असोज १० गते छैटौँ राष्ट्रिय कराते च्याम्पियनसिप आयोजना हुँदै

काठमाडौं । नेपाल मुनिज शिरोइ शिशि–रियो कराते संघको आयोजनामा छैटौँ राष्ट्रिय कराते च्याम्पियनसिप–२०२६ आयोजना हुने भएको छ। प्रतियोगिता आगामी २०८३ असोज १० गते काठमाडौंस्थित आनन्दकुटी विद्यापीठ माध्यमिक विद्यालयमा सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा देशका विभिन्न स्थानबाट करिब ३० वटा टिमको सहभागिता रहने आयोजकको तयारी छ। प्रतियोगितामार्फत विद्यालय तथा युवा तहका खेलाडीको प्रतिभा पहिचान, कराते खेलको विकास तथा राष्ट्रियस्तरमा खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

नेपाल मुनिज शिरोइ शिशि–रियो कराते संघका प्रशिक्षक तथा महासचिव बिनोद श्रेष्ठले प्रतियोगिताले नेपाली कराते खेलको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। उनले भने, “कराते खेलमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ। यस प्रतियोगितामा करिब ३० वटा टिमको सहभागिता रहने अपेक्षा गरेका छौँ। विभिन्न उमेर समूहका खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्दै उनीहरूको क्षमता र प्रतिभालाई राष्ट्रियस्तरमा उजागर गर्ने हाम्रो उद्देश्य हो।”

उनका अनुसार प्रतियोगितामा सहभागी खेलाडीले आफ्नो सीप र क्षमतालाई प्रतिस्पर्धात्मक रूपमा प्रस्तुत गर्ने अवसर पाउनेछन्। नियमित प्रतियोगिताले खेलाडीको आत्मविश्वास बढाउनुका साथै आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी तयार गर्न सहयोग पुग्ने श्रेष्ठको भनाइ छ।

त्यस्तै, नेपाल मुनिज शिरोइ शिशि–रियो कराते संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष दाहालले प्रतियोगितालाई व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन आवश्यक तयारी भइरहेको बताए। उनले भने, “देशका विभिन्न ठाउँबाट आउने खेलाडी तथा टिमलाई उत्कृष्ट वातावरणमा प्रतिस्पर्धा गराउने गरी तयारी अघि बढाएका छौँ। खेलाडीको प्रतिभा पहिचान र करातेको संस्थागत विकासमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ।”

दाहालले प्रतियोगितालाई सफल बनाउन खेलाडी, प्रशिक्षक, निर्णायक तथा सम्बन्धित सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै प्रतियोगितालाई आगामी वर्षहरूमा अझ व्यापक बनाउँदै लैजाने लक्ष्य रहेको बताए।

आज कोजाग्रत पूर्णिमा

काठमाडाैं, ८ कार्तिक । कोजाग्रत पूर्णिमा आश्विन शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइने हिन्दूहरूको एक अत्यन्तै महत्वपुर्ण पर्व हो।  धार्मिक मान्यता अनुसार, यस रात धनधान्यकी देवी माता

Read More »

नेपाल राष्ट्र बैंकको वेबसाइट र अनलाइन सेवा अस्थायी रूपमा बन्द

काठमाडौं, ६ कार्तिक  ।  वेब प्रविधि ‘पीएचपी’ मा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम (भल्नेरेबिलिटी) देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका डिजिटल सेवाहरू अस्थायी रूपमा बन्द

Read More »

कांग्रेस केन्द्रीय नेतृत्वमा फिर्दोस आलमको छलाङ, सहमहामन्त्रीमा निर्वाचित

कामाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट डा. फिर्दोस आलम केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित भएका छन्। मुस्लिम क्लस्टरतर्फबाट प्रतिस्पर्धामा उत्रिएका आलमले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ६०० भन्दा बढी

Read More »

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिँदै

काठमाडाैं, ३० असाेज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक मान्यता

Read More »

सूर्यविनायक–१ मा साढे चारतले वडाकाे प्रशासनिक भवनकाे मेयर थापाद्वारा शिलान्यास

भक्तपुर, २८ असोज । लामो समयदेखि जग्गाको अभावमा आफ्नै प्रशासनिक भवन निर्माण गर्न नसकेको सूर्यविनायक नगरपालिका–१ सिरुटारको समस्या समाधानतर्फ अघि बढेको छ। स्थानीय राउत परिवारले

Read More »

महानवरात्रकाे पाँचौं दिन, माता स्कन्दमाताको विधिपूर्वक पूजा गरिदैँ

काठमाडाैं, २९ असाेज । बडा दशैंको महानवरात्र अन्तर्गत पाँचौँ दिन नवदुर्गा भवानीको पाँचौँ स्वरूप माता स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ। भगवान् स्कन्द (कार्तिकेय) की माता भएकाले

Read More »