काठमाडौं । एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली सार्वजनिक भएको छ ।
आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्सका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोली नेपाली क्रिकेट टोली घोषणा गरिएको हो ।
आइतबार नेपाल ओलम्पिक कमिटीले घोषणा गरेको टोलीमा दीपेन्द्रसिंह ऐरी (कप्तान), रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललितनरायण राजवंशी, गुल्सनकुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल छन् ।
सो टोलीले सेप्टेम्बर २५मा अफगानिस्तान र सेप्टेम्बर २६ मा जापानको सामना गर्नेछ ।
टोलीको मुख्य प्रशिक्षक स्टुअर्ट ल र प्रशिक्षक अब्दुल सतार छन् । यसैगरी, विनोद दास टिम लिडर रहँदा मेडिकल टोलीमा लोकेन्द्र कुँवर र टेक्निकल टोलीमा रमन शिवाकोटी छन् ।





