तीन दिनसम्म भारी वर्षा र हिमपातको सम्भावना: धानबाली नभित्र्याउन अनुरोध

काठमाडौं, १२ कात्तिक । देशमा पश्चिमी वायुको आंशिक प्रभाव र बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को प्रभावका कारण आगामी तीन दिनसम्म देशका अधिकांश भू-भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आगामी कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार) सम्म मौसम प्रतिकूल रहने चेतावनी दिएको छ।

कस्तो रहनेछ मौसम?

महाशाखाका अनुसार यस अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

त्यस्तै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा वा हिमपात हुनसक्ने अनुमान गरिएको छ। यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा समेत भारी वर्षा र हिमपातको जोखिम रहेको छ।

कृषि कार्य र जनजीवनमा प्रभाव

अचानक हुन सक्ने वर्षा र हिमपातले पाकेको धानबालीमा ठूलो क्षति पुर्‍याउन सक्ने भएकाले धानबाली भित्र्याउने लगायतका सम्पूर्ण कृषि कार्यहरू बिहीबार अगावै सम्पन्न गरिसक्न महाशाखाले कृषकहरूलाई विशेष अनुरोध गरेको छ।

साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिउँआँधी (ब्लिजार्ड) तथा हिमपहिरोको उच्च जोखिम रहेको छ। यसलाई मध्यनजर गर्दै पर्यटकहरूलाई उच्च हिमाली भू-भागमा नजान र यदि गईहालेको भए पनि सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

सरोकारवाला निकाय र सर्वसाधारणलाई सतर्कताको अपिल

मौसममा हुने फेरबदलका कारण चिसो अत्यधिक बढ्न सक्ने, सडक तथा पहाडी भू-भागका छेउछाउमा पहिरो जान सक्ने तथा यसले हवाई र सडक यातायातसშ दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिएको छ। तसर्थ, सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सम्पूर्ण सरोकारवाला निकायहरूमा महाशाखाले जोडदार अनुरोध गरेको छ।

जनकपुरले काठमाडौंलाई आठ विकेटले हरायो

काठमाडौं, १२ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनअन्तर्गत जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ ।  त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको पहिलो खेलमा जनकपुरले

Read More »

बिचौलिया इनम सापकोटाबारे समाचार आएपछि नेपाल प्रहरी चिन्तित, निकाल्यो विज्ञप्ति

काठमाडौं, १२ कात्तिक । बिचौलिया इनम सापकोटाका विषयमा सञ्चारमाध्यममा आएका गम्भीर समाचारलाई लिएर नेपाल प्रहरी चिन्तित भएको छ । अदालतमा मुद्दा विचाराधीन रहेको र सूक्ष्म

Read More »

तीन दिनसम्म भारी वर्षा र हिमपातको सम्भावना: धानबाली नभित्र्याउन अनुरोध

काठमाडौं, १२ कात्तिक । देशमा पश्चिमी वायुको आंशिक प्रभाव र बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को प्रभावका कारण आगामी तीन दिनसम्म देशका अधिकांश भू-भागमा वर्षा र

Read More »

कागेश्वरी मनोहरा नगर अस्पतालमा सेवा विस्तारको तयारी, १०० शय्याको अस्पताल बनाउने लक्ष्य

काठमाडौं । स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित कागेश्वरी मनोहरा नगर अस्पताललाई १०० शय्याको अस्पतालमा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढाइएको छ। अस्पतालको सेवा विस्तार,

Read More »

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

काठमाडौं, ११ कार्तिक । चीनमा दुई ठूला ब्रान्डहरूले फ्रान्सेली फुटबल सुपरस्टार किलियन एमबाप्पेसँगको सहकार्य तोडेका छन्। अनलाइनमा एउटा भिडियो भाइरल भएपछि यो कदम चालिएको हो, जसमा

Read More »

थ्रिलर म्याचमा चितवनसँग पराजित भयो विराटनगर किंग्स

काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को दोस्रो खेलमा चितवन राइनोजले सनसनीपूर्ण जित निकालेको छ । टस हारेर पहिले ब्याटिङ गरेको

Read More »