डीडीसीले दैनिक १ लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने

काठमाडाै‌ । किसानको बक्यौता घटाउँदै आएको दुग्ध विकास संस्थान (डीडीसी)ले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य अघि सारेको छ। हाल ६५ हजार लिटर दूध सङ्कलन गर्दै आएको डीडीसीले सङ्कलन केन्द्र र बिक्री सञ्जाल विस्तार गरी थप ८५ हजार लिटर दूध सङ्कलन गर्ने योजना बनाएको हो।

डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार चार महिनाअघि किसानलाई तिर्न बाँकी करिब ७२ करोड घटेर अहिले २० करोड रुपैयाँमा झरेको छ। यस अवधिमा करिब ७० करोड रुपैयाँ भुक्तानी गरिएको उनले बताए । काठमाडौंमा दूध बिक्रीसमेत दैनिक ६० हजारबाट बढेर ७२ हजार लिटर पुगेको छ।

डीडीसीले आन्तरिक बजारसँगै विदेशमा समेत उत्पादन बिक्री विस्तार थालेको छ। दुबईमा घ्यू निर्यात सुरु भइसकेको र दक्षिण कोरिया, मलेसिया तथा जापानमा चिज, पेडालगायत उत्पादन निर्यातका लागि छलफल भइरहेको पाण्डेले बताए।

करिब एक अर्ब २६ करोड रुपैयाँ ऋण रहेको संस्थानले आगामी एक वर्ष ६ महिनाभित्र ऋण चुक्ता गर्ने लक्ष्यसहित खर्च नियन्त्रण र वित्तीय सुधारलाई अघि बढाएको जनाएको छ।

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »

बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता

Read More »

डीडीसीले दैनिक १ लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने

काठमाडाै‌ । किसानको बक्यौता घटाउँदै आएको दुग्ध विकास संस्थान (डीडीसी)ले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य अघि सारेको छ। हाल ६५

Read More »