अघिल्लो कार्यकालको बाँकी काम गरिरहेको छु : वडाध्यक्ष सानुकाजी कायस्थ

भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सानुकाजी कायस्थले अघिल्लो कार्यकालको भौतिक पूर्वाधारका संरचना निर्माणसहितका बाँकी काम सम्पन्न गर्नेगरी कार्य भइरहेको बताए ।
अघिल्लो कार्यकालको पाँच वर्षमा भौतिक पूर्वाधार, खानेपानी, स्वास्थ्य, शिक्षासहितका काम गरेको भन्दै उनले १३ वटा कल्भर्ट, २ वटा पुल बनाइसकेको र अहिले ३ वटा पुल निर्माण भइरहेको बताए । साथै सिंमति खोलमा यु आकारको पुल बनिरहेको उनको भनाइ छ ।
अघिल्लो कार्यकालमै अधिकांश स्थानमा सडक निर्माण भएको जानकारी दिएका वडाअध्यक्ष कायस्थले केही बाँकी रहेका बाटो पनि निर्माण तथा मर्मत गर्ने कार्य भइरहेको बताए । कौशलटार–बालकोट–बिरुवा सडकखण्डमा पुलसहित ढल व्यवस्थापन तथा सडकपेटी बनाइएको जानकारी दिएका उनले चारदोबाटोदेखि बिरुवा बसपार्कसम्म ढल व्यवस्थापन र फुटपाथसहितको बाटो बनाउने कार्य भइरहेको बताए । ठिमी–गाम्चासहित विभिन्न स्थानमा सडक निर्माण गरिएको उनको भनाइ छ ।
सडक निर्माण गर्नुपर्ने काम अब धेरै नरहेको बताएका उनले दोस्रो कार्यकालमा अहिले खानेपानी समस्या समाधानलाई ध्यान दिएको बताए । बिरुवा र सिरुटारमा बोरिङ निर्माण गरेर खानेपानीको व्यवस्था गरिएको उनको भनाइ छ ।
स्वास्थ्य क्षेत्रमा पनि काम भइरहेको उनले ल्याबसहितको सुविधा दिइएको बताए । ज्येष्ठ नागरिक सेवामार्फत हेल्थपोष्टमार्फत प्रत्येक तीन तीन महिनामा क्याम्प गरेर सुविधा पनि दिएको उनको भनाइ छ ।
चुनावमा गरिएको प्रतिबद्धताभन्दा बढी काम गरेको उनको दाबी छ । भौतिक पूर्वाधारमध्ये सडक निर्माण नै महत्वपूर्ण मानेर निर्माण कार्य सकिएको जानकारी दिएका उनले शिक्षामा पनि काम गरेको बताए ।
शिक्षामा लिइएको नीतिको सकारात्मक प्रभाव परेको जानकारी दिएका वडाध्यक्ष कायस्थले सरकारी विद्यालयमा विद्यार्थीको संख्या बढेको बताए ।

भारतबाट विराटनगरसम्म कार्गो रेल सेवाको औपचारिक रुपमा शुभारम्भ

विराटनगर । उद्घाटन भएको करिब ३ वर्षपछि भारतबाट बिराटनगरस्थित एकीकृत जाँच चौकीसम्म कार्गो रेलको सेवाको औपचारिक रुपमा शुभारम्भ गरिएको छ । भारतको कोलकाताबाट कच्चा पदार्थ

Read More »

तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते

तनहुँ । तनहुँको व्यास नगरपालिका–७ कलेस्ती पुल नजिक बस दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् भने अन्य १४ यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी

Read More »

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलाली । कैलालीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-३ कटानपुर बस्ने २१ वर्षीय राहुल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। राहुलले ती बालिकालाई

Read More »

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ : शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा

Read More »

बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले शिक्षामा ३ प्रतिशत कर हटाएलगत्तै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाएका छन् । शिक्षा मन्त्रालयमा मंगलबार

Read More »

पार्किङ गरिएको कारमा आगलागी हुँदा जलेर मृत्यु भएका पुरूषको शव पोष्टमार्टमका लागि पठाइयो

काठमाडौं । कीर्तिपुरस्थिट ट्याङलाफाँटमा पार्किङ गरेर राखिएको कारमा आगलागी हुँदा जलेर मृत्यु भएका कारभित्रका पुरूषको शव पोष्टमार्टमका लागि पठाइएको छ । प्रहरीले शव निकालेर पोष्टमार्टमका

Read More »