गण्डकीका एक लाख किशोरीलाई दिइँदै छ एचपीभी खोप

पोखरा । माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभर सञ्चालन भइरहेको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप गण्डकीमा एक लाख किशोरीले पाउने भएका छन् । १० देखि १४ वर्ष उमेर समूहका १ लाख ५ हजार ४७९ जना किशोरीलाई गण्डकी प्रदेशका ११ जिल्लाका २ हजार ५०४ खोपकेन्द्रमार्फत खोप दिन लागिएको हो । गण्डकीका किशोरीलाई खोप लगाउने अभियानको तयारी पूरा भएको प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए । ‘प्रदेशका ११ वटै जिल्लामा खोप दिने तयारी गरिएको छ । १० देखि १४ वर्षसम्म समूहका किशोरीलाई एचपीभी खोप किन दिइँदै छ, किन यो खाप लगाउन जानैपर्छ भन्ने प्रचार र सचेतना पनि बनाउनुपर्ने छ,’ खड्काले भने, ‘कास्कीमा मात्र ४०१ खोप केन्द्र तोकिएका छन् ।’

खोपकेन्द्रहरु विद्यालयमा आधारित गरिएको र कास्कीमा मात्र २६ हजार २ सय ९६ जना किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य मन्त्रालयका सचिव विनोदविन्दु शर्माले जानकारी दिए । ह्यूमन प्यापिलोमा भाइरसबाट संक्रमण हुनु पाठेघरको मुखको क्यान्सरको मुख्य कारण भएको चिकित्सकहरुले बताइरहेका छन् । पाठेघरको मुखको क्यान्सर बनाउने भाइरसलाई एचपीभी भाइरस भनिन्छ । पाठेघरको मुखको क्यान्सर भएमा यौनसम्पर्कपछि योनीबाट रगत आउने, तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, योनीबाट अनियमित रूपमा रगत बग्ने, धेरै रगत बग्ने, रक्तअल्पता हुने, कमजोर महसुस हुने लक्षण देखा पर्ने स्वास्थ्य सचिव शर्माले जानकारी दिए ।

९ वर्षअघि कास्की र चितवनमा पाइलट प्रोजेक्टरुपमा यो खोप अभियान थालिएको थियो । कक्षा ६ र विद्यालय नगएका १० वर्ष उमेर समूहका किशोरीलाई खोप दिइएकोमा प्रभावकारी भए पनि देशभर विस्तार गर्ने लक्ष्य लिइएको थियो । तर, कोभिडका कारण अभियोन विस्तार हुन नसकेपछि फेरि खोप अभियान थालिएको हो । गत वर्ष सातै प्रदेशका १/१ वटा अस्पतालबाट १४ वर्ष उमेरका करिब १० हजार किशोरीहरूलाई ६–६ महिनाको फरकमा दुई मात्रा एचपीभी खोप दिइएको थियो । पहिलो चरणमा एचपीभी खोप लगाउने, दोस्रो चरणमा हरेक महिलाको पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ) गर्ने र तेस्रो चरणमा तृतीय तहमा क्यान्सर निदान भएका महिलाको उपचार गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कागेश्वरी मनोहरा नगर अस्पतालमा सेवा विस्तारको तयारी, १०० शय्याको अस्पताल बनाउने लक्ष्य

काठमाडौं । स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित कागेश्वरी मनोहरा नगर अस्पताललाई १०० शय्याको अस्पतालमा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढाइएको छ। अस्पतालको सेवा विस्तार,

Read More »

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

काठमाडौं, ११ कार्तिक । चीनमा दुई ठूला ब्रान्डहरूले फ्रान्सेली फुटबल सुपरस्टार किलियन एमबाप्पेसँगको सहकार्य तोडेका छन्। अनलाइनमा एउटा भिडियो भाइरल भएपछि यो कदम चालिएको हो, जसमा

Read More »

थ्रिलर म्याचमा चितवनसँग पराजित भयो विराटनगर किंग्स

काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को दोस्रो खेलमा चितवन राइनोजले सनसनीपूर्ण जित निकालेको छ । टस हारेर पहिले ब्याटिङ गरेको

Read More »

साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह

काठमाडौं, १० कात्तिक । रियादस्थित नेपाली दूतावासले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । दूतावासले मंगलबार सूचना जारी गर्दै

Read More »

एनपीएलमा आज दुई खेेल हुँदै

काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुईवटा खेल हुँदै छन्। आजको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो

Read More »

एनपिएलका सबै खेल हेर्न डिसहोमका ग्राहकले अतिरिक्त शुल्क तिर्न नपर्ने

काठमाडौं, ९ कात्तिक । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सोमबारदेखि सुरु हुँदैछ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले कीर्तिपुर क्रिकेट मैदानमा एनपिएलको औपचारिक उद्घाटन

Read More »