वीरगञ्जको गहवामाईमा दशनार्थीको घुइँचो

वीरगञ्ज (पर्सा) : नवरात्रको पहिलो दिन घटस्थापना वीरगञ्जको प्रख्यात मन्दिर गहवामाई भगवतीको मन्दिरसहितका धार्मिकस्थलमा परम्परा अनुसार मनाइएको छ । नवरात्रको पहिलो दिन आज वीरगञ्जको गहवामाई भगवतीको मन्दिरमा बिहानदेखि नै दर्शन गर्ने श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । मन्दिरका मूल पुरोहित राधेश्यामप्रसाद उपाध्यायले गहवामाई भगवतीको दर्शन गर्नाले परिवारमा सुख र समृद्धि प्राप्त गर्ने भएकाले पनि भक्तजन दर्शन गर्न आउने बताउनुहुन्छ । ‘‘गहवामाई भगवतीको मन्दिरमा आज बिहानैदेखि श्रद्धालु भक्तजनको पूजापाठ गर्दै आइरहनुभएको छ,’’ उहाँले भन्नुभयो, ‘‘घटस्थापनाको मुख्य पूजा भने बिहान ९ बजेर १६ मिनेटमा गरियो ।’’

मन्दिर व्यवस्थापनको काम गर्दै आएको माईस्थान सञ्चालन समितिका निवर्तमान अध्यक्ष दिनानाथ गुप्ताले वीरगञ्जको गहवामाई मन्दिरमा नवरात्रको अवसरमा लाखौँ भक्तजनले दर्शन गर्ने बताउनुभयो । ‘‘गहवामाई मन्दिर वीरगञ्ज क्षेत्रको मात्रै आस्थाको धरोहर नभइ छिमेकीमूलुक भारतको विहारलगायतका राज्यका दशनार्थीको आस्थाको केन्द्रविन्दुको रुपमा परिचित छ,’’ उहाँले भन्नुभयो,‘‘विशेष गरेर यो मन्दिरमा भाकल तथा पूजापाठ गरेर मनोकांक्षा पूरा हुने जनविश्वास छ । जसको कारणले भक्तजनको घुइँचो लाग्नेगर्छ ।’’ गहवामाई भगवतीको मन्दिरमा अष्टमीको दिन बलि पनि चढाउने गरिन्छ । यहाँ करिब ६ हजारको सङ्ख्यामा बलि चढ्ने अनुमान गरिएको छ । माइस्थान सञ्चालन समितिका निवर्तमान अध्यक्ष गुप्ताले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जारी गरेको शुभसाइत अनुसार नै घटस्थापनाको पूजापाठ गरिएको जानकारी दिनुभयो ।

‘‘नवरात्रको अवसरमा त गहवामाई मन्दिरमा आउने दर्शनार्थीको घुइँचो नै लाग्ने गर्छ,’’ उहाँले भन्नुभयो ,‘‘नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय स्वयसेवक खटाएर सहज ढङ्गले दर्शन गर्ने व्यवस्था मिलाएका छाँंै ।’’नवरात्रको अवसरमा वीरगञ्जको चोक– तथा गल्लीहरुमा पनि दुर्गा भगवतीको मूर्ति तथा स्वरुप राखेर पूजापाठ गर्ने गरिन्छ । घण्टाघरचोक, रानीघाट, छपकैया, नगवा लगायतका स्थानको खुल्ला स्थानमा नवदुर्गाका मूर्ति तथा प्रतिमा राखेर पूर्जाअर्चना गर्ने गरिन्छ । घण्टाघर नवदुर्गा पूजा सेवा समितिका पूरोहित दिनबन्धु शुक्लाले टोल–टोलमा नवदुर्गाको मूर्ति राखेर पूजापाठ गर्दै आइरहेको बताउनुभयो । ‘‘नवरात्रको अवसरमा बिहीबार नवदुर्गाको कलशयात्रा पनि गर्न लागेका छौँ,’’ उहाँले भन्नुभयो । घण्टाघरबाट घडासहितको कलशयात्रा सुरु भएर घडीअर्वा पोखरी परिक्रममा गरेर घण्टाघरचोक नजिकै रहेको दुर्गा माताको मूर्ति राखेको ठाउँमा आएर पूजाअर्चना गरिनेछ । वीरगञ्जको घण्टाघरचोकदेखि माईस्थानचोकसम्म सडकमा नै जलेवी बनाएर बिक्री वितरण गरिरहेका दृश्य पनि देखिन्छन् । त्यति मात्रै होइन, यी सडक खण्डमा नवदुर्गाका पूजा सामग्री र प्रसाद बिक्री गर्नेको पनि भीड लागेको छ ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »