प्रदेशस्तरीय धिमे बाजा प्रतियोगितामा ताथली धिमे खल विजयी

भक्तपुर : चाँगुनारायण नगरपालिकाद्वारा आयोजित प्रथम बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगितामा ‘ताथली धिमे खल’ विजेता बनेको छ । नगरकोट महोत्सव–२०८२ लाई लक्षित गर्दै चाँगुनारायण–९ ताथली फाँटमा सम्पन्न प्रतियोगितामा वडा नं ९ सौडोलमा रहेको ताथली धिमे खलले नगद रु ५० हजारसहित सिल्ड, एक थान धिमे बाजा, दुई थान भुछ्या र शिछ्या प्राप्त गरेको हो । प्रतियोगितामा दोस्रो हुने ताथलीको तैकाभु गणेश सांस्कृतिक समूहले नगद रु २५ हजारसहित सिल्ड प्रमाणपत्र, धिमे बाजा, भुछ्या, शिछ्या एक थान पुरस्कारका रूपमा प्राप्त गरेको छ । भक्तपुर नगरपालिकाको नियो भिजन बाजा समूहले तेस्रो हुँदै नगद रु १० हजारसहित सिल्ड पुरस्कार, धिमे बाजा, भुछ्या एक थान प्राप्त गरेको आयोजकले जनाएको छ । चौँथो स्थान हासिल गर्दै सान्त्वना पुरस्कार काभ्रेपलाञ्चोक बनेपास्थित ‘देउला बाँसुरी बाजा खल’ले नगद रु पाँच हजारसहित सिल्ड, मेडल, प्रमाणपत्र र एक थान धिमे बाजा प्राप्त गरेको छ । पाँचौँ बनेपास्थित वान्ख्यो दाफा भजन खल, छैठौँ काभ्रेपलाञ्चोक पनौतीको लायकु धिमे खल, सातौँ मध्यपुरथिमिको शिवा सायमी खल, आठौँ ललितपुरको लुभुस्थित तलेजु बाजा खल, नवौँ काठमाडौँको बालकुमारी धिमे खल र दशौँ ताथली सौडोलस्थित सौडोल सांस्कृतिक बाजा खल भएका छन् । कार्यक्रममा प्रतिनिधिसभाका सांसद दुर्लभ थापाले विजयी समूहलाई आज यहाँ आयोजित कार्यक्रममा पुरस्कार प्रदान गर्नुभयो ।

उहाँले नगरपालिकाले २०८२ साल वैशाखदेखि सञ्चालन हुने ‘नगरकोट भ्रमण वर्ष’ सफला पार्न यो प्रतियोगिताले महत्वपूर्ण सन्देश प्रवाह गरेको बताउनुभयो । प्रतियोगिताले यहाँको पर्यटन प्रवर्द्धन र विकासमा टेवा पुग्ने बताउँदै नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहनुभएका सांसद थापाले नगरपालिकालाई पर्यटकीय नगरका रूपमा स्थापित गर्न यस्ता क्रियाकलाप कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतियोगितामा प्रस्तुत भएका विविध कलाले यहाँका धार्मिक, ऐतिहासिक कला, संस्कृति र सम्पदाको प्रचारप्रसारमा सहयोग पुगेकाले यसले पालिकालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने बताउनुभयो । नगरप्रमुख एवं कार्यक्रमका सभापति जीवन खत्रीले पासिलकाले पहिलो पटक यस किसिमको प्रतियोगितामार्फत ऐतिहासिक कार्य सम्पन्न गरेका बताउनुभयो । उहाँले कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको भन्दै सहभागी प्रतियोगी समूह, स्थानीय प्रतिनिधि, वडा तथा नगरवासी, नगर कर्मचारीलगायत सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । नगरप्रमुख खत्रीले सबैको सहयोगले मुलुकको नमूनाका रूपमा बागमती प्रदेशस्तरीय प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नगरकोट भ्रमण वर्ष २०८२ लाई यसैगरी सफल पार्न र देश तथा विदेशमा चाँगुनारायणको पर्यटकीय सम्पदाको परिचयलाई स्थापित गर्दै पर्यटीय विकास गर्न÷गराउन वडा तथा नगरवासीका साथै सबैमा आह्वान गर्दछु ।” नगरप्रमुख खत्रीले आगामी वैशाखदेखि वर्षभरि नै आयोजना हुने नगरकोट भ्रमण वर्ष प्रत्येक नगरवासीको घरघरमा, टोलटोलमा, गाउँगाउँमा, वडावडामा भ्रमण वर्षमय हुने भएकाले यसैगरी सफल पार्न नगरवासीलाई आह्वान गर्नुभयो । चाँगुनारायण–८ का वडाध्यक्ष जनक खत्रीले प्रतियोगिता सफल पार्न सहयोग गर्ने स्थानीय, प्रतियोगी समूह, सरोकार भएका निकाय तथा प्रतिनिधिलगायत सबैमा धन्यवाद व्यक्त गर्नुभयो । प्रतियोगितामा बागमती प्रदेशभित्रका भक्तपुर, काठमाडौँं, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछापलगायत जिल्लाका विभिन्न पालिकाका ५५ वटा समूहको सहभागिता रहेको चाँगुनारायण–९ का वडाध्यक्ष एवं प्रतियोगिताका संयोजक गणेश त्यातले जानकारी दिनुभयो । शनिबार यहाँ आयोजित कार्यक्रमलाई प्रतिनिधिसभाका सांसद एवं नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले उद्घाटन गर्नुभएको थियो ।

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »

विदेशबाट फर्केर व्यावसायिक कृषि कर्ममा सक्रिय बन्दै अधिकारी

भोजपुर : भोजपुरको अरुण गाउँपालिका–७ ढुङ्गेका लक्ष्मीप्रसाद अधिकारी विदेशबाट फर्किएपछि व्यावसायिक कृषि कर्ममा सक्रिय बन्दै उदाहरणीय किसानका रूपमा स्थापित भएका छन्। करिब छ वर्ष मलेसियामा

Read More »

बिपी राजमार्ग रातको समयमा अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक : बेमौसमी वर्षासँगै आउने पहिरोका कारण दिनानुदिन बिपी राजमार्ग अवरुद्ध हुन थालेपछि काभ्रेपलाञ्चोकस्थित सडकखण्डमा रातको समयमा गराउँदै आइएको अनिश्चितकालीन बन्द शुक्रबारदेखि पुनः थप गरिएको

Read More »

म प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजी निराधार हो : लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणपछि प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजीलाई अस्वीकार गर्दै रास्वपा स्थिर सरकारको पक्षमा रहेको बताएका

Read More »

श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु

काठमाडौं : श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारका ४२ वर्षीय कुमार थापा मगरले गएराति घरायसी विवादमा फलामको रडले प्रहार

Read More »