बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । बेनी हाइड्रोपावर लिमिटेडले आगामी भदौ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ८ लाख ६३ हजार २०० कित्ता शेयर बिक्री खुल्ला गर्न लागेको हो ।काठमाडौं । बेनी हाइड्रोपावर लिमिटेडले आगामी भदौ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ८ लाख ६३ हजार २०० कित्ता शेयर बिक्री खुल्ला गर्न लागेको हो ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो निष्काशन छिटोमा भदौ २५ गते र ढिलोमा असोज ५ गतेसम्म बन्द हुने तालिका रहेको छ ।

कम्पनीले सोलुखुम्बुमा १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत आयोजना निर्माण गरेको छ, जसको प्रतिमेगावाट लागत करिब १९ करोड ४७ लाख रुपैयाँ रहेको छ । इक्रा नेपालले यस आईपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

आयोजनाको लगानी फिर्ता हुने साधारण अवधि ५.७८ वर्ष रहेको छ । एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको यस आईपीओमा लगानीकर्ताले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र ’मेरो शेयर’ मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

सुरू भयो नाडा अटो शो, यस्ता छन् आकर्षणका स्टलहरु

काठमाडौं । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) को १८औं संस्करणको नाडा अटो शो–२०२६ सुरु भएको छ ।मंगलबार काठमाडौको भृकुटीमण्डपमा मंगलबार उपराष्ट्रपति रामसहाय प्रसाद यादव र

Read More »

सुपर मादी हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर दिने, असोज १ मा साधारण सभा

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको भदौ ८ गते

Read More »

बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । बेनी हाइड्रोपावर लिमिटेडले आगामी भदौ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा

Read More »

महालक्ष्मी विकास बैंकले बेसरेटमै गाडी कर्जा दिने

काठमाडौं । महालक्ष्मी विकास बैंकले बैंकको आधार दरमै सवारीसाधन कर्जा उपलब्ध गराउने घोषणा गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा भदौ ९ गतेदेखि १४ गतेसम्म सञ्चालन भइरहेको १८औँ नाडा

Read More »

जसपा नेपालले लुम्बिनीका तीन सांसदलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका तीन सांसदलाई फेरि स्पष्टीकरण सोधेको छ । सांसदत्रय सन्तोष कुमार पाण्डे, हेमा बेलवासे र भण्डारी लाल

Read More »

अदालत सेटिङ गरेको भन्दै आफ्नो नाम जोडिएकोमा पूर्वमन्त्री दीपक खड्काद्वारा खेद व्यक्त

काठमाडौं ।  नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दिपक खड्काले स्वतन्त्र न्यायपालिकाको समेत मानमर्दन हुने, अविश्वास पैदा गर्ने उद्देश्यले केही ब्यक्ति तथा समूहले ‘अदालत सेटिङ’ गरेको

Read More »