एचआइभी सङ्क्रमितमा यौनरोग र क्षयरोगको समस्या

चितवन : जिल्लामा रहेका एचआइभी सङ्मितमा यौनरोग (भिरिङ्गी) र क्षयरोगको समस्या देखिने गरेको छ । यस वर्ष गरिएको एचआइभी सङ्क्रमित भएकाहरुको परीक्षणका क्रममा भिरिङ्गी र क्षयरोग देखिएको हो । एड्स हेल्थ फाउन्डेसन बागमती प्रदेशका संयोजक कृष्णहरि सापकोटाका अनुसार यस वर्षको जनवरीयता पाँच सय ४४ जना सङ्क्रमितको परीक्षणका क्रममा ४५ जनामा भिरिङ्गी रोगको सङ्क्रमण देखिएको हो । उहाँले भन्नुभयो, “अहिलेको समस्या भनेको एचआइभी सङ्क्रमितमा भिरिङ्गी र क्षयरोगको समस्या बढ्दो क्रममा छ ।” असुरक्षित यौन सम्पर्कका कारण सङ्क्रमितहरुमा भिरिङ्गी रोगको सङ्क्रमणसमेत देखिएको हो । सङ्क्रमित सबैले रोग नियन्त्रणका लागि औषधि सेवन गरिरहेका छन् । सापकोटाका अनुसार परीक्षण गरिएकामध्ये १५ जनामा एचआइभी एड्ससँगै क्षयरोगसमेत देखिएको थियो ।

उनीहरुलाई अहिले नियमित औषधि सेवन गराइएको उहाँले जानकारी दिनुभयो । क्षयरोग देखिनुमा मुख्य समस्या सङ्क्रमितहरुले मादक पदार्थ र धुम्रपानको सेवन अत्यधिक गर्नु रहेको छ । क्षयरोग पुष्टि भएका बाहेक अन्यलाई समेत औषधिको प्रयोग गरिँदै आइएको उहाँले बताउनुभयो । फाउन्डेसनको सहयोगमा भरतपुर अस्पतालमा सञ्चालित एन्टी रेट्र्रो भाइरल थेरापी क्लिनिकका संयोजकसमेत रहनुभएका सापकोटाका अनुसार जिल्लामा हाल एक हजार दुई सय १३ सङ्क्रमितले एन्टी रेट्रो भाइरल औषधि सेवन गर्दै आएका छन् ।

उनीहरुमध्ये पाँच सय ९२ पुरुष, पाँच सय ६८ महिला, ३३ बालबालिका र २० जना तेस्रोलिङ्गी रहेका छन् । सन् २०२४ मा जिल्लाका विभिन्न स्थानमा गरिएको एचआइभी परीक्षणमा ७५ जना नयाँ सङ्क्रमित भेटिएको सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “सन् २०२४ यता तीन सय ९६ जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो ।” यस वर्ष जिल्लामा नयाँ भेटिएका र बाहिरबाट स्थानान्तरण भएर आएका गरी एक सय ५१ नयाँ सङ्क्रमितले औषधि सुरु गरेका छन् । यहाँ नियमित औषधि सेवन गर्नेमध्ये ३० जना स्थानान्तरण भएर गएको उहाँले बताउनुभयो । बाह्र जना सङ्क्रमितले नियमित औषधि सेवन गर्न छाडेको सापकोटाले जानकारी दिनुभयो ।

कागेश्वरी मनोहरा नगर अस्पतालमा सेवा विस्तारको तयारी, १०० शय्याको अस्पताल बनाउने लक्ष्य

काठमाडौं । स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित कागेश्वरी मनोहरा नगर अस्पताललाई १०० शय्याको अस्पतालमा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढाइएको छ। अस्पतालको सेवा विस्तार,

Read More »

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

काठमाडौं, ११ कार्तिक । चीनमा दुई ठूला ब्रान्डहरूले फ्रान्सेली फुटबल सुपरस्टार किलियन एमबाप्पेसँगको सहकार्य तोडेका छन्। अनलाइनमा एउटा भिडियो भाइरल भएपछि यो कदम चालिएको हो, जसमा

Read More »

थ्रिलर म्याचमा चितवनसँग पराजित भयो विराटनगर किंग्स

काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को दोस्रो खेलमा चितवन राइनोजले सनसनीपूर्ण जित निकालेको छ । टस हारेर पहिले ब्याटिङ गरेको

Read More »

साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह

काठमाडौं, १० कात्तिक । रियादस्थित नेपाली दूतावासले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । दूतावासले मंगलबार सूचना जारी गर्दै

Read More »

एनपीएलमा आज दुई खेेल हुँदै

काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुईवटा खेल हुँदै छन्। आजको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो

Read More »

एनपिएलका सबै खेल हेर्न डिसहोमका ग्राहकले अतिरिक्त शुल्क तिर्न नपर्ने

काठमाडौं, ९ कात्तिक । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सोमबारदेखि सुरु हुँदैछ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले कीर्तिपुर क्रिकेट मैदानमा एनपिएलको औपचारिक उद्घाटन

Read More »