एचपिभी खोप अभियान सफल पार्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

सिरहा : सिरहा नगरपालिका स्वास्थ्य शाखाको आयोजना एवं जनस्वास्थ्य कार्यालय सिरहाको प्राविधिक सहयोगमा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान–२०८१ अन्तर्गत नगरभित्र खोप दिने स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिइएको छ । कार्यक्रमका बारेमा प्रकाश पार्दै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहम्मद इद्रिस राइनले यही माघ २२ देखि २९ गतेसम्म नगरका ६० विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिरका १० देखि १४ वर्षसम्मका साढे सात हजार किशोरीलाई एचपिभी खोप लगाइने जानकारी दिनुभयो ।

एचपिभी खोप अभियानका लागि नगरका २२ वटै वडाका ३२ जना स्वास्थ्यकर्मीलाई तालिम दिइएको र यसअघि २१ जना स्वास्थ्य संस्थाका प्रमुखहरूलाई तालिम दिइएको छ । तालिममा सहभागी स्वास्थ्यकर्मीलाई नगरप्रमुख डा नवीनकुमार यादवले यसै वर्षदेखि अभियानसहित नियमित खोप कार्यक्रममा समावेश गरेको एचपिभी खोप अभियानका लागि शतप्रतिशत लक्ष्य प्राप्ति हुनेगरी तयारी गर्न आग्रह गर्नुभयो । जिल्लामा एचपिभी खोपको आवश्यक मात्रा जिल्ला स्वास्थ्य कार्यालयमा आइसकेको जनस्वास्थ्य अधिकृत कृष्णदेव यादवले जानकारी दिनुभयो । महिलाहरूमा पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन ग्लोबल एलायन्स (गाभी)को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एचपिभी खोप ल्याएको हो ।

कागेश्वरी मनोहरा नगर अस्पतालमा सेवा विस्तारको तयारी, १०० शय्याको अस्पताल बनाउने लक्ष्य

काठमाडौं । स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित कागेश्वरी मनोहरा नगर अस्पताललाई १०० शय्याको अस्पतालमा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढाइएको छ। अस्पतालको सेवा विस्तार,

Read More »

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

काठमाडौं, ११ कार्तिक । चीनमा दुई ठूला ब्रान्डहरूले फ्रान्सेली फुटबल सुपरस्टार किलियन एमबाप्पेसँगको सहकार्य तोडेका छन्। अनलाइनमा एउटा भिडियो भाइरल भएपछि यो कदम चालिएको हो, जसमा

Read More »

थ्रिलर म्याचमा चितवनसँग पराजित भयो विराटनगर किंग्स

काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को दोस्रो खेलमा चितवन राइनोजले सनसनीपूर्ण जित निकालेको छ । टस हारेर पहिले ब्याटिङ गरेको

Read More »

साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह

काठमाडौं, १० कात्तिक । रियादस्थित नेपाली दूतावासले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । दूतावासले मंगलबार सूचना जारी गर्दै

Read More »

एनपीएलमा आज दुई खेेल हुँदै

काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुईवटा खेल हुँदै छन्। आजको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो

Read More »

एनपिएलका सबै खेल हेर्न डिसहोमका ग्राहकले अतिरिक्त शुल्क तिर्न नपर्ने

काठमाडौं, ९ कात्तिक । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सोमबारदेखि सुरु हुँदैछ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले कीर्तिपुर क्रिकेट मैदानमा एनपिएलको औपचारिक उद्घाटन

Read More »