डीडीसीले दैनिक १ लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने

काठमाडाै‌ । किसानको बक्यौता घटाउँदै आएको दुग्ध विकास संस्थान (डीडीसी)ले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य अघि सारेको छ। हाल ६५ हजार लिटर दूध सङ्कलन गर्दै आएको डीडीसीले सङ्कलन केन्द्र र बिक्री सञ्जाल विस्तार गरी थप ८५ हजार लिटर दूध सङ्कलन गर्ने योजना बनाएको हो।

डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार चार महिनाअघि किसानलाई तिर्न बाँकी करिब ७२ करोड घटेर अहिले २० करोड रुपैयाँमा झरेको छ। यस अवधिमा करिब ७० करोड रुपैयाँ भुक्तानी गरिएको उनले बताए । काठमाडौंमा दूध बिक्रीसमेत दैनिक ६० हजारबाट बढेर ७२ हजार लिटर पुगेको छ।

डीडीसीले आन्तरिक बजारसँगै विदेशमा समेत उत्पादन बिक्री विस्तार थालेको छ। दुबईमा घ्यू निर्यात सुरु भइसकेको र दक्षिण कोरिया, मलेसिया तथा जापानमा चिज, पेडालगायत उत्पादन निर्यातका लागि छलफल भइरहेको पाण्डेले बताए।

करिब एक अर्ब २६ करोड रुपैयाँ ऋण रहेको संस्थानले आगामी एक वर्ष ६ महिनाभित्र ऋण चुक्ता गर्ने लक्ष्यसहित खर्च नियन्त्रण र वित्तीय सुधारलाई अघि बढाएको जनाएको छ।

आज कोजाग्रत पूर्णिमा

काठमाडाैं, ८ कार्तिक । कोजाग्रत पूर्णिमा आश्विन शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइने हिन्दूहरूको एक अत्यन्तै महत्वपुर्ण पर्व हो।  धार्मिक मान्यता अनुसार, यस रात धनधान्यकी देवी माता

Read More »

नेपाल राष्ट्र बैंकको वेबसाइट र अनलाइन सेवा अस्थायी रूपमा बन्द

काठमाडौं, ६ कार्तिक  ।  वेब प्रविधि ‘पीएचपी’ मा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम (भल्नेरेबिलिटी) देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका डिजिटल सेवाहरू अस्थायी रूपमा बन्द

Read More »

कांग्रेस केन्द्रीय नेतृत्वमा फिर्दोस आलमको छलाङ, सहमहामन्त्रीमा निर्वाचित

कामाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट डा. फिर्दोस आलम केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित भएका छन्। मुस्लिम क्लस्टरतर्फबाट प्रतिस्पर्धामा उत्रिएका आलमले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ६०० भन्दा बढी

Read More »

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिँदै

काठमाडाैं, ३० असाेज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक मान्यता

Read More »

सूर्यविनायक–१ मा साढे चारतले वडाकाे प्रशासनिक भवनकाे मेयर थापाद्वारा शिलान्यास

भक्तपुर, २८ असोज । लामो समयदेखि जग्गाको अभावमा आफ्नै प्रशासनिक भवन निर्माण गर्न नसकेको सूर्यविनायक नगरपालिका–१ सिरुटारको समस्या समाधानतर्फ अघि बढेको छ। स्थानीय राउत परिवारले

Read More »

महानवरात्रकाे पाँचौं दिन, माता स्कन्दमाताको विधिपूर्वक पूजा गरिदैँ

काठमाडाैं, २९ असाेज । बडा दशैंको महानवरात्र अन्तर्गत पाँचौँ दिन नवदुर्गा भवानीको पाँचौँ स्वरूप माता स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ। भगवान् स्कन्द (कार्तिकेय) की माता भएकाले

Read More »