डीडीसी घ्यूको अन्तर्राष्ट्रिय यात्रा सुरु, दुबईमा ६ सय किलोको परीक्षण निर्यात

काठमाडौं । नेपाली दुग्धजन्य उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने प्रयासस्वरूप सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले पहिलोपटक आफ्नो घ्यू दुबई निर्यात गरेको छ ।

डीडीसीले शुक्रबार ६ सय किलो घ्यू दुबई पठाएको हो । दुबईमा रहेका नेपाली उपभोक्तालाई लक्षित गर्दै सुरु गरिएको यो निर्यातलाई संस्थानले प्रारम्भिक बजार परीक्षणका रूपमा लिएको छ ।

डीडीसीले दुबईमा घ्यू बिक्रीका लागि रातो र चन्द्र–सूर्य इन्टरनेसनलसँग सम्झौता गरेको छ । पहिलो चरणमा त्यहाँका विभिन्न बिक्रेतामार्फत घ्यूको बिक्री परीक्षण गरिनेछ । बजारमा माग कस्तो हुन्छ भन्ने आधारमा आगामी दिनमा निर्यातको मात्रा बढाउने तयारी डीडीसीको छ ।

डीडीसीका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेका अनुसार पहिलो खेपका रूपमा पठाइएको घ्यू विभिन्न बिक्रेतामार्फत परीक्षणका रूपमा बिक्री गरिनेछ । माग बढेमा नियमित रूपमा ठूलो परिमाणमा निर्यात गर्ने योजना रहेको उनले बताए ।

नेपाली उत्पादनको विदेशमा प्रचार गर्ने उद्देश्यले पहिलो खेप हवाई मार्गबाट पठाइए पनि आगामी दिनमा लागत घटाउन भारत हुँदै कन्टेनरमार्फत घ्यू पठाउने तयारी भइरहेको छ ।

डीडीसीले दुबईलाई मात्रै लक्षित नगरी मध्यपूर्वका अन्य मुलुकमा समेत आफ्ना घ्यू तथा अन्य दुग्धजन्य उत्पादनको बजार विस्तार गर्ने योजना बनाएको छ । संस्थानका अनुसार प्रारम्भिक बजार परीक्षण सफल भएमा नेपाली दुग्धजन्य उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार हुने अपेक्षा गरिएको छ ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »