गण्डकीका एक लाख किशोरीलाई दिइँदै छ एचपीभी खोप

पोखरा । माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभर सञ्चालन भइरहेको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप गण्डकीमा एक लाख किशोरीले पाउने भएका छन् । १० देखि १४ वर्ष उमेर समूहका १ लाख ५ हजार ४७९ जना किशोरीलाई गण्डकी प्रदेशका ११ जिल्लाका २ हजार ५०४ खोपकेन्द्रमार्फत खोप दिन लागिएको हो । गण्डकीका किशोरीलाई खोप लगाउने अभियानको तयारी पूरा भएको प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए । ‘प्रदेशका ११ वटै जिल्लामा खोप दिने तयारी गरिएको छ । १० देखि १४ वर्षसम्म समूहका किशोरीलाई एचपीभी खोप किन दिइँदै छ, किन यो खाप लगाउन जानैपर्छ भन्ने प्रचार र सचेतना पनि बनाउनुपर्ने छ,’ खड्काले भने, ‘कास्कीमा मात्र ४०१ खोप केन्द्र तोकिएका छन् ।’

खोपकेन्द्रहरु विद्यालयमा आधारित गरिएको र कास्कीमा मात्र २६ हजार २ सय ९६ जना किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य मन्त्रालयका सचिव विनोदविन्दु शर्माले जानकारी दिए । ह्यूमन प्यापिलोमा भाइरसबाट संक्रमण हुनु पाठेघरको मुखको क्यान्सरको मुख्य कारण भएको चिकित्सकहरुले बताइरहेका छन् । पाठेघरको मुखको क्यान्सर बनाउने भाइरसलाई एचपीभी भाइरस भनिन्छ । पाठेघरको मुखको क्यान्सर भएमा यौनसम्पर्कपछि योनीबाट रगत आउने, तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, योनीबाट अनियमित रूपमा रगत बग्ने, धेरै रगत बग्ने, रक्तअल्पता हुने, कमजोर महसुस हुने लक्षण देखा पर्ने स्वास्थ्य सचिव शर्माले जानकारी दिए ।

९ वर्षअघि कास्की र चितवनमा पाइलट प्रोजेक्टरुपमा यो खोप अभियान थालिएको थियो । कक्षा ६ र विद्यालय नगएका १० वर्ष उमेर समूहका किशोरीलाई खोप दिइएकोमा प्रभावकारी भए पनि देशभर विस्तार गर्ने लक्ष्य लिइएको थियो । तर, कोभिडका कारण अभियोन विस्तार हुन नसकेपछि फेरि खोप अभियान थालिएको हो । गत वर्ष सातै प्रदेशका १/१ वटा अस्पतालबाट १४ वर्ष उमेरका करिब १० हजार किशोरीहरूलाई ६–६ महिनाको फरकमा दुई मात्रा एचपीभी खोप दिइएको थियो । पहिलो चरणमा एचपीभी खोप लगाउने, दोस्रो चरणमा हरेक महिलाको पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ) गर्ने र तेस्रो चरणमा तृतीय तहमा क्यान्सर निदान भएका महिलाको उपचार गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्रसंघको महासभामा बलियोसँग प्रस्तुत हुने तयारी, यस्ता छन् प्रधानमन्त्रीले उठाउने एजेन्डा

संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल न्युयोर्क प्रस्थान गर्दैछ । परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा

Read More »

‘माणिक लामा जीवन यात्रा’ स्मृति ग्रन्थ लोकापर्णण

काठमाडौं । कम्युनिष्ट नेता तथा समाजसेवी मनिकबहादुर लामा ब्लोन (माणिक लामा)को जीवन संघर्षबारे समेटिएको ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण गरिएको छ । शुक्रबार काठमाडौंमा

Read More »

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

काठमाडौँ । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण

Read More »

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »