५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको छ। प्रत्यारोपणपछि आवश्यक उपचार तथा विशेषज्ञ निगरानी पूरा भएपछि बालिकालाई अस्पतालबाट सफलतापूर्वक डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

बालिकाकी ३३ वर्षीया आमाले आफ्नै कलेजोको केही हिस्सा छोरीलाई दान गरेकी हुन्। सफल प्रत्यारोपणपछि बालिकाको स्वास्थ्य अवस्था स्थिर तथा सन्तोषजनक रहेको र आवश्यक उपचार तथा विशेषज्ञ निगरानीपछि उनलाई घर पठाइएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार यो सफलता जटिल शल्यक्रियाको उपलब्धि मात्र नभई आमाको त्याग, परिवारको आशा र चिकित्सकीय टोलीको समर्पणसँग जोडिएको नयाँ जीवनको कथा हो।

नेपालमै जटिल प्रत्यारोपण उपचारको सुविधा विस्तार गर्ने उद्देश्यले किष्ट प्रत्यारोपण केन्द्रले आधुनिक पूर्वाधार, अनुभवी विशेषज्ञ टोली, शल्यक्रिया सुविधा, सघन उपचार तथा विभिन्न विधाका चिकित्सकबीचको समन्वयमा उपचार सेवा प्रदान गर्दै आएको छ।

केन्द्रले प्रत्यारोपण शल्यक्रियामा मात्र नभई प्रत्यारोपणअघि, प्रत्यारोपणका क्रममा र प्रत्यारोपणपछि आवश्यक सम्पूर्ण उपचारलाई समेट्ने समन्वित बहुविषयगत उपचार प्रणालीलाई आफ्नो महत्वपूर्ण पक्षका रूपमा अघि बढाएको जनाएको छ।

एक आमाले आफ्नो कलेजोको हिस्सा दिएर छोरीलाई नयाँ जीवनको अवसर दिएकी छन् भने किष्टको विशेषज्ञ चिकित्सकीय टोलीले त्यसलाई सफल प्रत्यारोपणमार्फत सार्थक बनाएको अस्पतालको भनाइ छ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपणलाई किष्ट शिक्षण अस्पतालले आफ्नो प्रत्यारोपण सेवाको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। अस्पतालले आगामी दिनमा पनि बालबालिकासहित जटिल बिरामीका लागि उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै नेपालमै गुणस्तरीय उपचार उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

आज कोजाग्रत पूर्णिमा

काठमाडाैं, ८ कार्तिक । कोजाग्रत पूर्णिमा आश्विन शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइने हिन्दूहरूको एक अत्यन्तै महत्वपुर्ण पर्व हो।  धार्मिक मान्यता अनुसार, यस रात धनधान्यकी देवी माता

Read More »

नेपाल राष्ट्र बैंकको वेबसाइट र अनलाइन सेवा अस्थायी रूपमा बन्द

काठमाडौं, ६ कार्तिक  ।  वेब प्रविधि ‘पीएचपी’ मा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम (भल्नेरेबिलिटी) देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका डिजिटल सेवाहरू अस्थायी रूपमा बन्द

Read More »

कांग्रेस केन्द्रीय नेतृत्वमा फिर्दोस आलमको छलाङ, सहमहामन्त्रीमा निर्वाचित

कामाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट डा. फिर्दोस आलम केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित भएका छन्। मुस्लिम क्लस्टरतर्फबाट प्रतिस्पर्धामा उत्रिएका आलमले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ६०० भन्दा बढी

Read More »

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिँदै

काठमाडाैं, ३० असाेज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक मान्यता

Read More »

सूर्यविनायक–१ मा साढे चारतले वडाकाे प्रशासनिक भवनकाे मेयर थापाद्वारा शिलान्यास

भक्तपुर, २८ असोज । लामो समयदेखि जग्गाको अभावमा आफ्नै प्रशासनिक भवन निर्माण गर्न नसकेको सूर्यविनायक नगरपालिका–१ सिरुटारको समस्या समाधानतर्फ अघि बढेको छ। स्थानीय राउत परिवारले

Read More »

महानवरात्रकाे पाँचौं दिन, माता स्कन्दमाताको विधिपूर्वक पूजा गरिदैँ

काठमाडाैं, २९ असाेज । बडा दशैंको महानवरात्र अन्तर्गत पाँचौँ दिन नवदुर्गा भवानीको पाँचौँ स्वरूप माता स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ। भगवान् स्कन्द (कार्तिकेय) की माता भएकाले

Read More »