स्वास्थ्यमन्त्री सिंहद्वारा एचपिभी खोप अभियानको उद्घाटन

जनकपुरधाम : मधेश प्रदेशका स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिहंले पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप अभियानको आज उद्घाटन गर्नुभएको छ । विश्व क्यान्सर दिवसका अवसरमा यहाँ आयोजित एक समारोहबीच उहाँले अभियानको उद्घाटन गर्नुभएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा धनुषाका ५६ हजार दुई सय ८२ किशोरीहरुलाई खोप लगाउन थालिएको सो अभियानअन्तर्गत १० देखि १४ वर्षकी किशोरीहरुलाई खोप दिइने छ । जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख उमेश यादवका अनुसार सो खोप अभियानका लागि जिल्लाका विभिन्न स्थानमा पाँच सय ४२ खोप केन्द्रमा खोप कार्यकर्ता तथा एक हजार ८४ जना स्वयंसेवक परिचालन गरिएको छ ।

पहिलो चरणमा यही माघ २३ गतेखि २८ गतेसम्म तथा दोस्रो चरणअन्तर्गत आगामी फागुन १ गतेदेखि फागुन छ गतेसम्म खोप अभियान सञ्चालन हुने कार्यालयले जनाएको छ । प्राप्त तथ्याङ्कअनुसार विश्वको एक सय ४७ वटा मुलुकका साथै नेपालमा पनि यो खोप सुुरु भएको बताइएको छ । सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सिंहले जनताको स्वास्थ्य एवं सुरक्षाका लागि मधेश प्रदेश सरकार सक्रिय रहने प्रतिबद्धता जनाउँदै पाठेघरको क्यान्सरबाट सुरक्षित राख्न एचपिभी खोप अभियानलाई सफल बनाउनुपर्ने बताउनुभयो । जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले जिल्लामा यो खोप कार्यक्रम सफल बनाउन सबै स्थानीय तहलाई लिखित जानकारी गराएको बताउँदै क्यान्सर रोग नसर्ने भए पनि यसबाट सतर्क रहन आग्रह गर्नुभयो ।

कागेश्वरी मनोहरा नगर अस्पतालमा सेवा विस्तारको तयारी, १०० शय्याको अस्पताल बनाउने लक्ष्य

काठमाडौं । स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित कागेश्वरी मनोहरा नगर अस्पताललाई १०० शय्याको अस्पतालमा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढाइएको छ। अस्पतालको सेवा विस्तार,

Read More »

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

काठमाडौं, ११ कार्तिक । चीनमा दुई ठूला ब्रान्डहरूले फ्रान्सेली फुटबल सुपरस्टार किलियन एमबाप्पेसँगको सहकार्य तोडेका छन्। अनलाइनमा एउटा भिडियो भाइरल भएपछि यो कदम चालिएको हो, जसमा

Read More »

थ्रिलर म्याचमा चितवनसँग पराजित भयो विराटनगर किंग्स

काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को दोस्रो खेलमा चितवन राइनोजले सनसनीपूर्ण जित निकालेको छ । टस हारेर पहिले ब्याटिङ गरेको

Read More »

साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह

काठमाडौं, १० कात्तिक । रियादस्थित नेपाली दूतावासले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । दूतावासले मंगलबार सूचना जारी गर्दै

Read More »

एनपीएलमा आज दुई खेेल हुँदै

काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुईवटा खेल हुँदै छन्। आजको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो

Read More »

एनपिएलका सबै खेल हेर्न डिसहोमका ग्राहकले अतिरिक्त शुल्क तिर्न नपर्ने

काठमाडौं, ९ कात्तिक । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सोमबारदेखि सुरु हुँदैछ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले कीर्तिपुर क्रिकेट मैदानमा एनपिएलको औपचारिक उद्घाटन

Read More »