५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको छ। प्रत्यारोपणपछि आवश्यक उपचार तथा विशेषज्ञ निगरानी पूरा भएपछि बालिकालाई अस्पतालबाट सफलतापूर्वक डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

बालिकाकी ३३ वर्षीया आमाले आफ्नै कलेजोको केही हिस्सा छोरीलाई दान गरेकी हुन्। सफल प्रत्यारोपणपछि बालिकाको स्वास्थ्य अवस्था स्थिर तथा सन्तोषजनक रहेको र आवश्यक उपचार तथा विशेषज्ञ निगरानीपछि उनलाई घर पठाइएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार यो सफलता जटिल शल्यक्रियाको उपलब्धि मात्र नभई आमाको त्याग, परिवारको आशा र चिकित्सकीय टोलीको समर्पणसँग जोडिएको नयाँ जीवनको कथा हो।

नेपालमै जटिल प्रत्यारोपण उपचारको सुविधा विस्तार गर्ने उद्देश्यले किष्ट प्रत्यारोपण केन्द्रले आधुनिक पूर्वाधार, अनुभवी विशेषज्ञ टोली, शल्यक्रिया सुविधा, सघन उपचार तथा विभिन्न विधाका चिकित्सकबीचको समन्वयमा उपचार सेवा प्रदान गर्दै आएको छ।

केन्द्रले प्रत्यारोपण शल्यक्रियामा मात्र नभई प्रत्यारोपणअघि, प्रत्यारोपणका क्रममा र प्रत्यारोपणपछि आवश्यक सम्पूर्ण उपचारलाई समेट्ने समन्वित बहुविषयगत उपचार प्रणालीलाई आफ्नो महत्वपूर्ण पक्षका रूपमा अघि बढाएको जनाएको छ।

एक आमाले आफ्नो कलेजोको हिस्सा दिएर छोरीलाई नयाँ जीवनको अवसर दिएकी छन् भने किष्टको विशेषज्ञ चिकित्सकीय टोलीले त्यसलाई सफल प्रत्यारोपणमार्फत सार्थक बनाएको अस्पतालको भनाइ छ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपणलाई किष्ट शिक्षण अस्पतालले आफ्नो प्रत्यारोपण सेवाको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। अस्पतालले आगामी दिनमा पनि बालबालिकासहित जटिल बिरामीका लागि उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै नेपालमै गुणस्तरीय उपचार उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »