महालक्ष्मी विकास बैंकले बेसरेटमै गाडी कर्जा दिने

काठमाडौं । महालक्ष्मी विकास बैंकले बैंकको आधार दरमै सवारीसाधन कर्जा उपलब्ध गराउने घोषणा गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा भदौ ९ गतेदेखि १४ गतेसम्म सञ्चालन भइरहेको १८औँ नाडा अटो शो २०२६ मा सहभागी हुँदै बैंकले यस्तो घोषणा गरेको हो।

बैंकका अनुसार सवारीसाधन खरिदका लागि आवश्यक कर्जासम्बन्धी परामर्श, सहजीकरण तथा समन्वय बैंकले गर्नेछ। विकास बैंकहरूमध्ये प्रतिस्पर्धी ब्याजदरमा सवारी कर्जा प्रदान गर्दै आएको बैंकले नाडा अटो शोको अवसरमा थप आकर्षक ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ।

यस अवसरमा बैंकले कर्जाको प्रशासनिक शुल्कमा समेत विशेष छुट दिने भएको छ। बैंकका अनुसार भदौ महिनाका लागि हाल बैंकको आधार दर ५.६४ प्रतिशत रहेको छ। आधार दरमा कर्जा लिने ग्राहकले उक्त ब्याजदरको प्रत्यक्ष लाभ लिन सक्ने बैंकले जनाएको छ।

महालक्ष्मी विकास बैंकमार्फत सवारी कर्जा लिन इच्छुक ग्राहकले नाडा अटो शोको एन हल, स्टल नम्बर ०४ मा सम्पर्क गर्न सक्नेछन्। बैंकले विद्युतीय तथा अन्य निजी र व्यावसायिक सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सहज, सरल र प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउने जनाएको छ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हरेक वर्ष हुँदै आएको अटो शोमा महालक्ष्मी विकास बैंकले विकास बैंकहरूमध्ये निरन्तर सहभागिता जनाउँदै आएको छ।

गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको जनाएको छ।

सुपर मादी हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर दिने, असोज १ मा साधारण सभा

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको भदौ ८ गते

Read More »

बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । बेनी हाइड्रोपावर लिमिटेडले आगामी भदौ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा

Read More »

महालक्ष्मी विकास बैंकले बेसरेटमै गाडी कर्जा दिने

काठमाडौं । महालक्ष्मी विकास बैंकले बैंकको आधार दरमै सवारीसाधन कर्जा उपलब्ध गराउने घोषणा गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा भदौ ९ गतेदेखि १४ गतेसम्म सञ्चालन भइरहेको १८औँ नाडा

Read More »

जसपा नेपालले लुम्बिनीका तीन सांसदलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका तीन सांसदलाई फेरि स्पष्टीकरण सोधेको छ । सांसदत्रय सन्तोष कुमार पाण्डे, हेमा बेलवासे र भण्डारी लाल

Read More »

अदालत सेटिङ गरेको भन्दै आफ्नो नाम जोडिएकोमा पूर्वमन्त्री दीपक खड्काद्वारा खेद व्यक्त

काठमाडौं ।  नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दिपक खड्काले स्वतन्त्र न्यायपालिकाको समेत मानमर्दन हुने, अविश्वास पैदा गर्ने उद्देश्यले केही ब्यक्ति तथा समूहले ‘अदालत सेटिङ’ गरेको

Read More »

आकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा ड्युटीमा रहेकी महिला प्रहरी जवानमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। मंगलबार बिहान बानेश्वर क्षेत्रमा ट्राफिक व्यवस्थापन तथा

Read More »