प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लब फाइनलमा

घोराही (दाङ) : लिग चरणको एक खेल बाँकी छुँदै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । लमहीको देउखुरी क्रिकेट रङ्गशालामा पुलिसले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली प्रदेशको पारी २४ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमै समेटियो । कर्णालीका लागि रविन्द्र शाहीले ४९ र अर्जुन घर्तीले ३० रन बनाए । बलिङतर्फ खेलको म्यान अफ दी म्याच घोषित ललितनारायण राजवंशीले ९ ओभरमा ४१ रन खर्चिँदै ६ विकेट लिए ।

यस्तै सागर ढकालले २ र करण केसीले १ विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पुलिसले ४८ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनायो । पुलिसका लागि अर्जुन साउदले ३६, दिलिप नाथले ३४ र सागर ढकालले अविजित २२ रन बनाए । बलिङतर्फ कर्णाली प्रदेशका अनुज चुनाराले ४, दिवान पुनले ३ तथा दिनेश अधिकारी, दीपेन्द्र रावत र सुनील धमलाले एक एक विकेट लिए । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा ८ खेल खेलेको पुलिस क्लब अविजित रहँदै १६ अङ्क बटुलेर शीर्ष स्थानमा छ ।

विदेशबाट फर्केर व्यावसायिक कृषि कर्ममा सक्रिय बन्दै अधिकारी

भोजपुर : भोजपुरको अरुण गाउँपालिका–७ ढुङ्गेका लक्ष्मीप्रसाद अधिकारी विदेशबाट फर्किएपछि व्यावसायिक कृषि कर्ममा सक्रिय बन्दै उदाहरणीय किसानका रूपमा स्थापित भएका छन्। करिब छ वर्ष मलेसियामा

Read More »

बिपी राजमार्ग रातको समयमा अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक : बेमौसमी वर्षासँगै आउने पहिरोका कारण दिनानुदिन बिपी राजमार्ग अवरुद्ध हुन थालेपछि काभ्रेपलाञ्चोकस्थित सडकखण्डमा रातको समयमा गराउँदै आइएको अनिश्चितकालीन बन्द शुक्रबारदेखि पुनः थप गरिएको

Read More »

म प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजी निराधार हो : लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणपछि प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजीलाई अस्वीकार गर्दै रास्वपा स्थिर सरकारको पक्षमा रहेको बताएका

Read More »

श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु

काठमाडौं : श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारका ४२ वर्षीय कुमार थापा मगरले गएराति घरायसी विवादमा फलामको रडले प्रहार

Read More »

राजनीतिक शक्तिहरूको डर नै म हो : दुर्गा प्रसाईं

काठमाडौं : नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको छ। शुक्रबार

Read More »

छानबिन समितिबाट सुधनलाई ‘क्लिन चिट’, फेरि गृहमन्त्रीमा फर्कन्छन् ?

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिनका लागि गठित समितिले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ । विवादित व्यवसायी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको खुलासा भएपछि

Read More »