नेपालगञ्जमा प्रादेशिक महोत्सव हुँदै

राँझा (बाँके) : उद्योग, व्यापार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगञ्जमा प्रादेशिक महोत्सव हुने भएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको मुख्य आयोजना एवं नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना तथा कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) बाँकेको सहकार्यमा यही माघ १० देखि २२ गतेसम्म नेपालगञ्ज–१८ स्थित सडक डिभिजन कार्यालय परिसरमा महोत्सव गर्ने तयारी गरिएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामीले जानकारी दिनुभयो । ‘उद्योग, व्यापार, कृषि, जडीबुटी, रोजगार सूचना प्रविधि र पर्यटन, व्यावसायिक उद्यमशाला तथा कलासंस्कृतिको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ प्रादेशिक महोत्सव आयोजना गरिएको छ”, अध्यक्ष धामीले भन्नुभयो, “महोत्सव करिब तीन लाख बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्नेछन् ।”

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले २०५६ सालदेखि निरन्तर महोत्सव आयोजना गर्दै आएको छ । यस वर्षको महोत्सवमा विभिन्न तीन सय ५० स्टल राखिने सङ्घका महासचिव भीम रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार, महोत्सवमा स्वदेशमा उत्पादित वस्तुहरू, राष्ट्रियस्तरको जडीबुटी प्रदर्शनी, हस्तकला, कृषि, पर्यटन, सूचना तथा विज्ञान प्रविधि, अटो मोबाइल्स तथा मित्रराष्ट्रका विभिन्न उद्यमशाला तथा उद्योगको प्रदर्शनी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उद्योगी, व्यवसायीहरूको समेत स्टल रहनेछन् । त्यसैगरी, महोत्सवमा कम्प्युटर एसोसिएसन अफ नेपाल महासङ्घ (क्यान) बाँकेले ‘क्यान इन्फोटेक’ आयोजना गर्ने जनाएको छ ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »