ग्रामीण अस्पतालमा आधुनिक प्रविधिको शल्यक्रिया

महोत्तरी : भारतीय सीमा नजिकको ग्रामीण बस्तीमा सञ्चालित यहाँको एक अस्पतालले पित्तथैलीको पत्थरी दूरबिन प्रविधिबाट शल्यक्रिया थालेको छ । रामगोपालपुर–९ स्थित जानकी एकेडेमी अस्पतालले यो आधुनिक प्रविधिबाट पित्तथैलीको पत्थरी निकाल्ने शल्यक्रिया थालेको हो । जिल्लाको सुदूर दक्षिणपश्चिमी ग्रामीण भेगमा सञ्चालित अस्पतालले यो आधुनिक प्रविधिको शल्यक्रिया सफलतापूर्वक गरेपछि अब यस प्रकृतिका बिरामीले आफ्नै गाउँघरमा सेवा पाउने छन् ।

गत मङ्गलबार अस्पतालका शल्य चिकित्सकद्वय डा अश्विनीकुमार यादव र डा मनिषकुमार ठाकुरले यो प्रविधिबाट एक बिरामीको शल्यक्रिया गर्नुभएको हो । यो सफलतासँगै अस्पतालले अब पित्तथैलीको पत्थरी निकाल्ने शल्यक्रिया यही गरिने घोषणा गरेको छ । “अस्पतालमा दक्ष चिकित्सक र आधुनिक प्रविधि दुवै उपलब्ध छन्, अब यस प्रकृतिका बिरामीले उपचारका लागि टाढा जान पर्दैन,” अस्पताल सञ्चालकमध्येका एक डा सुरेन्द्रकुमार यादवले भन्नुभयो । अब पत्थरीको उपचारका लागि जनकपुर, विराटनगर, धरान र काठमाडौँ तथा भारतका दरभङ्गा र पटना पुग्नुपर्ने बाध्यता हटेको छ ।

जिल्लाको गौशाला, सोनमा, औरही र सम्सीसहितका स्थानीय तह अस्पताल वरिपरि छन् । नेपाल–भारत सीमा अस्पतालबाट चार किलोमिटरको दूरीमा छ । यहाँ उपचार सोव लिन गौशाला, सोनमा, औरही, सम्सी र रामगोपालपुरसहितका स्थानीय तहका करिब ४० बस्ती र भारतको सीतामढीका दर्जनाँै बस्तीका बिरामी यहाँ आउने गरेका छन् । दूरबिन प्रविधिबाट पित्तथैलीको शल्यक्रिया गरिँदा बिरामीलाई घाउमा सङ्क्रमण नहुने चिकित्सकहरू बताउँछन् । यो प्रविधिबाट शल्यक्रिया गरिएकाहरू छ घण्टामै हिँड्डुल गर्नसक्ने र सामान्य दिनचर्यामा फर्कने डा अश्विनीकुमार यादवले बताउनुभयो ।

कागेश्वरी मनोहरा नगर अस्पतालमा सेवा विस्तारको तयारी, १०० शय्याको अस्पताल बनाउने लक्ष्य

काठमाडौं । स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित कागेश्वरी मनोहरा नगर अस्पताललाई १०० शय्याको अस्पतालमा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढाइएको छ। अस्पतालको सेवा विस्तार,

Read More »

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

काठमाडौं, ११ कार्तिक । चीनमा दुई ठूला ब्रान्डहरूले फ्रान्सेली फुटबल सुपरस्टार किलियन एमबाप्पेसँगको सहकार्य तोडेका छन्। अनलाइनमा एउटा भिडियो भाइरल भएपछि यो कदम चालिएको हो, जसमा

Read More »

थ्रिलर म्याचमा चितवनसँग पराजित भयो विराटनगर किंग्स

काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को दोस्रो खेलमा चितवन राइनोजले सनसनीपूर्ण जित निकालेको छ । टस हारेर पहिले ब्याटिङ गरेको

Read More »

साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह

काठमाडौं, १० कात्तिक । रियादस्थित नेपाली दूतावासले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । दूतावासले मंगलबार सूचना जारी गर्दै

Read More »

एनपीएलमा आज दुई खेेल हुँदै

काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुईवटा खेल हुँदै छन्। आजको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो

Read More »

एनपिएलका सबै खेल हेर्न डिसहोमका ग्राहकले अतिरिक्त शुल्क तिर्न नपर्ने

काठमाडौं, ९ कात्तिक । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सोमबारदेखि सुरु हुँदैछ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले कीर्तिपुर क्रिकेट मैदानमा एनपिएलको औपचारिक उद्घाटन

Read More »