कर्णालीको लोकसंस्कृति जगेर्ना गर्न सांस्कृतिक कार्यक्रम

कर्णाली : कर्णालीको लोक, कला र मौलिक संस्कृति जगेर्ना गर्न सांस्कृतिक कार्यक्रम को तयारी थालिएको छ । पछिल्लो समयमा ऊर्जाशील युवाको पलायन तथा लोपोन्मुख अवस्थामा पुगेको वैभवशाली कर्णालीको मौलिक संस्कृति र कलाको संरक्षण एवं संवद्र्धनका लागि सांस्कृतिक युवालय संस्थाले पहल थालेको हो । ‘युवाहरुसँगको हाम्रो सहयात्रा’ परियोजनाअन्तर्गत बिहीबार राजधानी सुर्खेत वीरेन्द्रनगरमा मौलिक बाजा, कला र सांस्कृतिक प्रस्तुतिसहित सांस्कृतिक कार्यक्रम सञ्चालन हुने पत्रकार भेटघाटमार्फत परियोजना अधिकृत पूजा कार्कीले जानकारी दिनुभयो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा सुर्खेत र युवालयको संयुक्त आयोजनामा हुन गइरहेको यस कार्यक्रममा परियोजनासँग जोडिएर युवाहरुले लिएका कक्षामा सिकेका नृत्य तथा सङ्गीत सबै सामु प्रस्तुत हुने जनाउँदै उहाँले परियोजनाबाट कक्षा लिइरहेका युवाहरुले कार्यक्रममा मारुनी, टप्पा, झ्याउरे, कौडा नृत्यका साथै सङ्गीतमा पञ्चेबाजा (झ्याली, कर्नाल, सहनाई, दमाहा) पनि बजाएर सबै साम देखाइने बताउनुभयो ।

उहाँका अनुसार स्थानीय पालिका, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा सुर्खेतसँगको सहकार्य तथा कोरियाको वाइजी इन्टरटेन्टमेन्टको आर्थिक एवं अक्सफामको प्राविधिक सहयोगमा मौलिक बाजा, सङ्गीत एवं नृत्यमा युवाहरुलाई अग्रसर गराउन सो सम्बन्धी कक्षा सञ्चालन गर्दै आइरहेको छ । युवाहरुले सिकेका सीप कला आम नागरिकका सामु प्रदर्शन गर्ने भएकाले यसबाट आत्मबल वृद्धि गर्न सकून्, मौलिक कला र संस्कृति संरक्षण तथा प्रवद्र्धनका लागि युवाको भूमिकालाई महत्वपूर्ण स्थान दिने उद्देश्यले कार्यक्रमको तयारी गरिएको आयोजकले बताएको छ । परियोजनामार्फत दैलेख (भगवतीमाई गाउँपालिका र डुङ्गेश्वर गाउँपालिका) र सुर्खेत (वीरेन्द्रनगर) तथा सुदूरपश्चिमको (लम्कीचुहा नगरपालिका)मा युवाहरुमा उत्सुकता जगाउने, उनीहरुका मुद्दाहरुलाई सामूहिक रुपमा वकालत गर्ने, शैक्षिक, प्राविधिक, वित्तीय सीप तथा मानव अधिकारको साथै किशोर–किशोरी र युवालाई सशक्त गराउँदै आएको जनाइएको छ ।

एनपिएलका सबै खेल हेर्न डिसहोमका ग्राहकले अतिरिक्त शुल्क तिर्न नपर्ने

काठमाडौं, ९ कात्तिक । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सोमबारदेखि सुरु हुँदैछ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले कीर्तिपुर क्रिकेट मैदानमा एनपिएलको औपचारिक उद्घाटन

Read More »

बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म भीषण वर्षा र हिमपात हुने

काठमाडौं, ९ कात्तिक । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि शनिबारसम्म देशभर भीषण वर्षा र व्यापक हिमपात हुने भएको छ । मौसमविद् उज्ज्वल

Read More »

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ कात्तिक १२ गते

काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले कात्तिक १२ गते शपथ लिने भएका छन् ।  कांग्रेस केन्द्रीय कार्यालयका अनुसार शपथ ग्रहण

Read More »

एनपीएल आजवाटः उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं, ९ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ। यो

Read More »

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पुजा अर्चना

भक्तपुर, ८ कार्तिक ।राष्ट्रपति  रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गरेका छन्

Read More »

आज कोजाग्रत पूर्णिमा

काठमाडाैं, ८ कार्तिक । कोजाग्रत पूर्णिमा आश्विन शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइने हिन्दूहरूको एक अत्यन्तै महत्वपुर्ण पर्व हो।  धार्मिक मान्यता अनुसार, यस रात धनधान्यकी देवी माता

Read More »