बाढी प्रभावितको उपचारमा आर्या फार्माल्याबको सहयोग, ८२ लाखभन्दा बढीका औषधि सरकारलाई हस्तान्तरण

काठमाडौं । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले आर्या फार्माल्याबले नेपाल सरकारलाई ८२ लाख ५१ हजार ७५० रुपैयाँ बराबरका औषधि उपलब्ध गराएको छ ।

प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत नागरिकलाई आवश्यक स्वास्थ्य उपचार उपलब्ध गराउन ती औषधि सहयोग गरिएको कम्पनीले जनाएको छ ।

विपद्का कारण प्रभावित नागरिकमा स्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै उपचारका लागि आवश्यक औषधि उपलब्ध गराइएको आर्याले जनाएको छ ।

कम्पनीले प्रभावित क्षेत्रमा थप स्वास्थ्य उपचार आवश्यक परेमा आवश्यक उपकरण तथा औषधिसमेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

विपद्पछि राहतसँगै प्रभावित नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर गरिएको सहयोगले उपचार सेवामा सहजता ल्याउने अपेक्षा गरिएको छ ।

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »

बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता

Read More »

डीडीसीले दैनिक १ लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने

काठमाडाै‌ । किसानको बक्यौता घटाउँदै आएको दुग्ध विकास संस्थान (डीडीसी)ले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य अघि सारेको छ। हाल ६५

Read More »