गोरखाको बगुवामा आँखा केन्द्र स्थापना

गोरखा : यहाँको भीमसेन थापा गाउँपालिकास्थित बगुवामा सहिद स्मृति आँखा उपचार केन्द्र स्थापना गरिएको छ । गाउँपालिका भित्रका नागरिकलाई आँखाको उपचारका लागि अन्यत्र धाउन नपरोस् भन्ने उद्देश्यले सोमबारदेखि गाउँपालिका–५ स्थित बगुवा स्वास्थ्य चौकीको भवनबाट आँखा उपचार केन्द्र सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो । गाउँपालिकाले लायन्स आँखा सेवा केन्द्रको सहकार्यमा आँखा उपचार केन्द्रको शुभारम्भ गरेको हो ।

“सेवा केन्द्र सञ्चालनमा आएसँगै अब पालिकावासीहरु आँखाको उपचारका लागि अन्त जानु पर्दैन,” अध्यक्ष बन्जराले भन्नुभयो, ‘‘आँखाको उपचार सहज रुपमा उपलब्ध गराउने नीति अनुरूप गाउँपालिकाले चालु आर्थिक बर्षदेखि सेवा केन्द्र सञ्चालनका लागि बजेट विनियोजनसमेत गरेको छ ।” सेवा केन्द्रमा तत्काल एकजना नेत्र सहायक नियुक्त गरी सेवा सुरु गरिएको छ । केन्द्र सञ्चालनका लागि आवश्यक सामग्री तथा उपकरण लायन्स आँखा सेवा केन्द्र गोरखाले उपलब्ध गराएको हो ।

कागेश्वरी मनोहरा नगर अस्पतालमा सेवा विस्तारको तयारी, १०० शय्याको अस्पताल बनाउने लक्ष्य

काठमाडौं । स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित कागेश्वरी मनोहरा नगर अस्पताललाई १०० शय्याको अस्पतालमा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढाइएको छ। अस्पतालको सेवा विस्तार,

Read More »

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

काठमाडौं, ११ कार्तिक । चीनमा दुई ठूला ब्रान्डहरूले फ्रान्सेली फुटबल सुपरस्टार किलियन एमबाप्पेसँगको सहकार्य तोडेका छन्। अनलाइनमा एउटा भिडियो भाइरल भएपछि यो कदम चालिएको हो, जसमा

Read More »

थ्रिलर म्याचमा चितवनसँग पराजित भयो विराटनगर किंग्स

काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को दोस्रो खेलमा चितवन राइनोजले सनसनीपूर्ण जित निकालेको छ । टस हारेर पहिले ब्याटिङ गरेको

Read More »

साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह

काठमाडौं, १० कात्तिक । रियादस्थित नेपाली दूतावासले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । दूतावासले मंगलबार सूचना जारी गर्दै

Read More »

एनपीएलमा आज दुई खेेल हुँदै

काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुईवटा खेल हुँदै छन्। आजको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो

Read More »

एनपिएलका सबै खेल हेर्न डिसहोमका ग्राहकले अतिरिक्त शुल्क तिर्न नपर्ने

काठमाडौं, ९ कात्तिक । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सोमबारदेखि सुरु हुँदैछ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले कीर्तिपुर क्रिकेट मैदानमा एनपिएलको औपचारिक उद्घाटन

Read More »