पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप

काठमाडौंँ : किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी माघ २३ गतेदेखि १५ दिनसम्म देशव्यापी खोप अभियान सञ्चालन गरिने छ । अभियानअन्तर्गत ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ९००किशोरीलाई निःशुल्क खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल मुलुकमा हरेक दिन चार जनाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गइरहेको सन्दर्भमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले त्यसविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ ९एचपिभी० खोप अभियान सञ्चालन गर्ने निर्णय गर्नुभएको उक्त मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले राससलाई बताउनुभयो । मन्त्री पौडेलले कार्यभार सम्हालेका दिन आफ्नो योजना तथा प्राथमिकतामा किशोरीहरुको पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्ने उल्लेख गर्नुभएको थियो । आगामी वर्षदेखि नियमित खोप अभियानमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप पनि समावेश गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

‘एचपिभी’ खोपका लागि ग्लोबल एलायन्स’ ९गाभी०को सहयोगका साथै सरकारी लगानी पनि छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा। अरुण शाही पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा सङ्क्रमण भएकाले त्यसविरुद्ध खोप लगाउनुपर्नेमा जोड दिनुभयो । ह्युमनपापिलोमा सङ्क्रमण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा जन्माउने, छोटो समयको अन्तरालमा लगातार बच्चा जन्माउने, धेरै जनासँग यौन सम्बन्ध कायम गर्ने अधिक धूमपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिनेलाई हुने उहाँले बताउनुभयो । सन् २०२२ मुलुकमा क्यान्सरका २२ हजार नयाँ बिरामी देखिएकामा १४ हजारभन्दा बढीले ज्यान गुमाएका थिए । हरेक वर्ष एक हजार ५०० बालबालिकामा क्यान्सर देखिने गरेको छ । ती बालबालिकालाई आर्थिक अभावमा मृत्युको मुखमा पर्न नदिनु राज्यको दायित्व भएको बताउँदै मन्त्री पौडेलले आफ्नातर्फबाट हरसम्भव प्रयत्न गरिने बताउनुभएको थियो ।

किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै

ललितपुर । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले बिरामीलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने गरी ‘किष्ट एट होम’ सेवा सञ्चालनमा ल्याउने भएको छ । अस्पतालले हेल्थ

Read More »

राष्ट्रसंघको महासभामा बलियोसँग प्रस्तुत हुने तयारी, यस्ता छन् प्रधानमन्त्रीले उठाउने एजेन्डा

संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल न्युयोर्क प्रस्थान गर्दैछ । परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा

Read More »

‘माणिक लामा जीवन यात्रा’ स्मृति ग्रन्थ लोकापर्णण

काठमाडौं । कम्युनिष्ट नेता तथा समाजसेवी मनिकबहादुर लामा ब्लोन (माणिक लामा)को जीवन संघर्षबारे समेटिएको ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण गरिएको छ । शुक्रबार काठमाडौंमा

Read More »

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

काठमाडौँ । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण

Read More »

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »