एनएसएल च्याम्पियन फ्रेन्च गोलकिपर बाल्टुसले फेरि ललितपुरबाटै खेल्ने

काठमाडौं । फ्रेन्च गोलकिपर जेफ्री बाल्टुसले तेस्रो सिजनको नेपाल सुपर लिग (एनएसएल) पनि ललितपुर सिटी एफसीबाटै खेल्ने भएका छन् ।

ललितपुले सामाजिक सञ्जाल फेसबुकमा ‘किङ इज रिटर्निङ’ भन्दै भिडियो पोष्ट गर्दै जेफ्री बाल्टुसले फेरी एनएसलएल खेल्ने पुष्टि गरेको छ । बाल्टुसले पनि आफू फेरि एनएसएल खेल्न आउन लागेको बारेको भिडियो पोष्ट गरेका छन् ।

गत वर्ष भएको दोस्रो सिजन ललितपुर सिटीबाट खेल्दै बाल्टुसले उपाधि जितेका थिए । साथै उनी बेस्ट गोलकिपर समेत घोषित भएका थिए । फ्रान्सका बाल्टुस दोस्रो पटक नेपालमा खेल्न आउन लागेका हुन् । सन् २०११ बाट व्यावसायिक लिग खेल्न थालेका जेफ्रीले फ्रान्सको दोस्रो, तेस्रो र चौथो डिभिजनको लिग फुटबल खेलिसकेका छन् ।

लिग वान क्लब अजुरेको एकेडेमीकोबाट आएका बाल्टुसले फ्रान्सको यू-१७ राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन् । उनले फ्रान्सको दोस्रो, तेस्रो र चौथो डिभिजनमा गरी १०० भन्दा बढी खेले खेलेका छन् ।

उनले गत वर्ष नेपाल आउनुअघि फ्रान्सको तेस्रो श्रेणीको क्लब एफसी राउनका लागि खेलेका थिए । ललितपुर सिटीबाट एनएसएल जितेपछि उनले बेल्जियम तेस्रो श्रेणीको क्लब रोएल स्टेके सेन्ट जर्ज सरमुस क्लबबाट खेलेका थिए । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा हुने एनएसएलको तेस्रो सिजन आगामी मार्च २९ (चैत १६) देखि सुरु हुनेछ ।

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »

विदेशबाट फर्केर व्यावसायिक कृषि कर्ममा सक्रिय बन्दै अधिकारी

भोजपुर : भोजपुरको अरुण गाउँपालिका–७ ढुङ्गेका लक्ष्मीप्रसाद अधिकारी विदेशबाट फर्किएपछि व्यावसायिक कृषि कर्ममा सक्रिय बन्दै उदाहरणीय किसानका रूपमा स्थापित भएका छन्। करिब छ वर्ष मलेसियामा

Read More »

बिपी राजमार्ग रातको समयमा अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक : बेमौसमी वर्षासँगै आउने पहिरोका कारण दिनानुदिन बिपी राजमार्ग अवरुद्ध हुन थालेपछि काभ्रेपलाञ्चोकस्थित सडकखण्डमा रातको समयमा गराउँदै आइएको अनिश्चितकालीन बन्द शुक्रबारदेखि पुनः थप गरिएको

Read More »

म प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजी निराधार हो : लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणपछि प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजीलाई अस्वीकार गर्दै रास्वपा स्थिर सरकारको पक्षमा रहेको बताएका

Read More »

श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु

काठमाडौं : श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारका ४२ वर्षीय कुमार थापा मगरले गएराति घरायसी विवादमा फलामको रडले प्रहार

Read More »

राजनीतिक शक्तिहरूको डर नै म हो : दुर्गा प्रसाईं

काठमाडौं : नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको छ। शुक्रबार

Read More »