बास्केटबलमा नयाँ प्रतिभा पहिचान गर्ने लक्ष्य, असोज ५ देखि Under-16 प्रतियोगिता

काठमाडौं । नेपालमा बास्केटबल खेलको विकास, विस्तार तथा प्रवर्द्धनलाई थप संस्थागत बनाउँदै विद्यालय तथा युवा तहका प्रतिभालाई राष्ट्रिय खेलकुदको मूल प्रवाहमा जोड्ने उद्देश्यले राष्ट्रियस्तरको Under-16 अन्तरविद्यालय बास्केटबल प्रतियोगिता २०८३ आयोजना हुने भएको छ।

नेपाल बास्केटबल संघ, नेपाललय इन्टरनेशनल र PABSON को संयुक्त आयोजनामा प्रतियोगिता असोज ५ गतेदेखि असोज १३ गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हल, दशरथ रंगशाला, त्रिपुरेश्वरमा सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा देशभरबाट ४० वटा टोली सहभागी हुनेछन्। विद्यालय तथा युवा तहमा बास्केटबलप्रतिको बढ्दो आकर्षण र सहभागितालाई व्यवस्थित अवसरमा रूपान्तरण गर्दै प्रतिभावान खेलाडीको पहिचान, विकास र प्रोत्साहन गर्ने प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ।

प्रतियोगितालाई केवल प्रतिस्पर्धात्मक खेलकुद कार्यक्रमका रूपमा सीमित नराखी विद्यालय तहबाटै प्रतिभा पहिचान गरी राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने महत्वपूर्ण आधारका रूपमा अघि बढाउने लक्ष्य राखिएको छ। खेलाडीमा अनुशासन, नेतृत्व क्षमता, टिम भावना, स्वस्थ प्रतिस्पर्धा तथा खेलकुद संस्कारको विकास गर्ने उद्देश्यसमेत आयोजकले लिएको छ।

विशेषगरी Under-16 तहका प्रतिभावान खेलाडीको पहिचान तथा छनोट प्रतियोगिताको प्रमुख पक्षका रूपमा अघि सारिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तथा सम्भावना देखाएका खेलाडीलाई थप प्रशिक्षण, मूल्याङ्कन र विकासको प्रक्रियामा समेटिने आयोजकले जनाएको छ।

यसरी पहिचान तथा विकास गरिएका प्रतिभाबाट सक्षम Under-16 राष्ट्रिय टोली तयार गरी आगामी दक्षिण एसियाली खेलकुद (South Asian Games) मा नेपालको प्रतिनिधित्व गराउने दीर्घकालीन लक्ष्यसमेत राखिएको छ।

विद्यालयलाई खेलाडी उत्पादनको महत्वपूर्ण आधारका रूपमा विकास गर्दै शिक्षा र खेलकुदलाई समानान्तर रूपमा अघि बढाउने तथा विद्यालयस्तरमै गुणस्तरीय खेल वातावरण निर्माण गर्ने आयोजकको योजना छ। यसबाट विद्यालय, प्रशिक्षक, खेलाडी तथा खेलकुदसँग सम्बन्धित सरोकारवालाबीच सहकार्य र समन्वय थप मजबुत हुने अपेक्षा गरिएको छ।

नेपालको बास्केटबल खेलको विकास र विस्तारका लागि प्रतियोगिताले दीर्घकालीन आधार निर्माण गर्ने विश्वास व्यक्त गर्दै आयोजकले प्रतियोगिताको सफलताका लागि सबै पक्षबाट सकारात्मक सहयोगको अपेक्षा गरेको छ।

आज कोजाग्रत पूर्णिमा

काठमाडाैं, ८ कार्तिक । कोजाग्रत पूर्णिमा आश्विन शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइने हिन्दूहरूको एक अत्यन्तै महत्वपुर्ण पर्व हो।  धार्मिक मान्यता अनुसार, यस रात धनधान्यकी देवी माता

Read More »

नेपाल राष्ट्र बैंकको वेबसाइट र अनलाइन सेवा अस्थायी रूपमा बन्द

काठमाडौं, ६ कार्तिक  ।  वेब प्रविधि ‘पीएचपी’ मा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम (भल्नेरेबिलिटी) देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका डिजिटल सेवाहरू अस्थायी रूपमा बन्द

Read More »

कांग्रेस केन्द्रीय नेतृत्वमा फिर्दोस आलमको छलाङ, सहमहामन्त्रीमा निर्वाचित

कामाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट डा. फिर्दोस आलम केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित भएका छन्। मुस्लिम क्लस्टरतर्फबाट प्रतिस्पर्धामा उत्रिएका आलमले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ६०० भन्दा बढी

Read More »

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिँदै

काठमाडाैं, ३० असाेज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक मान्यता

Read More »

सूर्यविनायक–१ मा साढे चारतले वडाकाे प्रशासनिक भवनकाे मेयर थापाद्वारा शिलान्यास

भक्तपुर, २८ असोज । लामो समयदेखि जग्गाको अभावमा आफ्नै प्रशासनिक भवन निर्माण गर्न नसकेको सूर्यविनायक नगरपालिका–१ सिरुटारको समस्या समाधानतर्फ अघि बढेको छ। स्थानीय राउत परिवारले

Read More »

महानवरात्रकाे पाँचौं दिन, माता स्कन्दमाताको विधिपूर्वक पूजा गरिदैँ

काठमाडाैं, २९ असाेज । बडा दशैंको महानवरात्र अन्तर्गत पाँचौँ दिन नवदुर्गा भवानीको पाँचौँ स्वरूप माता स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ। भगवान् स्कन्द (कार्तिकेय) की माता भएकाले

Read More »