अमेरिकाको रेड लिस्टमा पर्याे भुटान, हटाउन भुटानको अपिल

वासिङ्टन । अमेरिकामा डोनाल्ड ट्रम्प सत्तामा फर्किए पछि कडा निर्णयहरूको श्रृङ्खला जारी रहेको छ । यसैबिच, अब ट्रम्प प्रशासनले ४३ देशको सूची तयार गरेको छ, जसका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने योजना रहेको छ। यो सूची तीन भागमा विभाजित छ, रातो, सुन्तला र पहेंलो। ती देशहरूलाई रातो सूचीमा राखिएको छ, जहाँ कुनै पनि नागरिकलाई अमेरिका प्रवेश गर्न दिइने छैन। यो सूचीमा भारतका ४ छिमेकी राष्ट्रको नाम पनि परेको छ र तीमध्ये भुटानको नाम पनि छ ।

ओरेन्ज लिस्टः पाकिस्तान र रुसलाई ट्रम्प प्रशासनले ओरेन्ज लिस्टमा राखेको छ, जसको मतलब त्यहाँ आप्रवासी र पर्यटकको प्रवेशमा कडा सर्तहरू हुनेछन्। तर, प्रभावशाली व्यक्ति तथा व्यवसायिक प्रयोजनका लागि आउने व्यक्तिले अनुमति लिन सक्नेछन् । यस सूचीमा म्यानमार, बेलारुस, हाइटी, लाओस, इरिट्रिया, सियरा लियोन, दक्षिण सुडान र तुर्कमेनिस्तान पनि परेका छन् ।

रेड लिस्टः रातो सूचीमा परेका देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइने छ । यसमा सामान्यतया अफगानिस्तान, क्युबा, इरान, लिबिया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुएला र यमन जस्ता समस्याग्रस्त र अमेरिका विरोधी देशहरू समावेश छन्। तर, यसपटक भुटानको नाम पनि यो सूचीमा परे पछि धेरैलाई आश्चर्यमा पारेको छ ।

एल्लो लिस्टः पहेंलो सूचीमा २२ देशहरू समावेश छन्, जसलाई उनीहरूको सुरक्षा र भिसा प्रक्रिया सुधार गर्न ६० दिनको समय दिइने छ। यदि तिनीहरू त्यसो गर्न असफल भएमा तिनीहरूका नागरिकहरू पनि प्रतिबन्धको अधीनमा हुन सक्छन्। यो सूचीमा अंगोला, एन्टिगुवा र बारबुडा, कम्बोडिया, क्यामरुन, चाड, कङ्गो, माली, लाइबेरिया, भानुअतु र जिम्बाब्वेजस्ता देशहरू समावेश गरिएको छ ।

रेड लिस्टमा भुटान, आश्चर्यजनक

भुटानलाई संसारको सबैभन्दा खुसी देशमा गनिन्छ तर पनि यस निर्णयको पछाडि केही महत्त्वपूर्ण कारणहरू बताइएको छ । अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार गत वर्ष ३७ प्रतिशत भुटानी नागरिक भिसाको म्याद सकिए पछि पनि अमेरिकामा बसेका थिए । पछिल्लो समय गैरकानूनी माध्यमबाट अमेरिका पुग्ने भुटानी नागरिकको संख्या बढेको छ । प्रतिवेदनका अनुसार राष्ट्रिय सुरक्षाका लागि भुटानको यो आबादी खतरा मानिएको छ ।

अब भुटानका प्रत्येक नागरिकले अमेरिकाको भिसाका लागि लामो प्रमाणीकरण प्रक्रियाबाट गुज्रनु पर्नेछ । धेरै अवस्थामा तिनीहरूको भिसा आवेदन बिना कारण अस्वीकार गर्न सकिन्छ। यो निर्णयले अमेरिकामा पहिले देखि नै बस्दै आएका भुटानी नागरिकको थप छानबिन पनि हुनेछ। विशेष गरी उच्च शिक्षा वा कामका लागि अमेरिका जाने विद्यार्थी र व्यवसायीहरू प्रभावित हुनेछन्। भुटानको विदेश मन्त्रालयले यो निर्णय पुनरावलोकन गर्न अमेरिकालाई औपचारिक अपील गरिसकेको छ ।

सुनसरी घटना : सिडिओसहित सुरक्षा निकायका प्रमुखहरू फिर्ता

काठमाडौं । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ । घिमिरेलाई गृह

Read More »

जनमत पार्टीका सचिव यादवले दिए राजीनामा

बुटवल । जनमत पार्टीका सचिव भोविन्द्रप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । रुपन्देहीको भैरहवा निवासी यादवले सोमबार दिउँसो पार्टी  अध्यक्ष डा.सीके राउतलाई सम्बोधन गर्दै राजीनामा

Read More »

बचत फिर्ता माग गर्दै सहकारी पीडितले गरे माइतीघरमा प्रदर्शन

काठमाडौं । सहकारी पीडितहरूले समान रूपमा बचत फिर्ता गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरेका छन् । सोमबार सहकारी पीडित बचतकर्ता महासंघको नेतृत्वमा सहकारी पीडितहरूले प्रदर्शन

Read More »

नेप्से ३३.२८ अंकले घट्दा ६ अर्ब ८ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। गत साता सुधारको लयमा देखिएको बजार आज पुनः ओरालो लागेको

Read More »

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । संघीय संसद्का सांसदहरू निजी स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सोमबार न्यायाधीश विनोद शर्माको

Read More »

सुनसरी घटनामा सुरक्षा अधिकारीमाथि छानबिन र कारबाही गर्न सांसद दीपक साहको माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य ई. दीपक कुमार साहले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा सुरक्षा अधिकारीहरूको भूमिकामाथि छानबिन गरी आवश्यक परे निलम्बनसहित विभागीय कारबाही

Read More »