अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२÷८३ को मुनाफा तथा सञ्चितीबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीका अनुसार हाल कायम चुक्तापूँजी ४ अर्ब ४ करोड ४ लाख ३ हजार १५० रुपैयाँको ५ प्रतिशतले हुन आउने २० करोड २० लाख २० हजार १५७ रुपैयाँ ५० पैसा बराबरको बोनस सेयर वितरण गरिनेछ ।

त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्तापूँजीको ०.२६३ प्रतिशतले हुन आउने १ करोड ६ लाख ३२ हजार ३२० रुपैयाँ ८९ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ ।

यसअनुसार कम्पनीले सेयरधनीलाई कुल २१ करोड २६ लाख ५२ हजार ४७८ रुपैयाँ ३९ पैसा बराबरको लाभांश वितरण गर्नेछ । प्रस्तावित लाभांश कम्पनीको २९औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै वितरण हुनेछ । कम्पनीले साधारणसभा असोज २७ गते बोलाएको छ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार असोज १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनी लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन योग्य हुनेछन् ।

आज कोजाग्रत पूर्णिमा

काठमाडाैं, ८ कार्तिक । कोजाग्रत पूर्णिमा आश्विन शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइने हिन्दूहरूको एक अत्यन्तै महत्वपुर्ण पर्व हो।  धार्मिक मान्यता अनुसार, यस रात धनधान्यकी देवी माता

Read More »

नेपाल राष्ट्र बैंकको वेबसाइट र अनलाइन सेवा अस्थायी रूपमा बन्द

काठमाडौं, ६ कार्तिक  ।  वेब प्रविधि ‘पीएचपी’ मा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम (भल्नेरेबिलिटी) देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका डिजिटल सेवाहरू अस्थायी रूपमा बन्द

Read More »

कांग्रेस केन्द्रीय नेतृत्वमा फिर्दोस आलमको छलाङ, सहमहामन्त्रीमा निर्वाचित

कामाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट डा. फिर्दोस आलम केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित भएका छन्। मुस्लिम क्लस्टरतर्फबाट प्रतिस्पर्धामा उत्रिएका आलमले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ६०० भन्दा बढी

Read More »

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिँदै

काठमाडाैं, ३० असाेज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक मान्यता

Read More »

सूर्यविनायक–१ मा साढे चारतले वडाकाे प्रशासनिक भवनकाे मेयर थापाद्वारा शिलान्यास

भक्तपुर, २८ असोज । लामो समयदेखि जग्गाको अभावमा आफ्नै प्रशासनिक भवन निर्माण गर्न नसकेको सूर्यविनायक नगरपालिका–१ सिरुटारको समस्या समाधानतर्फ अघि बढेको छ। स्थानीय राउत परिवारले

Read More »

महानवरात्रकाे पाँचौं दिन, माता स्कन्दमाताको विधिपूर्वक पूजा गरिदैँ

काठमाडाैं, २९ असाेज । बडा दशैंको महानवरात्र अन्तर्गत पाँचौँ दिन नवदुर्गा भवानीको पाँचौँ स्वरूप माता स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ। भगवान् स्कन्द (कार्तिकेय) की माता भएकाले

Read More »