अमेरिकाको रेड लिस्टमा पर्याे भुटान, हटाउन भुटानको अपिल

वासिङ्टन । अमेरिकामा डोनाल्ड ट्रम्प सत्तामा फर्किए पछि कडा निर्णयहरूको श्रृङ्खला जारी रहेको छ । यसैबिच, अब ट्रम्प प्रशासनले ४३ देशको सूची तयार गरेको छ, जसका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने योजना रहेको छ। यो सूची तीन भागमा विभाजित छ, रातो, सुन्तला र पहेंलो। ती देशहरूलाई रातो सूचीमा राखिएको छ, जहाँ कुनै पनि नागरिकलाई अमेरिका प्रवेश गर्न दिइने छैन। यो सूचीमा भारतका ४ छिमेकी राष्ट्रको नाम पनि परेको छ र तीमध्ये भुटानको नाम पनि छ ।

ओरेन्ज लिस्टः पाकिस्तान र रुसलाई ट्रम्प प्रशासनले ओरेन्ज लिस्टमा राखेको छ, जसको मतलब त्यहाँ आप्रवासी र पर्यटकको प्रवेशमा कडा सर्तहरू हुनेछन्। तर, प्रभावशाली व्यक्ति तथा व्यवसायिक प्रयोजनका लागि आउने व्यक्तिले अनुमति लिन सक्नेछन् । यस सूचीमा म्यानमार, बेलारुस, हाइटी, लाओस, इरिट्रिया, सियरा लियोन, दक्षिण सुडान र तुर्कमेनिस्तान पनि परेका छन् ।

रेड लिस्टः रातो सूचीमा परेका देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइने छ । यसमा सामान्यतया अफगानिस्तान, क्युबा, इरान, लिबिया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुएला र यमन जस्ता समस्याग्रस्त र अमेरिका विरोधी देशहरू समावेश छन्। तर, यसपटक भुटानको नाम पनि यो सूचीमा परे पछि धेरैलाई आश्चर्यमा पारेको छ ।

एल्लो लिस्टः पहेंलो सूचीमा २२ देशहरू समावेश छन्, जसलाई उनीहरूको सुरक्षा र भिसा प्रक्रिया सुधार गर्न ६० दिनको समय दिइने छ। यदि तिनीहरू त्यसो गर्न असफल भएमा तिनीहरूका नागरिकहरू पनि प्रतिबन्धको अधीनमा हुन सक्छन्। यो सूचीमा अंगोला, एन्टिगुवा र बारबुडा, कम्बोडिया, क्यामरुन, चाड, कङ्गो, माली, लाइबेरिया, भानुअतु र जिम्बाब्वेजस्ता देशहरू समावेश गरिएको छ ।

रेड लिस्टमा भुटान, आश्चर्यजनक

भुटानलाई संसारको सबैभन्दा खुसी देशमा गनिन्छ तर पनि यस निर्णयको पछाडि केही महत्त्वपूर्ण कारणहरू बताइएको छ । अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार गत वर्ष ३७ प्रतिशत भुटानी नागरिक भिसाको म्याद सकिए पछि पनि अमेरिकामा बसेका थिए । पछिल्लो समय गैरकानूनी माध्यमबाट अमेरिका पुग्ने भुटानी नागरिकको संख्या बढेको छ । प्रतिवेदनका अनुसार राष्ट्रिय सुरक्षाका लागि भुटानको यो आबादी खतरा मानिएको छ ।

अब भुटानका प्रत्येक नागरिकले अमेरिकाको भिसाका लागि लामो प्रमाणीकरण प्रक्रियाबाट गुज्रनु पर्नेछ । धेरै अवस्थामा तिनीहरूको भिसा आवेदन बिना कारण अस्वीकार गर्न सकिन्छ। यो निर्णयले अमेरिकामा पहिले देखि नै बस्दै आएका भुटानी नागरिकको थप छानबिन पनि हुनेछ। विशेष गरी उच्च शिक्षा वा कामका लागि अमेरिका जाने विद्यार्थी र व्यवसायीहरू प्रभावित हुनेछन्। भुटानको विदेश मन्त्रालयले यो निर्णय पुनरावलोकन गर्न अमेरिकालाई औपचारिक अपील गरिसकेको छ ।

इच्छाराज सर्वोच्चबाट पनि दोषी ठहर, ३ वर्ष कैद र पौने दुई अर्ब जरिवानाको सजाय सदर

काठमाडौँ । सम्पत्ति शुद्धीकरणको मुद्दामा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन् । विशेष अदालतको फैसला बदरको माग गर्दै तारेखमा

Read More »

जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र नै हो: प्रचण्ड

दैलेख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँगको सम्बन्ध सुदृढ गर्न मध्यपहाडी लोकमार्ग केन्द्रित  जनअभियान सञ्चालन गरिएको बताएका छन् ।  उनले स्थानीयतालाई संरक्षण

Read More »

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मत रुपमा पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले शहीद दशरथ

Read More »

जनकपुरधाम भन्सारबाट रु ३४ करोड २८ लाख राजस्व सङ्कलन

जनकपुरधाम : जनकपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्म रु ३४ करोड २८ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आवमा

Read More »

प्रधानमन्त्रीद्वारा टेबल टेनिस खेलाडीलाई बधाई

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई बधाई ज्ञापन गर्नुुुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित

Read More »

वीरगञ्ज क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छः मन्त्री यादव

परवानीपुर (पर्सा) : खानेपानीमन्त्री प्रदीप यादले वीरगञ्ज महानगरपालिका–१८ सुखचैना र वडा न २१ परवानीपुर क्षेत्रमा अब जल निकासी प्रणालीमा सुधार हुने बताउनुभएको छ । आज

Read More »