सुनको मूल्यमा भारी गिरावट, प्रतितोला ३ लाख ९ हजारमा झर्‍यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला नौ हजार पाँच सय रुपैयाँले घटेको हो ।

महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला तीन लाख नौ हजार रुपैयाँ निर्धारण गरेको छ । यो मूल्यमा सुन प्रतिदश ग्राम दुई लाख ६४ हजार नौ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यसअघि भदौ १२ गते छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार पाँच सय रुपैयाँ कायम भएको थियो । दुई दिनको अवधिमा सुनको मूल्य प्रतितोला नौ हजार पाँच सय रुपैयाँले घटेको देखिएको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार चाँदी प्रतितोला चार हजार सात सय ८० रुपैयाँ कायम भएको छ । प्रतिदश ग्राम चाँदीको मूल्य चार हजार ९८ रुपैयाँ तोकिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव तथा डलर विनिमय दरको प्रभावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »

बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता

Read More »

डीडीसीले दैनिक १ लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने

काठमाडाै‌ । किसानको बक्यौता घटाउँदै आएको दुग्ध विकास संस्थान (डीडीसी)ले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य अघि सारेको छ। हाल ६५

Read More »