चैते दसैँमा कालिका मन्दिरमा पर्यटक बढे

काठमाडौं : चैते दसैँ सुरु भएसँगै बागलुङस्थित कालिका मन्दिरमा धार्मिक पर्यटकको सङ्ख्या बढेको छ। आइतबारदेखि नवरात्र सुरु भएको छ। चैते दसैँ भनेर चिनिने यो पर्वमा दुर्गा भवानीको पूजा गरिन्छ। बागलुङ कालिका मन्दिरमा विशेष पूजाआराधना हुने भएकाले टाढाटाढाबाट भक्तजन आउने गर्छन्।

चैतको नवरात्रमा बागलुङ कालिकाको पूजा र बलि चढाउँदा मनोकामना पूरा हुने जनविश्वास छ। गण्डकी प्रदेशको प्रमुख शक्तिपीठ मानिने यो मन्दिरमा अहिले भक्तजनको भीड लागेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए।

‘चैते दसैँको तेस्रो दिनसम्म दैनिक हजारौँ भक्तजन आएका छन्, यसपटक पाँच लाखभन्दा बढी भक्तजन आउने अनुमान छ,’ खड्काले भने, ‘यो अवसरमा चैत २० गतेदेखि मेला पनि आयोजना गरिएको छ। भक्तजनको चापलाई ध्यानमा राखेर सवारी पार्किङ र सुरक्षाको व्यवस्था मिलाइएको छ।’
मेला आयोजनाका लागि ५५ लाख रुपैयाँ खर्च हुने अनुमान छ। मन्दिरमा भारतबाट पनि धार्मिक पर्यटक आउने गरेका छन्। यहाँ बोका, राँगा, कुखुराको बलि चढाउने र शान्तिको प्रतीक परेवा उडाउने चलन छ।

मेलामा स्थानीय कला र संस्कृति झल्काउने झाँकी प्रदर्शनको व्यवस्था गरिएको छ। स्थानीय उत्पादन डोको, नाङ्लो, ठेका, डाला जस्ता सामग्रीको व्यापारका लागि स्टल निःशुल्क उपलब्ध गराइएको खड्काले जानकारी दिए।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »