स्वास्थ्यमन्त्री सिंहद्वारा एचपिभी खोप अभियानको उद्घाटन

जनकपुरधाम : मधेश प्रदेशका स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिहंले पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप अभियानको आज उद्घाटन गर्नुभएको छ । विश्व क्यान्सर दिवसका अवसरमा यहाँ आयोजित एक समारोहबीच उहाँले अभियानको उद्घाटन गर्नुभएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा धनुषाका ५६ हजार दुई सय ८२ किशोरीहरुलाई खोप लगाउन थालिएको सो अभियानअन्तर्गत १० देखि १४ वर्षकी किशोरीहरुलाई खोप दिइने छ । जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख उमेश यादवका अनुसार सो खोप अभियानका लागि जिल्लाका विभिन्न स्थानमा पाँच सय ४२ खोप केन्द्रमा खोप कार्यकर्ता तथा एक हजार ८४ जना स्वयंसेवक परिचालन गरिएको छ ।

पहिलो चरणमा यही माघ २३ गतेखि २८ गतेसम्म तथा दोस्रो चरणअन्तर्गत आगामी फागुन १ गतेदेखि फागुन छ गतेसम्म खोप अभियान सञ्चालन हुने कार्यालयले जनाएको छ । प्राप्त तथ्याङ्कअनुसार विश्वको एक सय ४७ वटा मुलुकका साथै नेपालमा पनि यो खोप सुुरु भएको बताइएको छ । सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सिंहले जनताको स्वास्थ्य एवं सुरक्षाका लागि मधेश प्रदेश सरकार सक्रिय रहने प्रतिबद्धता जनाउँदै पाठेघरको क्यान्सरबाट सुरक्षित राख्न एचपिभी खोप अभियानलाई सफल बनाउनुपर्ने बताउनुभयो । जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले जिल्लामा यो खोप कार्यक्रम सफल बनाउन सबै स्थानीय तहलाई लिखित जानकारी गराएको बताउँदै क्यान्सर रोग नसर्ने भए पनि यसबाट सतर्क रहन आग्रह गर्नुभयो ।

राष्ट्रसंघको महासभामा बलियोसँग प्रस्तुत हुने तयारी, यस्ता छन् प्रधानमन्त्रीले उठाउने एजेन्डा

संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल न्युयोर्क प्रस्थान गर्दैछ । परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा

Read More »

‘माणिक लामा जीवन यात्रा’ स्मृति ग्रन्थ लोकापर्णण

काठमाडौं । कम्युनिष्ट नेता तथा समाजसेवी मनिकबहादुर लामा ब्लोन (माणिक लामा)को जीवन संघर्षबारे समेटिएको ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण गरिएको छ । शुक्रबार काठमाडौंमा

Read More »

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

काठमाडौँ । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण

Read More »

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »