मकवानपुरमा साढे बाइस हजार किशोरीलाई एचपिभी खोप लगाइने

मनहरी (मकवानपुर) : सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत एचपिभी खोप अभियानमा मकवानपुरका २२ हजार सात सय १३ किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । फेब्रुअरी ४ मा मनाइने विश्व क्यान्सर दिवसका अवसर पारेर पाठेघरको मुखको क्यान्सरविरुद्ध (एचपिभी खोप) लगाउन लागिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले बताउनुभयो । पहिलो पटक अभियानकै रुपमा खोप कार्यक्रम आएकाले विद्यालयमा अध्ययनरत विद्यार्थी लक्षित गरी खोप लगाइने उहाँले बताउनुभयो । “सरकारबाट नै पहिलो चरणमा अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालयबाट बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई उक्त खोप लगाउने छौँ”, प्रमुख मिजारले भन्नुभयो, “स्थानीय तहमा रहेका स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्याङ्कअनुरुप खोपको मात्रा माग गरेका छौँ, सोही अनुरुप माघ २२ देखि २५ गतेसम्म र केही स्थानीय तहले भने २८ गतेसम्ममा खोप अभियान सञ्चालन गर्नेछन् ।”

मकवानपुरमा सबैभन्दा बढी किशोरी हेटौँडा उपमहानगरमा रहेका छन् । विद्यालयमा अध्ययनरत ११ हजार ६८ र विद्यालयबाहिरका एक सय पाँच गरी ११ हजार एक सय ७३ जनालाई खोप लगाइने प्रमुख मिजारले बताउनुभयो । जिल्लाको इन्द्रसरोवरमा विद्यालयका चार सय ४८ र विद्यालयबाहिरका ३८ गरी चार सय ८६, मकवानपुरगढीमा विद्यालयका एक हजार १२ र विद्यालयबाहिरका ६१ गरी एक हजार ७३, थाहा नगरपालिकामा विद्यालयका एक हजार आठ सय १६ र विद्यालयबाहिरका ७३ गरी एक हजार आठ सय ८९ जनालाई एचपिभी खोप लगाइने प्रमुख मिजारले बताउनुभयो । त्यसैगरी, भीमफेदीमा विद्यालयका आठ सय ११ र विद्यालयबाहिरका ३३ गरी आठ सय ४४, मनहरीमा विद्यालयका दुई हजार दुई सय र विद्यालयबाहिरका ६२ गरी दुई हजार दुई सय ६२, राक्सिराङमा विद्यालयका सात सय ७९ र विद्यालयबाहिरका १९ गरी सात सय ९८, कैलाशमा विद्यालयका नौ सय २२ र विद्यालयबाहिरका ७९ गरी एक हजार एक जनालाई खोप लगाइने उहाँले बताउनुभयो ।

यसैगरी, बागमतीमा विद्यालयका एक हजार तीन सय सात र विद्यालयबाहिरका ३२ गरी एक हजार तीन सय ३९ र बकैयामा विद्यालयका एक हजार ६ सय ९६ र विद्यालयबाहिरका एक सय ५२ गरी एक हजार आठ सय ४८ किशोरीलाई खोप लगाउने तय भएको प्रमुख मिजारले बताउनुभयो । “जिल्लाका सबै स्थानीय तहमा आवश्यक तयारी भइसकेको छ, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई आवश्यक तालिम तथा अभिमुखीकरण प्रदान गरिसकेका छौँ, अब सबै खोपकेन्द्रबाट खोप लगाउँछौँ”, प्रमुख मिजारले भन्नुभयो, “हामीले सिकोलिन नामक खोप लगाउने हौँ, स्वास्थ्यकर्मीबाट शून्य दशमलव पाँच मिली खोप मासुमा लगाउने हो ।” यो खोप सरकारले आव २०८२÷८३ देखि नियमित रुपमा लगाउने कार्यक्रम गर्दैछ । सोही अनुरुप आगामी दिनमा १४ वर्षमाथिका उमेर समूहलाई पनि यो खोप आउने उहाँले बताउनुभयो । बागमती प्रदेशमा भने दुई लाख १८ हजार पाँच सय ५९ जनालाई खोप लगाइनेछ ।

राष्ट्रसंघको महासभामा बलियोसँग प्रस्तुत हुने तयारी, यस्ता छन् प्रधानमन्त्रीले उठाउने एजेन्डा

संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल न्युयोर्क प्रस्थान गर्दैछ । परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा

Read More »

‘माणिक लामा जीवन यात्रा’ स्मृति ग्रन्थ लोकापर्णण

काठमाडौं । कम्युनिष्ट नेता तथा समाजसेवी मनिकबहादुर लामा ब्लोन (माणिक लामा)को जीवन संघर्षबारे समेटिएको ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण गरिएको छ । शुक्रबार काठमाडौंमा

Read More »

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

काठमाडौँ । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण

Read More »

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »