४.८५ अङ्कले बढ्यो बजार, पौने चार अर्बको कारोबार

काठमाडौँ । बुधबार सेयर बजार सामान्य अङ्कले बढेको छ । दसैँ अघिको अन्तिम कारोबार दिन आज बजार परिसूचक ४.८५ अङ्कले बढेर २ हजार ६ सय ६८ दशमलव १७ को विन्दुमा पुगेको हो । आज बजारमा ३ अर्ब ७६ करोड रुपैयाँ बराबरको ८३ लाख १२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । आज बजारमा कारोबार भएकामध्ये १ सय ३० कम्पनीको सेयरमूल्य बढेको छ । १०२ कम्पनीको सेयरमूल्य घट्दा ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

बजारमा आज १३ वटा उपसूचकमध्ये विकास बैंक, इन्भेस्टमेन्ट, लाइफ इन्स्योरेन्स र ट्रेडिङ उपसूचकमा गिरावट आएको छ भने बाँकी ९ वटा उपसमूहमा सुधार देखिएको छ । उत्पादन र प्रशोधनमूलक उपसूचकमा सर्वाधिक १.०५ प्रतिशतको वृद्धि देखिएको छ । घटबढ भएका सबै सूचकहरूमा एक प्रतिशत भन्दा कमको उतारचढाव छ ।

बजारमा आज पनि मध्य सोलु हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । मंगलबार पनि यसमा सकारात्मक सर्किट लागेको थियो । अपर स्याङ्जे र राप्ती हाइड्रोपावरको मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेका छन् । थ्रिस्टार हाइड्रोको सेयरमा भने नकारात्मक सर्किट लागेको छ ।

बजारमा आज नेपाल फाइनान्स लिमिटेडको सर्वाधिक शेयर कारोबार भयो । कारोबार सङ्ख्या र कारोबार भएको शेयर सङ्ख्याका आधारमा सानिमा बैंक अगाडि  रह्यो । अब सेयर बजार मंगलबार मात्रै खुल्नेछ । दसैँका लागि दिइएको सार्वजनिक बिदाका कारण शेयर बजार पाँच दिन बन्द हुने भएको हो ।

मिडियाको गेटअघि गाडी तेर्स्याउनेलाई कारबाही हुन्छ : रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले मिडियाको गेटअघि गाडी तेर्स्याएको घटनामा जो कोही भएपनि कारबाही हुने बताएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै

Read More »

सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई

काठमाडौँ ।  नेपाली कांग्रेसका सचेतक निस्कल राईले वर्तमान सरकारले नागरिकका आवाज दबाउन खोजेको आरोप लगाएका छन् । संसद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारको पछिल्लो

Read More »

अन्नपूर्ण चिनी मिलका सञ्चालक पक्राउ

सर्लाही। सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी मिलका सञ्चालक शैलेन्द्र गुप्ता पक्राउ परेका छन् । प्रहरीले आज गुप्ता र उनका सहयोगी विनोद साह कलवारलाई पक्राउ गरेको हो

Read More »

पाँच दिनपछि बढ्यो सेयर बजार

काठमाडौँ । पाँच दिनपछि सेयर बजार बढेको छ। मङ्गलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.११ अङ्कले बढेर २५७६.२९ बिन्दुमा पुगेको हो । आज कुल १६४

Read More »

ऐनबहादुर महरलाई गोली हान्ने धम्की

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरलाई गाली हान्ने धक्की आएको छ। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक महरले आफूलाई फेसबुकको कमेन्टमा गोली

Read More »

प्रधानमन्त्री बालेन संसद्‌मा उपस्थित

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह आज संसद बैठकमा सहभागी भएका छन् । उनी डेढ महिनापछि संसद्मा उपस्थित भएका हुन् ।र उनी दिउँसो पौने २ बजे

Read More »