २७ गते आर्थिक वर्ष २०८१/८२ को साधारणसभा बोलाएको छ । कम्पनीले सभाको विशेष प्रस्तावअन्तर्गत १:२ को अनुपातमा २०० प्रतिशत

Read More »

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशककाे जिम्मेवारी सञ्जिव बराललाई

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा जिम्मेवारी सञ्जिव बराललाई दिएकाे छ । बुधबार नवनियुक्त कार्यकारी निर्देशक बरालले बबरमहलस्थित केन्द्रको कार्यालय पुगेर औपचारिक

Read More »

नेपाल मेडिकल काउन्सिलको नेतृत्वमा डा. ढुन्डिराज पौडेल

काठमाडौं । स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षाका विषयमा लामो समयदेखि सक्रिय रहँदै आएका वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. ढुन्डिराज पौडेल नेपाल मेडिकल काउन्सिलको

Read More »

शिक्षा संवाद : शिक्षकलाई उच्च सम्मान सहित सेवा सुविधा उपलब्ध गराउन सुझाब

बुटवल । शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी शिक्षा ऐन निर्माण अघि सातै प्रदेशमा सञ्चालन गरेको शिक्षा संवाद अभियानअन्तर्गत बुधवार लुम्बिनी प्रदेशको बुटवलमा आयोजना गरेको छ

Read More »

नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचन निष्पक्ष र पारदर्शी बनाउन माग, संयुक्त अपिलसहित अनसन

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनको ३५औँ केन्द्रीय, एनईसी तथा चौथो प्रादेशिक कार्यकारिणी समितिको निर्वाचनलाई निष्पक्ष, समावेशी, पारदर्शी तथा सर्वस्वीकार्य बनाउन माग गर्दै सरोकारवालाहरूले संयुक्त अपिल

Read More »