फिदिममा गर्भवती, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई निःशुल्क एम्बुलेन्स सेवा

पाँचथर : फिदिम नगरपालिकाले नगर क्षेत्रभित्रका गर्भवती, ७५ वर्षमाथिका ज्येष्ठ नागरिक तथा ‘क’ वर्गको परिचयपत्रवाहक अपाङ्गता भएकालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । नगरपालिकाले ‘कोखदेखि शोकसम्म’ कार्यक्रम सञ्चालनमा ल्याई यी तीन वर्गका नागरिकलाई घरबाट नजिकैको स्वास्थ्य संस्था वा जिल्ला अस्पतालसम्म आउन र स्वास्थ्य संस्थाबाट घर जान निःशुल्क एम्बुलेन्स सुविधा दिन थालेको हो । जिल्ला अस्पतालमा आई उपचार गराउन नजिकैको स्वास्थ्य संस्थाले सिफारिस गर्नुपर्ने व्यवस्था नगरपालिकाले गरेको छ । नगरपालिकाको एम्बुलेन्स प्रयोग गर्दा फिदिम नगरवासी अन्यले भने १० प्रतिशत छुट पाउने नगर प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो । एकै समयमा एकभन्दा बढी स्थानबाट यी तीन वर्गका बिरामी अस्पताल जानुपर्ने भए बिरामीले अन्य एम्बुलेन्स प्रयोग गर्न सक्नेछन् । अन्य एम्बुलेन्स प्रयोग गरेबापत नगरपालिकाले भाडा उपलब्ध गराउने व्यवस्था गरिएको नगर प्रमुख काफ्लेले बताउनुभयो ।

नगरवासीको जीवनसँग सम्बन्धित महत्वपूर्ण घटनामा नगरपालिकाको ‘सार्थक उपस्थिति’का लागि यो कार्यक्रम ल्याइएको उहाँको भनाइ छ । यस्तै नगरपालिकाले नगरभित्र स्थायी बसोबास गर्ने नागरिकको मृत्यु हुँदा रु १० हजार मृत्यु संस्कार खर्च उपलब्ध गराउने भएको छ । नगरपालिकाले ‘विपन्नसँग नगर प्रमुख कार्यक्रम कार्यान्वयनसम्बन्धी मापदण्ड–२०८१’ स्वीकृत तथा लागू गरी यो व्यवस्था गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद भट्टराईले जानकारी दिनुभयो । उक्त सहायता इच्छुकले मात्रै लिन सक्ने नगरपालिकाले जनाएको छ । यो व्यवस्थापछि मृत्यु दर्ता समयमै हुने पनि नगरपालिकाको अपेक्षा छ । अहिले समयमा मृत्यु दर्ता हुन नसक्दा नगरपालिकाले तथ्याङ्कीयलगायत विभिन्न क्षेत्रमा समस्या भोग्नुपरेको नगर प्रमुख काफ्लेको भनाइ छ । नगरपालिकाले नगरभित्र सञ्चालन हुने मेला, महोत्सव, सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगितालगायतका लागि आर्थिक सहायता माग गर्दा नगरपालिकालाई प्रवद्र्धक वा मुख्य प्रवद्र्धकका रुपमा राखेमा नगर कार्यपालिकाको बैठकबाट सहायता उपलब्ध गराउने व्यवस्था पनि गरेको छ । “विशेषतः खेलकुद क्षेत्रमा नगरपालिकाले गरेको लगानी कतै पनि नदेखिने अवस्था आएपछि हरेक प्रतियोगितामा नगरपालिका प्रवद्र्धक रहेर आम समुदायलाई सूसुचित गराउन यो व्यवस्था गरेका हौँ”, नगर प्रमुख काफ्लेले भन्नुभयो । नगरपालिकाले तय गरेका तीनवटै व्यवस्था कार्यान्वयनमा गइसकेको समेत नगर प्रमुख काफ्लेले जानकारी दिनुभयो । चौध वडा रहेको फिदिमको जनसङ्ख्या ४८ हजार रहेको छ ।

कागेश्वरी मनोहरा नगर अस्पतालमा सेवा विस्तारको तयारी, १०० शय्याको अस्पताल बनाउने लक्ष्य

काठमाडौं । स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित कागेश्वरी मनोहरा नगर अस्पताललाई १०० शय्याको अस्पतालमा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढाइएको छ। अस्पतालको सेवा विस्तार,

Read More »

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

काठमाडौं, ११ कार्तिक । चीनमा दुई ठूला ब्रान्डहरूले फ्रान्सेली फुटबल सुपरस्टार किलियन एमबाप्पेसँगको सहकार्य तोडेका छन्। अनलाइनमा एउटा भिडियो भाइरल भएपछि यो कदम चालिएको हो, जसमा

Read More »

थ्रिलर म्याचमा चितवनसँग पराजित भयो विराटनगर किंग्स

काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को दोस्रो खेलमा चितवन राइनोजले सनसनीपूर्ण जित निकालेको छ । टस हारेर पहिले ब्याटिङ गरेको

Read More »

साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह

काठमाडौं, १० कात्तिक । रियादस्थित नेपाली दूतावासले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । दूतावासले मंगलबार सूचना जारी गर्दै

Read More »

एनपीएलमा आज दुई खेेल हुँदै

काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुईवटा खेल हुँदै छन्। आजको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो

Read More »

एनपिएलका सबै खेल हेर्न डिसहोमका ग्राहकले अतिरिक्त शुल्क तिर्न नपर्ने

काठमाडौं, ९ कात्तिक । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सोमबारदेखि सुरु हुँदैछ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले कीर्तिपुर क्रिकेट मैदानमा एनपिएलको औपचारिक उद्घाटन

Read More »