एचपिभी खोप अभियान सफल पार्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

सिरहा : सिरहा नगरपालिका स्वास्थ्य शाखाको आयोजना एवं जनस्वास्थ्य कार्यालय सिरहाको प्राविधिक सहयोगमा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान–२०८१ अन्तर्गत नगरभित्र खोप दिने स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिइएको छ । कार्यक्रमका बारेमा प्रकाश पार्दै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहम्मद इद्रिस राइनले यही माघ २२ देखि २९ गतेसम्म नगरका ६० विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिरका १० देखि १४ वर्षसम्मका साढे सात हजार किशोरीलाई एचपिभी खोप लगाइने जानकारी दिनुभयो ।

एचपिभी खोप अभियानका लागि नगरका २२ वटै वडाका ३२ जना स्वास्थ्यकर्मीलाई तालिम दिइएको र यसअघि २१ जना स्वास्थ्य संस्थाका प्रमुखहरूलाई तालिम दिइएको छ । तालिममा सहभागी स्वास्थ्यकर्मीलाई नगरप्रमुख डा नवीनकुमार यादवले यसै वर्षदेखि अभियानसहित नियमित खोप कार्यक्रममा समावेश गरेको एचपिभी खोप अभियानका लागि शतप्रतिशत लक्ष्य प्राप्ति हुनेगरी तयारी गर्न आग्रह गर्नुभयो । जिल्लामा एचपिभी खोपको आवश्यक मात्रा जिल्ला स्वास्थ्य कार्यालयमा आइसकेको जनस्वास्थ्य अधिकृत कृष्णदेव यादवले जानकारी दिनुभयो । महिलाहरूमा पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन ग्लोबल एलायन्स (गाभी)को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एचपिभी खोप ल्याएको हो ।

राष्ट्रसंघको महासभामा बलियोसँग प्रस्तुत हुने तयारी, यस्ता छन् प्रधानमन्त्रीले उठाउने एजेन्डा

संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल न्युयोर्क प्रस्थान गर्दैछ । परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा

Read More »

‘माणिक लामा जीवन यात्रा’ स्मृति ग्रन्थ लोकापर्णण

काठमाडौं । कम्युनिष्ट नेता तथा समाजसेवी मनिकबहादुर लामा ब्लोन (माणिक लामा)को जीवन संघर्षबारे समेटिएको ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण गरिएको छ । शुक्रबार काठमाडौंमा

Read More »

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

काठमाडौँ । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण

Read More »

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »