पशुपतिनाथमा कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन

काठमाडौँ । पशुपतिनाथको भण्डारमा रहेका कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन गरिएको छ। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र औँसीका दिन पशुपतिनाथमा कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष नागरिकलाई देखाउने चलन अनुसार आज बिहान देखाइएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

मार्ग शीर्ष कृष्ण औँसीका अवसरमा यही मङ्सिर १६ गते बिहान पनि अर्को वर्षका लागि सुरक्षित राखिँदै छ भनी आममानिसलाई देखाउने परम्पराअनुसार यो देखाउने कार्यक्रम रहेको उनले बताए।

पशुपति क्षेत्रमा पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष हेर्न हजारौँ भक्तजनको घुइँचो लागेको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र कोषका सुरक्षाकर्मीको सहयोग लिएर पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष आज बिहान प्रदर्शन गरिएको थियो ।

मार्ग शीर्ष कृष्ण त्रयोदशीका दिन देशभरबाट धेरै भक्तजन दिवङ्गत पितृका नाममा बत्ती बाल्न आउने अवसर पारेर पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष देखाउने परम्परा सुरु भएको कोषले जनाएको छ ।

सुनसरी घटना : सिडिओसहित सुरक्षा निकायका प्रमुखहरू फिर्ता

काठमाडौं । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ । घिमिरेलाई गृह

Read More »

जनमत पार्टीका सचिव यादवले दिए राजीनामा

बुटवल । जनमत पार्टीका सचिव भोविन्द्रप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । रुपन्देहीको भैरहवा निवासी यादवले सोमबार दिउँसो पार्टी  अध्यक्ष डा.सीके राउतलाई सम्बोधन गर्दै राजीनामा

Read More »

बचत फिर्ता माग गर्दै सहकारी पीडितले गरे माइतीघरमा प्रदर्शन

काठमाडौं । सहकारी पीडितहरूले समान रूपमा बचत फिर्ता गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरेका छन् । सोमबार सहकारी पीडित बचतकर्ता महासंघको नेतृत्वमा सहकारी पीडितहरूले प्रदर्शन

Read More »

नेप्से ३३.२८ अंकले घट्दा ६ अर्ब ८ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। गत साता सुधारको लयमा देखिएको बजार आज पुनः ओरालो लागेको

Read More »

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । संघीय संसद्का सांसदहरू निजी स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सोमबार न्यायाधीश विनोद शर्माको

Read More »

सुनसरी घटनामा सुरक्षा अधिकारीमाथि छानबिन र कारबाही गर्न सांसद दीपक साहको माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य ई. दीपक कुमार साहले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा सुरक्षा अधिकारीहरूको भूमिकामाथि छानबिन गरी आवश्यक परे निलम्बनसहित विभागीय कारबाही

Read More »