वीरगञ्जको गहवामाईमा दशनार्थीको घुइँचो

वीरगञ्ज (पर्सा) : नवरात्रको पहिलो दिन घटस्थापना वीरगञ्जको प्रख्यात मन्दिर गहवामाई भगवतीको मन्दिरसहितका धार्मिकस्थलमा परम्परा अनुसार मनाइएको छ । नवरात्रको पहिलो दिन आज वीरगञ्जको गहवामाई भगवतीको मन्दिरमा बिहानदेखि नै दर्शन गर्ने श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । मन्दिरका मूल पुरोहित राधेश्यामप्रसाद उपाध्यायले गहवामाई भगवतीको दर्शन गर्नाले परिवारमा सुख र समृद्धि प्राप्त गर्ने भएकाले पनि भक्तजन दर्शन गर्न आउने बताउनुहुन्छ । ‘‘गहवामाई भगवतीको मन्दिरमा आज बिहानैदेखि श्रद्धालु भक्तजनको पूजापाठ गर्दै आइरहनुभएको छ,’’ उहाँले भन्नुभयो, ‘‘घटस्थापनाको मुख्य पूजा भने बिहान ९ बजेर १६ मिनेटमा गरियो ।’’

मन्दिर व्यवस्थापनको काम गर्दै आएको माईस्थान सञ्चालन समितिका निवर्तमान अध्यक्ष दिनानाथ गुप्ताले वीरगञ्जको गहवामाई मन्दिरमा नवरात्रको अवसरमा लाखौँ भक्तजनले दर्शन गर्ने बताउनुभयो । ‘‘गहवामाई मन्दिर वीरगञ्ज क्षेत्रको मात्रै आस्थाको धरोहर नभइ छिमेकीमूलुक भारतको विहारलगायतका राज्यका दशनार्थीको आस्थाको केन्द्रविन्दुको रुपमा परिचित छ,’’ उहाँले भन्नुभयो,‘‘विशेष गरेर यो मन्दिरमा भाकल तथा पूजापाठ गरेर मनोकांक्षा पूरा हुने जनविश्वास छ । जसको कारणले भक्तजनको घुइँचो लाग्नेगर्छ ।’’ गहवामाई भगवतीको मन्दिरमा अष्टमीको दिन बलि पनि चढाउने गरिन्छ । यहाँ करिब ६ हजारको सङ्ख्यामा बलि चढ्ने अनुमान गरिएको छ । माइस्थान सञ्चालन समितिका निवर्तमान अध्यक्ष गुप्ताले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जारी गरेको शुभसाइत अनुसार नै घटस्थापनाको पूजापाठ गरिएको जानकारी दिनुभयो ।

‘‘नवरात्रको अवसरमा त गहवामाई मन्दिरमा आउने दर्शनार्थीको घुइँचो नै लाग्ने गर्छ,’’ उहाँले भन्नुभयो ,‘‘नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय स्वयसेवक खटाएर सहज ढङ्गले दर्शन गर्ने व्यवस्था मिलाएका छाँंै ।’’नवरात्रको अवसरमा वीरगञ्जको चोक– तथा गल्लीहरुमा पनि दुर्गा भगवतीको मूर्ति तथा स्वरुप राखेर पूजापाठ गर्ने गरिन्छ । घण्टाघरचोक, रानीघाट, छपकैया, नगवा लगायतका स्थानको खुल्ला स्थानमा नवदुर्गाका मूर्ति तथा प्रतिमा राखेर पूर्जाअर्चना गर्ने गरिन्छ । घण्टाघर नवदुर्गा पूजा सेवा समितिका पूरोहित दिनबन्धु शुक्लाले टोल–टोलमा नवदुर्गाको मूर्ति राखेर पूजापाठ गर्दै आइरहेको बताउनुभयो । ‘‘नवरात्रको अवसरमा बिहीबार नवदुर्गाको कलशयात्रा पनि गर्न लागेका छौँ,’’ उहाँले भन्नुभयो । घण्टाघरबाट घडासहितको कलशयात्रा सुरु भएर घडीअर्वा पोखरी परिक्रममा गरेर घण्टाघरचोक नजिकै रहेको दुर्गा माताको मूर्ति राखेको ठाउँमा आएर पूजाअर्चना गरिनेछ । वीरगञ्जको घण्टाघरचोकदेखि माईस्थानचोकसम्म सडकमा नै जलेवी बनाएर बिक्री वितरण गरिरहेका दृश्य पनि देखिन्छन् । त्यति मात्रै होइन, यी सडक खण्डमा नवदुर्गाका पूजा सामग्री र प्रसाद बिक्री गर्नेको पनि भीड लागेको छ ।

जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र नै हो: प्रचण्ड

दैलेख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँगको सम्बन्ध सुदृढ गर्न मध्यपहाडी लोकमार्ग केन्द्रित  जनअभियान सञ्चालन गरिएको बताएका छन् ।  उनले स्थानीयतालाई संरक्षण

Read More »

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मत रुपमा पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले शहीद दशरथ

Read More »

जनकपुरधाम भन्सारबाट रु ३४ करोड २८ लाख राजस्व सङ्कलन

जनकपुरधाम : जनकपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्म रु ३४ करोड २८ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आवमा

Read More »

प्रधानमन्त्रीद्वारा टेबल टेनिस खेलाडीलाई बधाई

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई बधाई ज्ञापन गर्नुुुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित

Read More »

वीरगञ्ज क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छः मन्त्री यादव

परवानीपुर (पर्सा) : खानेपानीमन्त्री प्रदीप यादले वीरगञ्ज महानगरपालिका–१८ सुखचैना र वडा न २१ परवानीपुर क्षेत्रमा अब जल निकासी प्रणालीमा सुधार हुने बताउनुभएको छ । आज

Read More »

हुरीका कारण २० प्रतिशत केराखेतीमा क्षति

चितवन : गत साता आएको हुरीसहितको वर्षाले यहाँको केराखेतीमा २० प्रतिशत क्षति भएको छ । जिल्लाका पूर्वी र पश्चिम क्षेत्रमा लगाइएको केरामा क्षति भएको केरा

Read More »