पोखरामा अत्याधुनिक सेवासहित राधिका नेत्रालय सञ्चालनमा

पोखरा । पोखराको बिरौटा–१७ मा अत्याधुनिक प्रविधि र विशेषज्ञ नेत्र उपचार सेवासहित ‘राधिका नेत्रालय’ सञ्चालनमा आएको छ। भदौ १ गते औपचारिक शुभारम्भ गरिएको नेत्रालयले पोखरा तथा आसपासका नागरिकलाई गुणस्तरीय, विशेषज्ञ र विश्वसनीय नेत्र उपचार सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।

१५ वर्षभन्दा बढीको चिकित्सकीय अनुभव हासिल गरेका वरिष्ठ नेत्ररोग विशेषज्ञ, फेको तथा रेटिना सर्जन एवं राधिका नेत्रालयका मेडिकल डाइरेक्टर डा. अमृत बास्तोलाको पहलमा आफ्नै जन्मथलो पोखरामा नेत्रालय स्थापना गरिएको हो। आफ्नो व्यावसायिक यात्राबाट हासिल गरेको अनुभव, विशेषज्ञता र आधुनिक नेत्र उपचार प्रविधिलाई स्थानीय नागरिकसम्म पुर्‍याउने उद्देश्यले नेत्रालय सञ्चालनमा ल्याइएको डा. बास्तोलाले बताए।

राधिका नेत्रालयको नाम डा. अमृत बास्तोलाकी माता राधिका बास्तोलाको नामबाट राखिएको हो। आमाको नामलाई सम्मान गर्दै पोखरा तथा आसपासका नागरिकलाई विशेषज्ञ उपचार सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्य रहेको नेत्रालयले जनाएको छ। “आफ्नो जन्मथलोमै अत्याधुनिक नेत्र उपचार सेवा विस्तार गर्ने र विशेषज्ञ उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यले राधिका नेत्रालयको स्थापना गरिएको हो,” डा. बास्तोलाले भने।

नेत्रालयमा रेटिना डायग्नोस्टिक्स तथा इमेजिङ, रेटिना सर्जरी, Anti-VEGF Injection, मोतियाबिन्दुको शल्यक्रिया (Phacoemulsification), Laser Therapy, Dry Eye Therapy Package, Prescription Glasses तथा Minor OT Procedures लगायतका सेवा उपलब्ध हुनेछन्। आधुनिक उपकरण तथा विशेषज्ञ चिकित्सकीय सेवामार्फत आँखासम्बन्धी विभिन्न समस्याको उपचार गर्ने व्यवस्था गरिएको नेत्रालयले जनाएको छ।

शुभारम्भको अवसरमा राधिका नेत्रालयले सेवाग्राहीका लागि एक महिनासम्म लागू हुने विशेष ‘Grand Opening Offer’ समेत सार्वजनिक गरेको छ। अफरअन्तर्गत आँखाको OPD Consultation निःशुल्क गरिनेछ भने रेटिना डायग्नोस्टिक्स तथा इमेजिङ, रेटिना सर्जरी, Anti-VEGF Injections, मोतियाबिन्दु शल्यक्रिया, Laser Therapy, Dry Eye Therapy Package, Prescription Glasses तथा Minor OT Procedures मा २० प्रतिशत छुट उपलब्ध गराइनेछ।

पोखरामा विशेषज्ञ नेत्र उपचारको पहुँच विस्तार गर्ने लक्ष्यसहित स्थापना भएको राधिका नेत्रालयले आधुनिक प्रविधि, अनुभवी विशेषज्ञता र बिरामीकेन्द्रित सेवामार्फत आँखाको स्वास्थ्य उपचारमा नयाँ भरोसा निर्माण गर्ने अपेक्षा गरिएको छ। नेत्रालय बिरौटा–१७, पोखरामा रहेको छ। सेवाका लागि ९८५६००६८६६ मा सम्पर्क गर्न सकिनेछ।

एनपिएलका सबै खेल हेर्न डिसहोमका ग्राहकले अतिरिक्त शुल्क तिर्न नपर्ने

काठमाडौं, ९ कात्तिक । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सोमबारदेखि सुरु हुँदैछ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले कीर्तिपुर क्रिकेट मैदानमा एनपिएलको औपचारिक उद्घाटन

Read More »

बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म भीषण वर्षा र हिमपात हुने

काठमाडौं, ९ कात्तिक । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि शनिबारसम्म देशभर भीषण वर्षा र व्यापक हिमपात हुने भएको छ । मौसमविद् उज्ज्वल

Read More »

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ कात्तिक १२ गते

काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले कात्तिक १२ गते शपथ लिने भएका छन् ।  कांग्रेस केन्द्रीय कार्यालयका अनुसार शपथ ग्रहण

Read More »

एनपीएल आजवाटः उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं, ९ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ। यो

Read More »

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पुजा अर्चना

भक्तपुर, ८ कार्तिक ।राष्ट्रपति  रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गरेका छन्

Read More »

आज कोजाग्रत पूर्णिमा

काठमाडाैं, ८ कार्तिक । कोजाग्रत पूर्णिमा आश्विन शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइने हिन्दूहरूको एक अत्यन्तै महत्वपुर्ण पर्व हो।  धार्मिक मान्यता अनुसार, यस रात धनधान्यकी देवी माता

Read More »