छैटौँ राष्ट्रिय कराते च्याम्पियनसिप–२०२६ सम्पन्न, ३५० खेलाडी सहभागी

काठमाडौं । नेपाल मुनिज शिरोइ शिशि–रियो कराते संघको आयोजनामा भएको छैटौँ राष्ट्रिय कराते च्याम्पियनसिप–२०२६ काठमाडौंको खुसीबुस्थित जुडो हलमा शनिबार सम्पन्न भएको छ।

काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा देशका विभिन्न स्थानबाट आएका करिब ३५० जना खेलाडीले विभिन्न उमेर तथा तौल समूहमा प्रतिस्पर्धा गरेका थिए।

असोज १० गते बिहान ७ बजेदेखि सञ्चालन भएको प्रतियोगितामा पुरुषतर्फ २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५ र ६० केजीसम्मका विभिन्न तौल समूहमा प्रतिस्पर्धा गराइएको थियो। महिलातर्फ पनि विभिन्न तौल समूहमा खेलाडीहरूले सहभागिता जनाएका थिए।कार्यक्रममा काठमाडौं महानगरपालिका–१५ का कार्यपालिका सदस्य तथा वडा सदस्य मैयाँ लक्ष्मी महर्जन, बिजु श्रेष्ठ, पूर्व वडा सदस्य निर्मा घ्याम्छो तामाङ, आनन्द राम गौतम र काठमाडौं महानगरपालिका–१५ का कार्यपालिका सदस्य तथा वडा सदस्य रुपेश महर्जन लगायतको उपस्थिति रहेको थियो।

त्यस्तै, अन्तर्राष्ट्रिय रेफ्री तथा छैटौँ राष्ट्रिय कराते प्रतियोगिताका रेफ्री संयोजक राजेन्द्रकुमार ओझा, नेपाल बोडोरियो डो रेन्मेई संघकी सदस्य उमा खड्का , अन्तर्राष्ट्रिय रेफ्री रामकृष्ण तामाङ, छैटौँ राष्ट्रिय कराते प्रतियोगिताका रेफ्री सह–संयोजक राजकुमार श्रेष्ठ, काठमाडौं शाखा डोजो अध्यक्ष सुनील श्रेष्ठ, तनहुँ  शाखा डोजो अध्यक्ष सूर्यकुमारी ओझा लगायत कराते क्षेत्रका प्रशिक्षक, रेफ्री तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा सम्मान गरिएको छ। बेस्ट प्लेयर (Girls) प्रार्थना बज्राचार्य, बेस्ट प्लेयर (Boys) सुलभ चौधरी, राइजिङ प्लेयर (Boys) ओजस  अधिकारी र राइजिङ प्लेयर (Girls) सिम्रन सिह घोषित भएका छन्। त्यस्तै, डिसिप्लिन टिमको सम्मान मुनिज शिरोइ शिशि–रियो कराते संघले प्राप्त गरेको छ।

प्रतियोगिताले राष्ट्रियस्तरमा कराते खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न योगदान पुर्‍याएको आयोजकले जनाएको छ। प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीलाई पदक, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो।

आज कोजाग्रत पूर्णिमा

काठमाडाैं, ८ कार्तिक । कोजाग्रत पूर्णिमा आश्विन शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइने हिन्दूहरूको एक अत्यन्तै महत्वपुर्ण पर्व हो।  धार्मिक मान्यता अनुसार, यस रात धनधान्यकी देवी माता

Read More »

नेपाल राष्ट्र बैंकको वेबसाइट र अनलाइन सेवा अस्थायी रूपमा बन्द

काठमाडौं, ६ कार्तिक  ।  वेब प्रविधि ‘पीएचपी’ मा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम (भल्नेरेबिलिटी) देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका डिजिटल सेवाहरू अस्थायी रूपमा बन्द

Read More »

कांग्रेस केन्द्रीय नेतृत्वमा फिर्दोस आलमको छलाङ, सहमहामन्त्रीमा निर्वाचित

कामाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट डा. फिर्दोस आलम केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित भएका छन्। मुस्लिम क्लस्टरतर्फबाट प्रतिस्पर्धामा उत्रिएका आलमले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ६०० भन्दा बढी

Read More »

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिँदै

काठमाडाैं, ३० असाेज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक मान्यता

Read More »

सूर्यविनायक–१ मा साढे चारतले वडाकाे प्रशासनिक भवनकाे मेयर थापाद्वारा शिलान्यास

भक्तपुर, २८ असोज । लामो समयदेखि जग्गाको अभावमा आफ्नै प्रशासनिक भवन निर्माण गर्न नसकेको सूर्यविनायक नगरपालिका–१ सिरुटारको समस्या समाधानतर्फ अघि बढेको छ। स्थानीय राउत परिवारले

Read More »

महानवरात्रकाे पाँचौं दिन, माता स्कन्दमाताको विधिपूर्वक पूजा गरिदैँ

काठमाडाैं, २९ असाेज । बडा दशैंको महानवरात्र अन्तर्गत पाँचौँ दिन नवदुर्गा भवानीको पाँचौँ स्वरूप माता स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ। भगवान् स्कन्द (कार्तिकेय) की माता भएकाले

Read More »