मिथिलाका शिल्पी माटामा खेल्दै, हाटबजारमा जताततै माटाका भाँडा

महोत्तरी : दीपावली र छठको आगमनसँगै महोत्तरीसहित मधेशकाका हटियामा जताततै माटाका भाँडा देखिन्छन् । सामान राख्ने तौला, दही जमाउने छ्याँची, पानी राख्ने घडा, बत्ती बाल्ने दियो, छ्याँची छोप्ने ढकन, र कलशका रूपमा प्रयोग हुने अम्खोरा र छठ पर्व लगत्तै सुरु हुने सामाचकेवा तथा त्यसबेला खेलिने हात्ती र खेलौनासहितका माटाका भाँडा हाटका आकर्षण बनेका छन् । मिथिला परम्परामा माटाका भाँडावर्तन शुद्ध हुने विश्वास तथा प्रयोग गरिने प्रचलनले यी पर्वमा बस्तीपिच्छेका बजारमा उत्साहपूर्वक क्रयविक्रय जारी छ । अन्य पर्वका बेला प्रायः नदेखिने कुम्भकारहरू पनि छैटका बेला नयाँ उमङ्गका साथ बजारमा भेटिन्छन् । उनीहरूका हात साँझबिहान निरन्तर चक्रमा व्यस्त छन् ।

कतिपय ग्राहकले पेस्की दिएर भाँडा बनाइ दिन माग गरेका छन् । यस्ता ग्राहकको फर्माइस र बजारमा भाँडाको माग बढेपछि अहिले कुम्हाललाई दोमट माटो खोजेर ल्याउने, धुल्याउने, मुछ्ने र थरिथरिका भाँडा बनाउन चक्र घुमाउन भ्याइनभ्याइ छ । “कि करु हजुर, अखैन सिजन अई, फेरु दिवाली, छठके बाद त हमरासबके खोजबाला कोई नई रहत, ताहीद्वारे आन सब काम छोइडक बर्तन बन्बमे लागल छी”(के गरौं हजुर, अहिले यी भाँडाको बेला छ, दीपावली÷छठपछि हामीलाई खोज्ने कोही हुँदैनन्, त्यसैले अहिले अरु सबै काम छाडेर भाँडा बनाउन जुटेका छौं) औरही नगरपालिका–४ श्रीपुर कविलाशाका ५० वर्षीय सुरेश पण्डित कुम्हाल भन्नुहुन्छ । केही दशकअघिसम्म दैनिक प्रयोजनमा प्रयोग हुने माटाका भाँडा अब यहाँका भान्सामा देखिन छाडेका छन् ।

माटाका भाँडामा राखिएका सामग्री शुद्ध रहने विश्वास कायमै रहेपनि यी सानो ठक्करमै वा झरेर प्याट्टै फुट्ने भएपछि आम उपभोक्ताले अब दैनिक प्रयोजनका धातु र प्लाष्टिकका भाँडा प्रयोग गर्न थालेका छन् । अन्यबेला खासै प्रयोगमा आउन छाडे पनि दीपावली र छठमा यिनै भाँडा प्रयोग गर्नपर्ने धार्मिक मान्यता र विश्वासले अहिले यस भेगका सबै हाट र बस्तीबस्तीमा माटाका भाँडाका छुट्टै बजार जमेका हुन् । वैदिक परम्परा, धार्मिक मान्यता र पवित्रताको भावले गर्दा दीपावली र छठमा माटाका भाँडाको प्रयोगले निरन्तरता पाउँदै आएको मिथिलाका संस्कृतिविद्को धारणा छ । पर्वअनुष्ठानका सबै विधिका सामान राख्न नयाँ भाँडा प्रयोग गरिनुपर्ने स्थापित परम्पराले अहिले माटाका भाँडाको माग हुने गरेको संंस्कृतिविद् एवं साहित्यकार जलेश्वर नगरपालिकाको बखरी बस्तीका बासिन्दा ८५ वर्षीय महेश्वर राय बताउनुहुन्छ ।

हाल पर्वविशेषमा बिक्री हुने भाँडाकै आर्जनबाट आफ्नो चाडपर्व धान्नसँगै वर्षभरिको नगद खर्चको जोहो गरिन पर्ने हुँदा सपरिवार यसै काममा जोतिनु परेको भङ्गाहा–५ भूचक्रपुरका सीताराम पण्डित कुम्हाल बताउनुहुन्छ । ‘‘पहिले हाम्रो गुजाराको पेसा नै यही थियो, अबभने दैनिक आवश्यकतामा प्लाष्टिक र अन्य धातुका भाँडाको प्रयोग बढेपछि चाडपर्वमा खुम्चिएका छौँ” सीताराम भन्नुहुन्छ, “वर्षभरिको गुजारा नै त हैन, थोरथार नगद खर्चको जोहो र चाडपर्वको खर्च भने अहिलेको मेहनतले धान्छ ।” दीपावली र छठ पर्वका अवसरमा महोत्तरीका १५ वटा स्थानीयतहका बजारमा पछिल्ला तीन वर्षको खरिदबिक्री सालाखाला ५० लाख सेरोफेरोको कारोबार हुने गरेको महोत्तरीका उद्योग वाणिज्य सङ्घका पदाधिकारी बताउँछन् । विगतका आठ गाविस समेटेर बनेको जिल्लाको सबैभन्दा बढी भूगोल र जनसङ्ख्या ओगटेको बर्दिबास नगरक्षेत्रमा १५ लाख हाराहारीमा माटाका भाँडाको कारोबार भएको बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्का बताउनुहुन्छ ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »